अग्नि सापकोटा - सिन्धुपाल्चोक क्षेत्र नं. १

प्रदेश नं ३   दल: माओवादी केन्द्र   प्राप्त मत: कैफियत:  

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य अग्नि सापकोटा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट चौथोपटक चुनावी मैदानमा उत्रिएका छन् । सापकोटा ०४८ सालमा तत्कालिन संयुक्त जनमोर्चा नेपालबाट उम्मेदवार बनेर एमालेका कृष्णराज श्रेष्ठसँग पराजित भएका थिए ।

०५२ मा माओवादी जनयुद्ध शुरु हुँदाको ३१ सदस्यीय केन्द्रीय कमिटीका सदस्य रहेका सापकोटा युद्धकालभरि कमाण्डरकै भूमिकामा रहे । उनी तत्कालीन सरकार र माओवादीबीचको पहिलो वार्ता हुँदा वार्ता टोली सदस्य पनि थिए ।

शिक्षण पेशा छाडेर राजनीतिमा होमिएका सापकोटा ०६४ र ०७० मा सिन्धुपाल्चोक २ बाट संविधानसभा सदस्य निर्वाचित भए । उनी पूर्वसूचना तथा सञ्चार र पूर्व वनमन्त्री पनि हुन् ।

सापकोटा अहिले जिल्लामा क्षेत्र पुननिर्धारणपछि क्षेत्र नम्बर १ बाट वामपन्थी गठबन्धनका उम्मेदवार छन् । उनी जिल्लाको साबिक कुबिण्डे गाविस हाल साँगाचोकगढी चौतारा नगरपालिकाका बासिन्दा हुन् । सापकोटाले बहालवाला मन्त्री एवं कांग्रेस नेता मोहन बस्नेतसँग चुनावी प्रतिस्पर्धा गर्दैछन् । माओवादी नेता सापकोटालाई एमालेको साथ छ ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

हरेशप्रसाद महतो

नेपाली कांग्रेस

अमरसिंह पुन

नेपाली कांग्रेस

कृष्ण दाहाल

नेकपा एमाले

योगेश भट्टरार्इ

नेकपा एमाले

प्रदीप यादव

संघीय फोरम

शरदसिंह भण्डारी

राष्ट्रिय जनता पार्टी