गठबन्धन बिनै ह्याट्रिकको रहर
Battleground Analysis
अनुकूलता
- बलियो वैचारिक पहिचान र स्थिर एजेन्डा
- पार्टी अध्यक्षको हैसियतले राष्ट्रिय कद
- कृष्णप्रसाद सिटौला नउठ्नु ठूलो राहत
- संगठनात्मक एकता
प्रतिकूलता
- घट्दो मतान्तर ट्रेन्ड
- रास्वपाबाट वैकल्पिक मत कटौती
- कांग्रेसको स्थानीय संगठन बलियो हुनु
- एमालेको समर्थन नहुनु
राजनीतिक स्वभाव र शैली
ग्रासरुटबाट नेतृत्व
वडाध्यक्ष, जिविस सभापति हुँदै पार्टीको केन्द्रीय अध्यक्ष बनेका लिङ्देन जनताको सुखदुःखसँग जोडिएका नेता हुन्। झापा–३ मा हात्ती आतंक नियन्त्रणका लागि उनले सुरु गरेको 'सोलार फेन्सिङ' को अवधारणा निकै लोकप्रिय छ।
भ्रष्टाचार विरोधी छवि
संसदमा "भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु सरह हो" भनेर कसम खुवाउने र खरो रूपमा प्रस्तुत हुने उनको शैलीले राष्ट्रिय स्तरमा चर्चा बटुलेको छ।
वैचारिक स्पष्टता
हिन्दु राष्ट्र र राजसंस्थाको एजेन्डामा कहिल्यै विचलित नहुने अडान। कमल थापालाई हराएर अध्यक्ष बनेपछि उनले पार्टीमा नयाँ ऊर्जा र पुस्तान्तरणको अभ्यास गरेका छन् ।
विकासप्रेमी
राष्ट्रिय राजनीतिमा जेसुकै भए पनि आफ्नो निर्वाचन क्षेत्रमा सडक, पुल र पूर्वाधार विकासमा उनको सक्रियता लोभलाग्दो छ।
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| २०७० | झापा-३ | कृष्णप्रसाद सिटौला | ९२५३ | १४३५५ | ५१०२ | पराजित |
| २०७४ | झापा-३ | कृष्णप्रसाद सिटौला | ३११७१ | ४४६१४ | १३४४३ |
|
| २०७९ | झापा-३ | कृष्णप्रसाद सिटौला | ३७३७२ | ४०६४८ | ३२७६ |
|
राजनीतिक टाइमलाइन
विद्यार्थी मण्डल
राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलबाट राजनीति सुरु। पञ्चायत काल: गोलधाप गाउँपञ्चायतको वडाध्यक्ष निर्वाचित।
जिविस सभापति
राजाको प्रत्यक्ष शासनकालमा झापा जिल्ला विकास समिति (जिविस) को सभापति।
निर्वाचन जय-पराजय
२०७० (संविधानसभा-२): झापा–३ बाट कांग्रेसका कृष्णप्रसाद सिटौलासँग पराजित। २०७४: वाम गठबन्धन (एमाले) को सहयोगमा कृष्णप्रसाद सिटौलालाई भारी मतान्तरले हराउँदै सांसद निर्वाचित (पहिलो संसदीय जित)।
राप्रपाको नेतृत्वमा
राप्रपाको महाधिवेशनमा कमल थापालाई पराजित गर्दै केन्द्रीय अध्यक्ष निर्वाचित।
चुनावमा दोस्रो जित
एमालेको तालमेलमा कांग्रेसका कृष्णप्रसाद सिटौलालाई हराउँदै दोस्रो पटक सांसद निर्वाचित।
राजेन्द्रप्रसाद लिङ्देनको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?






