नहिँडेको बाटोबाट आए, अर्को छलाङका लागि जोखिम उठाए
Battleground Analysis
अनुकूलता
- व्यक्ति र पार्टीको पक्षमा देखिएको चुनावी लहर
- एमालेसँग अन्य दलकाे गठबन्धन नहुनु
- भदाै २३ र २४ पछि स्थापीत दल रक्षात्मक अवस्थामा पुग्नु
प्रतिकूलता
- विना संगठन केवल चुनावी लहरको भरमा विजय हासिल गर्नु फलामको च्यूरा चपाएजस्तै हुन सक्ने
- गत निर्वाचनकाे फराकिलो मतान्तर
- बलिया प्रतिस्पर्धी
राजनीतिक स्वभाव र शैली
अत्याधिक महत्वाकांक्षी र साहसी
जेनजी आन्दोलनपछि प्रधानमन्त्रीको 'अफर' लत्याएर एमाले अध्यक्ष केपी शर्मा ओलीको 'गढ' (झापा–५) मा गएर लड्ने निर्णयले उनको आत्मविश्वास र "ठूलै माछासँग पौठेजोरी खेल्ने" स्वभाव देखाउँछ।
डेलिभरी म्यान
काठमाडौंको मेयर हुँदा 'बोल्ने भन्दा काम गर्ने' शैली अपनाए। शिक्षा (२० हजार छात्रवृत्ति), स्वास्थ्य र सम्पदा संरक्षणमा उनले देखाएको नतिजा नै उनको मुख्य पुँजी हो।
प्रणाली भत्काउने
परम्परागत दलको सिन्डिकेट तोड्न स्वतन्त्र उठेर मेयर जित्नु र अहिले रास्वपामा मिसिएर पुराना शीर्ष नेतालाई विस्थापित गर्ने अभियान चलाउनु उनको मुख्य रणनीति हो।
भिजनरी
"डिग्रीले भन्दा सिपले रोजगारी", "आइडिया बैंक" र "प्रशासकीय काम स्थानीय स्तरमै" भन्ने उनका एजेन्डाले युवा पुस्तालाई तानेको छ।
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| २०७९ | काठमाडौं महानगर | सिर्जना सिंह | ३८३४१ | ६१७६७ | २३४२६ |
|
राजनीतिक टाइमलाइन
र्यापर इन्जिनियर राजनीतिमा
शैक्षिक: ह्वाइट हाउस इन्स्टिच्युट (सिभिल इन्जिनियरिङ), विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थान, भारत (स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर)। पेशागत: ६५ जिल्लामा इन्जिनियरिङ कन्सल्टेन्सी, र्यापर (हिप-हप कलाकार)
उद्धारकर्मी
२०७२ सालको भूकम्पमा उद्धारकर्मी।
काठमाडौंको मेयर
२०७९ सालमा सम्पन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित (लौरो चिन्हबाट ऐतिहासिक जित)।
शिक्षा र स्वास्थ्यमा सुधार
मेयर कार्यकालमा अवैध संरचना हटाउने, विद्यालय सुधार र स्वास्थ्य सेवामा सुधार गरेर लोकप्रियता कमाएको।
अन्तरिम सरकारको प्रधानमन्त्री अस्वीकार
जेनजी आन्दोलनपछि रास्वपा प्रवेश। प्रधानमन्त्रीको अफर अस्वीकार गरी केपी ओलीसँग लड्ने घोषणा।
बालेन्द्र शाह (बालेन)को प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?




