जेनजी आन्दोलनले सिर्जित चुनावमा अग्निपरीक्षा
Battleground Analysis
अनुकूलता
- संघीय, प्रदेश र केन्द्रीय सरकार तीनै तहको नेतृत्व अनुभव
- पार्टीभित्र लोकप्रिय मतका आधारमा निर्वाचित उपाध्यक्ष
- लमजुङमा दीर्घकालीन राजनीतिक परिचय र पहिचान
प्रतिकूलता
- जेनजी आन्दोलन र सामाजिक सञ्जाल विवादले बनेको नकारात्मक धारणा
- नयाँ र वैकल्पिक दलका बलिया उम्मेदवारसँग कडा प्रतिस्पर्धा
- लामो समय राजनीतिमा रहेकाले नयाँ नेतृत्वको मागसँग टकराव
राजनीतिक स्वभाव र शैली
विद्रोहीदेखि रक्षकसम्म
गण्डकीको मुख्यमन्त्री हुँदा संघीयताविरोधी कदमको खुलेर विरोध गर्ने 'विद्रोही' छवि बनाएका गुरुङ, पछिल्लो समय सञ्चार मन्त्री हुँदा सरकारको बचाउमा सामाजिक सञ्जाल नियमन गर्न खोज्दा आलोचित बने।
निरन्तर यात्री
२०४३ सालदेखि २०८२ सम्म आइपुग्दा यो उनको नवौं चुनावी प्रतिस्पर्धा हो। लगातार तीन पटक हार्दा पनि मैदान नछोड्ने उनको 'दृढ इच्छाशक्ति' लोभलाग्दो छ।
जनजाति अनुहार
एमालेभित्र जनजाति समुदायको बलियो प्रतिनिधित्व गर्ने र आदिवासी अधिकारका पक्षमा वकालत गर्ने नेता।
पार्टीमा पकड
सरकारबाट बाहिरिएपछि पनि महाधिवेशनमा सर्वाधिक मत ल्याएर उपाध्यक्ष जित्नुले उनको पार्टीभित्रको सांगठनिक पकड बलियो रहेको पुष्टि गर्छ।
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| २०४८ | लमजुङ-२ | रामचन्द्र अधिकारी | पराजित | |||
| २०५१ | लमजुङ-२ | रामचन्द्र अधिकारी | पराजित | |||
| २०५६ | लमजुङ-२ | हरिभक्त अधिकारी | पराजित | |||
| २०६४ | लमजुङ २ | दिलबहादुर घर्ती | १२५३९ | १८,३२९ | ५७९० |
|
| २०७० | लमजुङ २ | चन्द्रबहादुर कुँवर | १४६६४ | १२९२० | १७४४ | पराजित |
| २०७४ | लमजुङ (ख) | कृष्णप्रसाद कोइराला | १२८३४ | २३०८८ | १०२५४ |
|
| २०७९ | लमजुङ-१ | देव गुरुङ | ३१७८१ | ३४९६९ | ३१८८ |
|
राजनीतिक टाइमलाइन
स्ववियु राजनीति
अमृत साइन्स क्याम्पस (अस्कल) बाट विज्ञानमा स्नातक र स्ववियु राजनीति।
शिक्षक राजनीति
नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय सदस्य।
जनपक्षीय उम्मेदवार
जनपक्षीय उम्मेदवार (लमजुङ–२) बाट उठेर २,८०० मत प्राप्त (पराजित)।
पराजयमा ह्याट्रिक
२०४८, २०५१, २०५६: लगातार तीनवटा संसदीय निर्वाचनमा पराजय।
अन्तरिम सरकारमा
अन्तरिम सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री।
प्रत्यक्षमा पहिलो जित
लमजुङ–२ बाट पहिलो पटक विजयी। कानुन तथा स्थानीय विकास मन्त्री। २०७०: दोस्रो संविधानसभामा पराजित।
संस्थापक मुख्यमन्त्री
लमजुङ (प्रदेश 'ख') बाट विजयी भई गण्डकी प्रदेशको संस्थापक मुख्यमन्त्री।
पुनः प्रतिनिधिसभामा
प्रतिनिधिसभा सदस्य विजयी (माओवादी महासचिव देव गुरुङलाई हराउँदै)।
ओली क्याबिनेटका प्रवक्ता
केपी ओली सरकारमा सञ्चार मन्त्री। सामाजिक सञ्जाल प्रतिबन्ध र अभिव्यक्ति विवादपछि आलोचना । महाधिवेशनबाट एमाले उपाध्यक्ष निर्वाचित।
पृथ्वीसुब्बा गुरुङको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?








