Home Candidate रेनु दाहाल

काम देखाएर मतदाता रिझाउँदै रेनु

http://नेपाली%20कम्युनिस्ट%20पार्टी
रेनु दाहाल
चितवन - ३ उम्मेदवार

रेनु दाहाल

महिला , ४९ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
२०६१५ मत
Profile Election History
Profile Election History

भरतपुर महानगरले पछिल्लो एक दशकमा पूर्वाधार विकासमा जुन उदाहरणीय काम गरेको छ, त्यो रेनुकै नेतृत्वमा भएको हो । त्यसका साक्षी चितवनवासीले आउँदो चुनावमा निराश बनाउँदैनन् भन्ने विश्वास रेणुमा देखिन्छ ।

000

दुई पटक चितवनको भरतपुर महानगरपालिका प्रमुख बनेकी रेनु दाहालले चितवन–३ बाट उम्मेदवारी दिएकी छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट उठेकी उनी महानगरमा गरेको कामको जस मतमार्फत अनुमोदन गराउने प्रयासमा देखिन्छ ।

२०३३ सालमा जन्मिएकी दाहाल भरतपुर–१४ मा बस्दै आएकी छन् । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरीसमेत रहेकी दाहाल माओवादी सशस्त्र विद्रोहका बेला राजनीतिमा लागेकी थिइन् ।

भूमिगत समयमै अखिल भारत नेपाली महिला समाजको अध्यक्ष भएकी दाहाल २०६१ देखि २०६३ सालसम्म तत्कालीन नेकपा माओवादी रोल्पा जिल्ला सहइन्चार्ज बनिन् ।

२०६४ सालको पहिलो संविधानसभामा सदस्य बनेकी दाहाल सोही वर्ष पार्टीको पोलिटब्युरो सदस्य भइन् । २०७० सालको निर्वाचनमा काठमाडौं–१ मा पराजित बनेकी उनी २०७४ सालमा भएको स्थानीय तहको पहिलो निर्वाचनमा भरतपुरको नगरप्रमुख विजयी बनिन् । तर गणना अन्तिम चरणमा पुग्दा मतपत्र च्यातिएको विषय निकै विवादमा आएको थियो ।

पाँच वर्षे कार्यकाल पूरा गरेकी दाहाल २०७९ सालमा पुनः भरतपुर महानगरकै नगर प्रमुख पदमा जित निकाल्न सफल भइन् । अनेमसंघ (क्रान्तिकारी) को केन्द्रीय सदस्य, महासचिव रहेकी दाहाल हाल उपाध्यक्ष तथा नेकपा केन्द्रीय सदस्य छन् ।

दुई कार्यकाल भरतपुरको मेयर भएर "विकासप्रेमी" छवि बनाएकी रेनु दाहालका लागि यो संसदीय निर्वाचन उनको कार्यक्षमता र लोकप्रियताको वास्तविक अग्निपरीक्षा जस्तै हो।

मेयर बनेर गरेको विकासले दाहालको राजनीतिक उचाइ बढायो । संघीय, प्रदेश र स्थानीय सरकारको समन्वयमा उनले भरतपुरका नगर प्रमुख हुँदा धेरै कामहरू गरेर जनताको मन पनि जितेकी छन् । जितेको मनलाई मतमा बदल्ने चुनौती उनका सामु छ ।

नारायणी नदी कटानको दीगो समाधानबाट हजारौं घर र सयौं बस्ती बचाएको, निकुञ्ज तथा मध्यवर्ती क्षेत्रबाट आऊने जंगली जनावरबाट हुने क्षति रोक्न क्रंक्रिटसहितको मेस जाली लगाएको, सिँचाइ सुविधा, सडक पूर्वाधार, विद्यालय, स्वास्थ्य चौकी आधारभूत सेवाहरू गाउँगाउँसम्म पुर्‍याएको जस्ता विषयलाई रेनुले चुनावका क्रममा उठाएकी छिन् ।

यो निर्वाचनले "स्थानीय तहको राम्रो कामले मात्र संघीय संसदको बाटो खुल्छ कि खुल्दैन?" भन्ने प्रश्नको उत्तर पनि दिनेछ। फागुन २१ को नतिजाले चितवनको राजनीतिमा नयाँ अध्याय थप्ने निश्चित छ।

दुईपटकसम्म नगर प्रमुखको निर्वाचनमा आफूलाई सघाएको कांग्रेस यसपटक दाहालको साथमा छैन । रास्वपाकी प्रभावशाली नेतृ सोविता गौतम दाहालका चुनौती हुन् । २०७९ मा जितेका राप्रपाका विक्रम पाण्डेका ‘स्विङ’ मत कता जान्छ त्यसले चुनावी परिणामलाई प्रभावित गराउन सक्छ । माडी बाहेक अन्य क्षेत्रमा नेकपाको संगठन कमजोर मान्छिन् ।

चितवन–३ मा यसपटक रेनु दाहाल (नेकपा), सोविता गौतम (रास्वपा), टेकप्रसाद गुरुङ (कांग्रेस) र शंकरराज थपलिया (एमाले) बीच कडा 'बहुपक्षीय' प्रतिस्पर्धा हुने देखिन्छ। रेनुका लागि भरतपुर महानगरको 'मेयर' हुँदाको छवि संसद्को 'सांसद' बन्नका लागि कत्तिको सहयोगी हुन्छ, त्यो फागुन २१ को नतिजाले नै बताउनेछ। 

Battleground Analysis

अनुकूलता

  • महानगरको सफल नेतृत्व, विकासको ब्रान्ड
  • परीक्षित स्थानीय जनसमर्थन
  • प्रशासनिक र राजनीतिक उचाइ
  • भरतपुर महानगर प्रमुख हुँदा गरेका काम

प्रतिकूलता

  • बलिया प्रतिस्पर्धी उम्मेदवार
  • सोविता गौतमको 'नयाँ' चुनौती
  • स्विङ मतको प्रभाव
  • 'प्रचण्डकी छोरी' को ट्याग
शिक्षा
स्नातक
हालको दल
नेपाली कम्युनिस्ट पार्टी
सरकारको अनुभव
मेयर, भरतपुर महानगरपालिका

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
२०६४ समानुपातिक विजयी
२०७० काठमाडौं - १ प्रकाशमान सिंह (कांग्रेस) १५१३८ ४०६४ ११०७४ पराजित

रेनु दाहालको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित

प्रतिस्पर्धी

रेनु दाहाल
२०६१५
सोविता गौतम राष्ट्रिय स्वतन्त्र पार्टी
५९२७७
टेकप्रसाद गुरुङ नेपाली कांग्रेस
८३४४
VS