राजनीतिक समन्वयकर्ता, संसद र सत्ता समीकरणका अनुभवी
Battleground Analysis
अनुकूलता
- अनुभवी र स्थापित नेता
- बलियो संगठनात्मक आधार
- कठिन परिस्थितिमा पनि चुनाव जित्ने क्षमता
प्रतिकूलता
- कांग्रेस र वैकल्पिक शक्तिको संयुक्त दबाब
- सत्ता–केन्द्रित राजनीतिज्ञको छवि
- राष्ट्रिय राजनीतिमा विवादित निर्णयको बोझ
राजनीतिक स्वभाव र शैली
कठिन परिस्थितिका विजेता
२०६४ सालमा देशभर माओवादीको लहर चल्दा पनि एमालेको गढ जोगाउने थोरै नेताहरूमा उनी पर्छन्। रुपन्देहीमा डा. बाबुराम भट्टराई जस्ता 'हेभीवेट' लाई हराएको इतिहास उनीसँग छ।
सत्ताको केन्द्र
अर्थमन्त्री, रक्षा मन्त्री र पार्टी महासचिव जस्ता शक्तिशाली पदमा रहँदा सधैं 'पावर सेन्टर' मा रहने खुबी। जेनजी आन्दोलनले विस्थापित गरेको सरकारमा पनि उनी अर्थमन्त्री थिए।
रणनीतिक मुभ
यसपटक पाल्पा–२ बाट उठ्ने चर्चा र पार्टी निर्णय भए पनि अन्तिम समयमा "रुपन्देही छोड्न नहुने" निष्कर्षसहित पुरानै क्षेत्रमा फर्कनु उनको चुनावी आत्मविश्वास र रणनीतिक चलाखी हो।
विकासप्रेमी छवि
बुटवल र रुपन्देहीको विकास (जस्तै: तिनाउ दानव करिडोर, बुटवल सम्मेलन केन्द्र) मा उनले ल्याएको बजेट र योजनालाई चुनावी हतियार बनाउँछन् ।
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| २०५१ | पाल्पा-३ | हरि प्रसाद नेपाल | १२,६९७ | १५,७६६ | ३०६९ |
|
| २०५६ | रुपन्देही-३ | सूर्यप्रसाद प्रधान | २३,६९७ | २३,०३३ | ६६४ | पराजय |
| २०६४ | रुपन्देही-४ | भक्तिप्रसाद पाण्डे | १३४२१ | १५८८० | २४५९ |
|
| २०७० | रुपन्देही-४ | सूर्यप्रसाद प्रधान | १३६३२ | १९५७७ | ५९१५ |
|
| २०७४ | रुपन्देही-२ | युवराज गिरी | २१९४६ | ४४००९ | २२०६३ |
|
| २०७९ | रुपन्देही-२ | गणेश पौडेल | २५७९५ | २७१६५ | १३७० |
|
राजनीतिक टाइमलाइन
पूर्णकालीन राजनीति
अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी को–अर्डिनेसन कमिटी (माले) को पूर्णकालीन सदस्य।
भूमिगत जीवन
मालेको जिल्ला समिति सदस्य। ११ वर्ष भूमिगत जीवन।
केन्द्रीय सदस्य
एमाले केन्द्रीय सदस्य।
पहिलो संसदीय जित
२०५१: पाल्पाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित (पहिलो संसदीय जित)। २०५६: रूपन्देहीबाट कांग्रेसका सूर्यप्रसाद प्रधानसँग पराजित।
दुवै संविधानसभामा
२०६४ (संविधानसभा-१): रूपन्देही–४ बाट माओवादीका भक्तिप्रसाद पाण्डेलाई हराउँदै विजयी। २०७० (संविधानसभा-२): रूपन्देही–४ बाट माओवादीका डा. बाबुराम भट्टराईलाई हराउँदै विजयी।
नाकाबन्दीकालका अर्थमन्त्री
केपी ओली सरकारमा अर्थमन्त्री (नाकाबन्दीको समयमा बजेट ल्याउने)।
शक्तिशाली महासचिव
नेकपा (एमाले+माओवादी) को शक्तिशाली महासचिव।
उपाध्यक्ष
एमालेको दशौं र एघारौं महाधिवेशनबाट लगातार उपाध्यक्ष।
रूपन्देही–२ बाट रास्वपाका गणेश पौडेललाई झिनो मतले हराउँदै विजयी।
विष्णुप्रसाद पौडेलको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?






