तेस्रो जितको खोजीमा
Battleground Analysis
अनुकूलता
- २०७९ मा चुनाव जित्दा र पुनः उपनिर्वाचनमा देखिएको जनसमर्थनले चितवन–२ लाई उनको व्यक्तिगत आधार क्षेत्रका रूपमा स्थापित गरेको छ।
- रास्वपाका केन्द्रीय सभापति, राष्ट्रिय व्यक्तित्व
- टेलिभिजन प्रस्तोता हुँदै ‘सिधा कुरा’ मार्फत जनजीविकाका मुद्दा उठाएको छविले उनलाई परम्परागत राजनीतिभन्दा फरक र जनमुखी नेताका रूपमा परिचित
प्रतिकूलता
- नागरिकता, दोहोरो राहदानी, सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दाले उनको विश्वसनीयतामाथि प्रश्न उठाउने अवसर प्रतिपक्षलाई दिएको छ
- कांग्रेस र एमालेबाट अपेक्षाकृत बलिया र नयाँ अनुहारका उम्मेदवार हुँदा अघिल्ला चुनावजस्तो एकतर्फी माहोल बन्न कठिन
- उम्मेदवार र पार्टी परिवर्तन गरिरहने मतदाताले तेस्रो पटक मत नदिन सक्ने जोखिम
राजनीतिक स्वभाव र शैली
लोकप्रिय नेतृत्व
टेलिभिजनमा 'सिधा कुरा' चलाउँदा निर्माण गरेको 'भुइँमान्छेको आवाज' बोल्ने छवि नै उनको मुख्य राजनीतिक पुँजी हो। उनी तर्कभन्दा पनि भावना र आक्रोशलाई क्यास गर्न माहिर छन्।
विवाद र चर्चा
नागरिकता, राहदानीदेखि सहकारी ठगीसम्मका दर्जनौं कानुनी झमेलालाई उनले 'राजनीतिक प्रतिशोध' को भाष्य दिएर सहानुभूतिको भोटमा बदल्ने प्रयास गर्छन् ।
आधार इलाका
पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा हिरासतमा रहँदा चितवनमा उर्लिएको जनसागरले नै उनलाई राजनीतिमा होमिन प्रेरित गरेको थियो। त्यसैले चितवन–२ लाई उनी आफ्नो 'फलामे किल्ला' मान्छन् ।
अस्थिर तर आक्रामक
छोटो समयमै उपप्रधान तथा गृहमन्त्री बन्नु, सर्वोच्चको आदेशले पद जानु, फेरि उपनिर्वाचन जित्नु र अहिले सहकारी काण्डमा धरौटीमा रिहा भएर चुनाव लड्नु- उनको करियर 'रोलर कोस्टर' जस्तै छ।
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| २०७९ | चितवन-२ | उमेश श्रेष्ठ | १४९८८ | ४९३०० | ३४३१२ |
|
| २०८० (उप) | चितवन-२ | जितनारायण श्रेष्ठ | ११२१४ | ५४१७६ | ४२९६२ |
|
राजनीतिक टाइमलाइन
लोकप्रिय प्रस्तोता हुँदै राजनीतिमा
मिडिया करियर: लामो समय टेलिभिजन प्रस्तोता। न्युज २४ मा 'सिधा कुरा जनतासँग' कार्यक्रममार्फत अत्यधिक लोकप्रियता। २०७६ (भदौ): सहकर्मी शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दामा चितवनमा हिरासतमा। विशाल जनप्रदर्शनपछि रिहा।
दल घोषणा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) घोषणा।
चितवन–२ बाट ऐतिहासिक मतान्तर (३४ हजार+) सहित प्रतिनिधिसभा सदस्य निर्वाचित।
उपप्रधान तथा गृहमन्त्री
प्रचण्ड सरकारमा उपप्रधान तथा गृहमन्त्री।
कानुनी उल्झन
२०७९ (माघ १३): सर्वोच्च अदालतद्वारा नागरिकता अवैध ठहर, सांसद र मन्त्री पद खारेज। २०७९ (माघ १५): पुनः नागरिकता प्राप्ति।
पुनः जनअनुमोदन
चितवन–२ उपनिर्वाचनमा पहिलेभन्दा बढी मत ल्याएर विजयी।
धरौटीमा रिहा
सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धान, हिरासत र धरौटीमा रिहा।
बालेनसँग एकता
जेनजी आन्दोलनपछि बालेन शाह, कुलमान घिसिङसँग एकता । केही दिनमा घिसिङ निस्किए पनि शाहलाई भावी प्रधानमन्त्रीको रूपमा प्रोजेक्सन गरेर चुनावी मैदानमा
रवि लामिछानेको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?







