नेतृत्व परिवर्तनको सन्देश लिएर मैदानमा
Battleground Analysis
अनुकूलता
- २०७४ सालमा वाम गठबन्धन हुँदा समेत मीनेन्द्र रिजालले मोरङ–२ बाट जितेका थिए।
- राष्ट्रिय राजनीतिमा परिचित व्यक्तित्व र केही सम्झनायोग्य भूमिका सहयोगी पक्ष हुन्।
- कांग्रेसको ऐतिहासिक आधार क्षेत्र, जहाँबाट गिरिजाप्रसाद कोइरालाले तीनपटक जितेका थिए।
प्रतिकूलता
- पार्टीभित्रको अन्तरसङ्घर्ष र विगतमा रिजालले लिएका केही अडानहरू।
- कांग्रेसको बलियो पकड क्षेत्रमा प्रतिपक्षी प्रतिस्पर्धी बन्दै जानु।
- मतदातामा नयाँ राजनीतिक दलहरूप्रति आकर्षण बढ्दै जानु।
राजनीतिक स्वभाव र शैली
बौद्धिक र नीतिगत नेता
रिजाललाई कांग्रेसभित्रका 'थिंक ट्यांक' मानिन्छ। व्यवस्थापनमा विद्यावारिधि गरेका रिजाल नीति निर्माण, दस्तावेज लेखन र अन्तर्राष्ट्रिय सम्बन्धमा दख्खल राख्छन्।
अडान र स्पष्टता
लागेको कुरा स्पष्ट राख्ने स्वभाव। १४औं महाधिवेशनमा महामन्त्री हार्दा नैतिकताको आधारमा तत्काल रक्षामन्त्रीबाट राजीनामा दिएर उनले उच्च राजनीतिक संस्कार देखाएका थिए ।
संकट मोचक
माओवादी लडाकु समायोजन प्रक्रियामा 'विशेष समिति' को सदस्य रहेर उनले खेलेको भूमिकालाई राष्ट्रिय राजनीतिमा 'माइलस्टोन' मानिन्छ।
अन्तरविरोध र यथार्थ
विशेष महाधिवेशनमा गगन थापाको एजेन्डाको विरोध गरे पनि अन्ततः संस्थापन (गगन नेतृत्व) को निर्णय स्वीकारेर टिकट लिई चुनावमा होमिनुले उनको राजनीतिक यथार्थवादी चरित्र झल्किन्छ ।
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| २०६४ | समानुपातिक | |||||
| २०७० | समानुपातिक | |||||
| २०७४ | मोरङ-२ | ऋषिकेश पोखरेल | ३४०१४ | ३५८१९ | १८०५ |
|
राजनीतिक टाइमलाइन
राजनीतिमा प्रवेश
भोजपुरबाट विद्यालय पढ्दादेखि नै नेपाल विद्यार्थी संघ (नेविसंघ) मार्फत राजनीतिमा चासो। पछि अमृत साइन्स क्याम्पस (अस्कल) काठमाडौंमा नेविसंघको राजनीतिमा सक्रिय।
आन्दोलनमा सक्रिय
पञ्चायत विरोधी आन्दोलनमा बौद्धिक र रणनीतिक तवरले सक्रिय। प्रजातन्त्र पुनर्स्थापनापछि नेपाली कांग्रेसको नीति निर्माण र अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा रहेर काम।
सल्लाहकार/योजनाविद्
विभिन्न प्रधानमन्त्री (शेरबहादुर देउवा लगायत) को सल्लाहकार र राष्ट्रिय योजना आयोगको सदस्य भएर काम गरेको अनुभव। यसबीचमा अमेरिकाबाट व्यवस्थापनमा विद्यावारिधि र प्राध्यापन।
जनआन्दोलन-२
दोस्रो जनआन्दोलनमा कांग्रेसको तर्फबाट वार्ता र सहमतिको मस्यौदा तयार पार्ने 'बौद्धिक समूह' मा सक्रिय।
अन्तरिम संसद सदस्य
माओवादी शान्ति प्रक्रियामा आएपछि पुन:स्थापित संसद र अन्तरिम व्यवस्थापिकामा सांसद मनोनित।
संविधानसभा सदस्य (पहिलो)
नेपाली कांग्रेसको तर्फबाट समानुपातिक प्रणालीमार्फत संविधानसभा सदस्य निर्वाचित। संविधान लेखनको मस्यौदा समितिमा सक्रिय।
संस्कृति तथा संघीय मामिला मन्त्री
माधव कुमार नेपाल नेतृत्वको सरकारमा 'संस्कृति, संघीय मामिला तथा संविधानसभा व्यवस्था मन्त्री'। यो समयमा संविधान निर्माणका विवादित विषय मिलाउन सक्रिय।
सदस्य, सेना समायोजन विशेष समिति
माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्न बनेको विशेष समितिको सदस्य। लडाकुको संख्या र दर्जा निर्धारणमा की फ्याक्टरको भूमिका निर्वाह।
संविधानसभा सदस्य (दोस्रो)
दोस्रो संविधानसभा निर्वाचनमा पनि समानुपातिक तर्फबाट सभासद्। संविधान मस्यौदा समितिमा कांग्रेसको तर्फबाट मुख्य योगदान।
सञ्चार मन्त्री तथा सरकारको प्रवक्ता
सुशील कोइराला नेतृत्वको सरकारमा सूचना तथा सञ्चार मन्त्री। २०७२ असोज ३ मा संविधान जारी हुँदा सरकारको प्रवक्ता का रूपमा महत्त्वपूर्ण भूमिका।
प्रतिनिधिसभा सदस्य (निर्वाचित)
वाम गठबन्धनको लहरका बीच मोरङ–२ बाट एमालेका ऋषिकेश पोखरेललाई हराउँदै प्रत्यक्ष तर्फबाट पहिलो पटक सांसद निर्वाचित।
रक्षा मन्त्री
शेरबहादुर देउवा नेतृत्वको सरकारमा रक्षा मन्त्री। (कार्यकाल: करिब २ महिना)
महामन्त्रीमा उम्मेदवारी र राजीनामा
कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पदमा डा. शेखर कोइराला प्यानलबाट उम्मेदवारी तर पराजित। पराजयको नैतिकता लिँदै तत्काल रक्षा मन्त्रीबाट राजीनामा।
टिकट वञ्चित
प्रतिनिधिसभा निर्वाचनमा मोरङ-२ बाट टिकट पाएनन् (सुजाता कोइरालालाई टिकट दिइयो, कांग्रेस पराजित भयो)।
मीनेन्द्रप्रसाद रिजालको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?







