खेलप्रसाद बुडाक्षेत्री माओवादी केन्द्र, ताप्लेजुङ - १ पुरुष , ४६ बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य खेलप्रसाद बुडाक्षेत्री ‘पराग’ २०७४ सालमै प्रतिनिधिसभाको उम्मेदवार बन्न चाहेका थिए । तर नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गठबन्धन बनेपछि ताप्लेजुङबाट एमाले सचिव योगेश भट्टराई उम्मेदवार बने ।

खेलप्रसाद गठबन्धनका उम्मेदवार भट्टराईलाई चुनाव जिताउन सक्रिय भए । योगेशले चुनाव पनि जिते, एमाले र माओवादीको पार्टी एकीकरण पनि भयो ।

तर ५ वर्षपछि यसवर्ष चुनाव हुने बेलासम्म एमाले र माओवादीको एकीकरण मात्र खारेज भएन दुई दल आपसी प्रतिस्पर्धामा उत्रिने अवस्था बन्यो । अहिले खेलप्रसाद नेपाली कांग्रेस, एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीको साथ लिएर तीनै योगेश भट्टराईसँग प्रतिस्पर्धामा छन् ।

४७ वर्षीय बुडाक्षेत्रीको बलियो पक्ष भनेको सत्तारुढ गठबन्धन दलको साथ हो । १२ मंसिर २०३२ मा ताप्लेजुङको सिरिजंगा गाउँपालिका–५ मा जन्मिएका बुडाक्षेत्री विद्यार्थीकालदेखि नै कम्युनिस्ट राजनीतिमा संलग्न छन् ।

२०५२ सालदेखि २०५९ सालसम्म राष्ट्रिय मावि बेदाङमा शिक्षण गरेका उनी २०५९ सालमा शिक्षकबाट राजीनामा दिएर तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा पूर्णकालीन बनेका थिए ।

गत स्थानीय तहको चुनावमा दलहरुले पाएको मतको आधारमा ताप्लेजुङमा एमाले सबैभन्दा ठूलो दल हो । जिल्लाका ६१ वडामध्ये एमालेले २९, कांग्रेसले १६, माओवादी केन्द्रले १०, नेकपा एकीकृत समाजवादीले २ वटा र स्वतन्त्र उम्मेदवारले चार वटा वडाअध्यक्ष जितेका छन् । वडा तहमा दलहरूलाई प्राप्त मतका आधारमा पनि ताप्लेजुङमा एमाले नै पहिलो शक्ति हो ।

वडा तहमा एमालेले २४ हजार २९५ मत ल्याउँदा नेपाली कांग्रेसले १८ हजार २८४, नेकपा माओवादी केन्द्रले ४ हजार ४९७ र नेकपा एकीकृत समाजवादीले १ हजार ३०८ मत पाएका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवारले २ हजार ६०७ मत पाएका छन् ।

बुडाक्षेत्री राजनीति अंकगणितले नभई एजेण्डा र मनोविज्ञानले हुने बताउँछन् । ‘मतदाताको मनोविज्ञान मेरो पक्षमा छ, साथै ताप्लेजुङमा सत्ता गठबन्धन एकढिक्का छ’, उनी भन्छन्, ‘यसकारण मसहित गठबन्धनका सबै उम्मेदवारको जित सुनिश्चित छ ।’

जिल्लामा बसेर निरन्तर मतदाताको सुखदुःखमा जोडिएकोले जनमत आफ्नो पक्षमा रहेको उनको दावी छ । ‘मलाई स्थानीय सबैले चिन्नुहुन्छ, गत चुनावमा यो मत अर्को उम्मेदवारलाई दिन आग्रह गरेँ, यसपटक आफैंलाई माग्दैछु ।’

Full Read

ताप्लेजुङ - १ का उम्मेदवारहरु

२०७९ २०७४
योगेशकुमार भट्टराई
ताप्लेजुङ, ताप्लेजुङ - १
बर्ष: ५६, पुरुष
गठबन्धन: एमाले गठबन्धन
विजयी २१९४३
खेलप्रसाद बुडाक्षेत्री
ताप्लेजुङ, ताप्लेजुङ - १
बर्ष: ४६, पुरुष
गठबन्धन: कांग्रेस गठबन्धन
२१७५३
रामबहादुर कार्की
ताप्लेजुङ, ताप्लेजुङ - १
बर्ष: ६५, पुरुष
गठबन्धन:
४०६
चन्द्र मादेन
ताप्लेजुङ, ताप्लेजुङ - १
बर्ष: ४९, पुरुष
गठबन्धन:
६२८
चैतन्य प्रकाश केदेम
ताप्लेजुङ, ताप्लेजुङ - १
बर्ष: ५४, पुरुष
गठबन्धन:
६१
इन्द्र कुमार लिम्बू
ताप्लेजुङ, ताप्लेजुङ - १
बर्ष: ४५, पुरुष
गठबन्धन:
२६६
होमप्रसाद तुम्बाहाम्फे
ताप्लेजुङ, ताप्लेजुङ - १
बर्ष: ५६, पुरुष
गठबन्धन:
९४१
विक्रम लिम्वु
ताप्लेजुङ, ताप्लेजुङ - १
बर्ष: २८, पुरुष
गठबन्धन:
१३४
कृष्ण वहादुर लिम्बु
ताप्लेजुङ, ताप्लेजुङ - १
बर्ष: ५६, पुरुष
गठबन्धन:
५६
सन्जु कुमार पालुंवा
ताप्लेजुङ, ताप्लेजुङ - १
बर्ष: ६६, पुरुष
गठबन्धन:
१९२
हरि प्रसाद बराल
ताप्लेजुङ, ताप्लेजुङ - १
बर्ष: ६९, पुरुष
गठबन्धन:
२९

चुनावी समाचार

  • https://sepuh.diaryuindra.ac.id/
  • >