श्यामकुमार श्रेष्ठ - रामेछाप क्षेत्र नं. १

प्रदेश नं ३   दल: माओवादी केन्द्र   प्राप्त मत: कैफियत:  

 

नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य श्यामकुमार श्रेष्ठ रामेछापबाट दोस्रोपटक चुनावी प्रतिस्पर्धामा छन् । ०७० को संविधानसभा निर्वाचनमा रामेछाप २ बाट एमालेका कैलाश ढुंगेललाई पराजित गरेका श्रेष्ठ यसपटक ढुंगेलकै साथ लिएर कांग्रेसका कान्छाराम तामाङसँग प्रतिस्पर्धा गर्दैछन् ।

तत्कालीन संयुक्त जनमोर्चाबाट राजनीति थालेका श्रेष्ठ जनयुद्धकालमा माओवादीको जिल्ला सेक्रेटरी थिए । बिना बिभागीय राज्यमन्त्री श्रेष्ठ यसअघि गृहराज्यमन्त्री थिए ।

माओवादी नेता श्रेष्ठ साबिक गेलु गाविस नाटिलाका स्थायी बासिन्दा हुन् ।

विसं. ०२८ साल पुस १ गते जन्मेका श्रेष्ठका ३ छोरा र १ छोरी छन् । अर्थशास्त्र र राजनीतिशास्त्र विषयमा स्नातक गरेका श्रेष्ठ ०४६ सालदेखि राजनीतिमा लागेका हुन् । केही समय शिक्षण पेशामा रहेका उनी ०५७ सालदेखि माओवादीको होलटाइमर भई भूमिगत बनेका थिए ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

कृष्ण दाहाल

नेकपा एमाले

राजेन्द्रबहादुर शाह

नेपाली कांग्रेस

कमलबहादुर गुरूङ

राष्ट्रिय जनता पार्टी

सकलदेव सुतियार

नेपाली कांग्रेस

राजनकुमार केसी

नेपाली कांग्रेस

उमाकान्त चाैधरी

नेपाली कांग्रेस