राम जनम चौधरी नेपाली कांग्रेस, कैलाली - १ पुरुष , ६२ बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

 

२०४८ सालदेखि संसदीय चुनाव लड्दै आएका रामजनम चौधरी पाँच पटक सांसद भइसके । एकपटक स्वास्थ्यमन्त्री पनि बने । 

२०१७ सालमा कैलाली, जोशीपुरको सामान्य परिवारमा जन्मिएका चौधरी २०३६ सालयता नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन्, बीचमा एकपटक बरालिएको बाहेक ।

२०४६ सालको आन्दोलनबाट प्रजातन्त्र पुनस्र्थापना भएपछि २०४८ मा भएको पहिलो प्रतिनिधिसभा निर्वाचनमा नै चौधरीले कांग्रेस पार्टीबाट टिकट पाएका थिए । त्यसबेला उनी नेपाल विद्यार्थी संघको बाँके जिल्ला कमिटी उपाध्यक्ष थिए ।

३१ वर्षको उमेरमा पाएको त्यो अवसरलाई उनले विजयमा रूपान्तरण गरे । त्यसपछि २०५१ र २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि उनी कांग्रेसबाटै विजयी भए । त्यसबीचमा उनले नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसबाट कानुनमा स्नातक गरे ।

२०६०–६१ पछिको तनावपूर्ण राजनीतिमा भने उनले पहिचानको बाटो रोजेर मधेशी जनअधिकार फोरम, नेपालको मोर्चामा खडा हुन पुगे । २०६४ र २०७० सालको दुवै संविधानसभा निर्वाचनमा उनले फोरमबाटै आफ्नो विजयलाई निरन्तरता दिए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने नेकपा (माओवादी केन्द्र)का गौरीशंकर चौधरीले रामजनमको अविराम विजय यात्रा अवरुद्ध पारिदिए ।

२०७४ को चुनाव हारेपछि जोशीपुरमै रिसोर्ट खोलेर पर्यटन व्यवसायमा लागेका उनी राजनीतिबाट अलग हुन भने सकेनन् । परिणाम, उनी सातौं पटक कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् ।

यसपटक कांग्रेसबाट चुनावी मैदानमा आएका उनलाई सत्ता गठबन्धनको बलियो साथ पनि छ ।

स्थानीय तहको मतभार

गत वैशाखमा भएको स्थानीय निर्वाचनको मतभार अनुसार जेलमा रहेका रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठको अध्यक्षतामा गठित नागरिक उन्मुक्ति पार्टी कैलाली–१ को पहिलो दल हो । नागरिक उन्मुक्तिले सबभन्दा बढी १७ हजार १९३ मत पाएको छ ।

त्यस्तै, कांग्रेसले ११ हजार ११९, नेकपा (एमाले)ले ९ हजार ९००, नेकपा (माओवादी केन्द्र)ले ६ हजार ९३०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २ हजार ७९७, नेकपा (एकीकृत समाजवादी)ले २ हजार ३४३ र जनता समाजवादी पार्टी (जसपा)ले १ हजार ८७४ मत पाएका छन् ।

यो क्षेत्रमा एमालेले तपेन्द्र रावललाई उठाएको छ, तर स्थानीय चुनावको नतिजा र सत्ता गठबन्धनले चौधरी बलियो स्थितिमा रहेको देखाउँछ । उनका लागि चुनौती भनेको नागरिक उन्मुक्ति पार्टी र गठबन्धन दलभित्रको असन्तुष्टि मात्र हो ।  

Full Read

कैलाली - १ का उम्मेदवारहरु

२०७९ २०७४
राम जनम चौधरी
कैलाली, कैलाली - १
बर्ष: ६२, पुरुष
गठबन्धन: कांग्रेस गठबन्धन
१८०८१
तपेन्द्रबहादुर रावल
कैलाली, कैलाली - १
बर्ष: ४९, पुरुष
गठबन्धन: एमाले गठबन्धन
५९१०
टंक प्रसाद जैशी(ढुंगाना)
कैलाली, कैलाली - १
बर्ष: ४१, पुरुष
गठबन्धन:
१८६९
लोकेन्‍द्र कुँवर
कैलाली, कैलाली - १
बर्ष: ३३, पुरुष
गठबन्धन:
३६४८
रन्जिता श्रेष्ठ
कैलाली, कैलाली - १
बर्ष: ३९, महिला
गठबन्धन:
विजयी ३०४०४
धन बहादुर मगर
कैलाली, कैलाली - १
बर्ष: ७०, पुरुष
गठबन्धन:
१०७
तिलक बहादुर शाही
कैलाली, कैलाली - १
बर्ष: ६९, पुरुष
गठबन्धन:
५४
भोज बहादुर विश्वकर्मा
कैलाली, कैलाली - १
बर्ष: ४४, पुरुष
गठबन्धन:
१२२
मान बहादुर चौधरी
कैलाली, कैलाली - १
बर्ष: ४०, पुरुष
गठबन्धन:
९०
विजयराज सिंह मयाल
कैलाली, कैलाली - १
बर्ष: ४४, पुरुष
गठबन्धन:
२३०
ललित बहादुर थापा
कैलाली, कैलाली - १
बर्ष: ४०, पुरुष
गठबन्धन:
३६३
मदन कुमारी शाह
कैलाली , कैलाली - १
बर्ष: ४८ , महिला
गठबन्धन:
नेकपा एमाले
१३४०६ मत
ईश्वरी न्यौपाने
कैलाली , कैलाली - १
बर्ष: ५७ , महिला
गठबन्धन:
भगत राम थारु (चौधरी)
कैलाली , कैलाली - १
बर्ष: ४७ , पुरुष
गठबन्धन:
बसन्त राज खत्री
कैलाली , कैलाली - १
बर्ष: ४८ , पुरुष
गठबन्धन:
लोक बहादुर बुढा क्षेत्री
कैलाली , कैलाली - १
बर्ष: ३५ , पुरुष
गठबन्धन:
सन्जीव भट्टराई
कैलाली , कैलाली - १
बर्ष: २९ , पुरुष
गठबन्धन:
तिलक बहादुर भण्‍डारी
कैलाली , कैलाली - १
बर्ष: ४७ , पुरुष
गठबन्धन:

चुनावी समाचार

  • https://sepuh.diaryuindra.ac.id/
  • >