Home Candidate डोलप्रसाद अर्याल

मजदुरीबाट संघर्ष गर्दै राजनीतको मूलधारमा

http://राष्ट्रिय%20स्वतन्त्र%20पार्टी
डोलप्रसाद अर्याल
काठमाडौं - ९ उम्मेदवार

डोलप्रसाद अर्याल

पुरुष , ५१ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
३५०९३ मत
विजयी
Profile Election History
Profile Election History

अर्याल राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक सदस्य तथा उपसभापति हुन्। उनले पार्टी भित्र कार्यवाहक सभापतिको भूमिकासमेत निर्वाह गरिसकेका छन् २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनी समानुपातिक सूचीमार्फत संघीय सांसद बनेका थिए।

000

काठमाडौं जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ९ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डोलप्रसाद अर्याल वैकल्पिक राजनीतिमा जोडिएका नेता हुन् ।

५१ वर्षीय अर्यालको जन्म धादिङ जिल्लाको साबिक मैदी गाविस (हाल ज्वालामुखी गाउँपालिका) मा भएको हो। हाल उनी काठमाडौं महानगरपालिका बिनायक बस्तीमा बसोबास गर्दै आएका छन्।

अर्यालको जीवन यात्रा सामान्य मजदुरको कामबाट सुरु भएको हो । २०४९ सालपछि रोजगारीका लागि काठमाडौं प्रवेश गरेका उनले रेस्टुरेन्टमा काम गर्दै संघर्षपूर्ण जीवन बिताए।

२०५३ सालमा वैदेशिक रोजगारीका लागि जापान गएका अर्यालले त्यहाँ करिब ८ वर्ष काम गरे। यही अनुभवले आफूलाई वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकहरूको पीडा, समस्या र सम्भावनासँग नजिक बनाएको उनी बताउँछन् ।

जापानबाट फर्किएपछि अर्याल पर्यटन, शिक्षा, वैदेशिक अध्ययन कन्सल्टेन्सी, सहकारी र रेमिटेन्स क्षेत्रमा सक्रिय भए । उनले सुमिरे टुर्स एन्ड ट्राभल्स, योकोहामा जापानिज ल्याङ्ग्वेज एकेडेमी, हेम्स स्कुल, जनसागर बचत तथा ऋण सहकारी संस्था तथा इजिलिंक रेमिटेन्समा लगानी गर्दै निर्देशक तथा सीईओको भूमिकामा काम गरेका छन् ।

अर्याल राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक सदस्य तथा उपसभापति हुन्। उनले पार्टी भित्र कार्यवाहक सभापतिको भूमिकासमेत निर्वाह गरिसकेका छन् ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनी समानुपातिक सूचीमार्फत संघीय सांसद बनेका थिए। त्यसपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी सम्हाल्दै वैदेशिक रोजगार, श्रमिक अधिकार र सामाजिक सुरक्षासम्बन्धी क्षेत्रमा काम गरेका छन्।

रवि लामिछाने हिरासतमा रहँदा पार्टीको कार्यवाहक सभापतिका रूपमा उनले संगठन सञ्चालन गरे ।

यसपटक उनले काठमाडौं–९ मा उम्मेदवारी दिएका अर्याल वैकल्पिक राजनीति, सुशासन, रोजगारी सिर्जना र श्रमिक–मैत्री नीतिलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन् । शहरी क्षेत्रका युवाहरू, वैदेशिक रोजगारसँग जोडिएका परिवार र परिवर्तन चाहने मतदातालाई लक्षित गर्दै उनी चुनावी मैदानमा छन्।

Battleground Analysis

अनुकूलता

  • संघर्षपूर्ण जीवन र मन्त्रीसम्मको अनुभव
  • रोजगार र वैदेशिक श्रममा जोडिएको अनुभव
  • रास्वपाको लहर

प्रतिकूलता

  • नयाँ दलप्रतिको जनधारणा अझै स्थिर नभएको अवस्था
  • एमाले, कांग्रेसले जित्दै आएको क्षेत्रमा कडा प्रतिस्पर्धा
  • मन्त्रीकालीन कामको मूल्याङ्कन

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ समानुपातिक बन्दसूचीबाट विजयी

डोलप्रसाद अर्यालको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित

प्रतिस्पर्धी

डोलप्रसाद अर्याल
३५०९३
नानुमैया बास्तोला नेपाली कांग्रेस
५४६०
अजयक्रान्ति शाक्‍य नेकपा एमाले
४५८०
VS