समानुपातिकबाट उपसभामुख, प्रत्यक्षमा पहिलो परीक्षा
Battleground Analysis
अनुकूलता
- कैदीबन्दीका बालबालिकाको उद्धार र शिक्षामा समर्पित
- अन्तर्राष्ट्रिय अवार्डहरू प्राप्त
- संसदको उपसभामुखको हैसियतमा काम गरेको राजनीतिक अनुभव
प्रतिकूलता
- बलिया प्रतिस्पर्धी
- अमेरिका भिसा सम्बन्धी चिठ्ठी लेख्दा पदको मर्यादा उल्लङ्घन गरेको आरोप
- छिटो प्रतिक्रिया दिने स्वभावले कतिपयले आलोचित
राजनीतिक स्वभाव र शैली
सेवाभाव र सरलता
३ दशक लामो समाजसेवा (कैदीबन्दीका छोराछोरीको संरक्षण) को पृष्ठभूमिले उनलाई 'ग्रास रुट' का समस्या बुझ्ने र सरल नेताको रूपमा चिनाउँछ। उनको मूल मन्त्र नै सेवा नै धर्म हो भन्ने रहेको छ।
राजनीतिको नयाँ खेलाडी
परम्परागत राजनीतिको दाउपेच नजान्ने र मनमा लागेको कुरा सिधै बोल्ने स्वभाव। यही स्वभावका कारण उपसभामुख हुँदा कूटनीतिक मर्यादा (अमेरिकी दूतावासलाई पत्र लेखेको प्रकरण) मा चुक्दा विवादमा परिन् ।
भावुक र प्रतिक्रियात्मक
छिटो भावुक हुने र तत्काल प्रतिक्रिया दिने स्वभाव। यसले कहिलेकाहीँ पदीय मर्यादामा प्रश्न उब्जाएको छ भने कहिलेकाहीँ जनतासँग सिधा कनेक्ट पनि गराएको छ।
अन्तर्राष्ट्रिय पहिचान
राजनीतिमा भन्दा समाजसेवामा उनको अन्तर्राष्ट्रिय छवि (बीबीसी १०० विमन, अशोका फेलो) बलियो छ, जसलाई उनले आफ्नो 'सफ्ट पावर' को रूपमा प्रयोग गर्छिन्।
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| २०७९ साल | समानुपातिक |
राजनीतिक टाइमलाइन
समाजसेवाको सुरुवात
प्रसिद्ध साहित्यकार पारिजात को संगतमा मानवअधिकारवादी संस्थामा स्वयंसेवक। कारागार भ्रमणका क्रममा कैदीका बालबालिकाको विजोग देखेपछि जीवनको मोड परिवर्तन।
पीए नेपाल स्थापना
बन्दी सहायता नेपाल (पीए नेपाल) स्थापना गरी कैदीबन्दीका छोराछोरीको लालनपालन र शिक्षाको जिम्मा लिने कामको औपचारिक थालनी।
अशोका फेलो
सामाजिक उद्यमशीलता र बाल अधिकारमा गरेको योगदानका लागि प्रतिष्ठित अन्तर्राष्ट्रिय अशोका फेलो सम्मान।
वर्ल्ड चिल्ड्रेन अनररी अवार्ड
नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईसँगै वर्ल्ड चिल्ड्रेन अनररी अवार्डद्वारा सम्मानित।
बीबीसी १०० विमिन
बीबीसीको विश्वका १०० प्रभावशाली र प्रेरणादायी महिलाहरूको सूचीमा समावेश।
राजनीतिमा प्रवेश
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गठन लगत्तै पार्टी प्रवेश। समाजसेवा छोडेर राजनीतिमा होमिएको घोषणा।
सांसद निर्वाचित
रास्वपाको तर्फबाट आदिवासी जनजाति क्लस्टरबाट समानुपातिक सांसद निर्वाचित।
उपसभामुख निर्वाचित
प्रतिनिधिसभाको उपसभामुख पदमा सत्ता गठबन्धनको समर्थनमा निर्वाचित (नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवलाई हराउँदै)।
भिसा प्रकरण
अमेरिकी दूतावासलाई अनधिकृत रूपमा अन्तर्वार्ताको मिति मिलाइदिन पत्र लेखेको विषय सार्वजनिक। पदीय आचरणमा प्रश्न उठ्यो, तर महाभियोग वा कारबाही भएन।
प्रत्यक्ष उम्मेदवार
पहिलो पटक प्रत्यक्ष निर्वाचन लड्दै। झापा–२ मा एमालेका हेभीवेट (सभामुख देवराज घिमिरे) विरुद्ध उम्मेदवारी।
इन्दिरा राना मगरको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?






