दुर्गाबहादुर रावत - कालीकोट क्षेत्र नं. १

प्रदेश नं ६   दल: माओवादी केन्द्र   प्राप्त मत: कैफियत:  

कालीकोटका माओवादी नेता दूर्गबहादुर राउत विद्यार्थी राजनीति हुँदै शिक्षक पेशाको अनुभवसहित राजनीतिमा प्रवेश गरेका हुन् । ०४२ सालदेखि शिक्षक पेशामा आवद्ध ०५१ वर्षे रावत ०४६ सालमा शिक्षकमा स्थायी शिक्षक भए । ०५३ सम्म शिक्षक पेसामै रहे । उनी ०५१ देखि माओवादीमा आवद्ध भइसकेका थिए ।

नेपाल मजदुर किसान पार्टीको भातृ संगठन नेक्राबिसंघमा ०३६ सालदेखि आबद्ध भएर राजनीतिक यात्रा थालेका रावत ०४५ सालदेखि मजदुर किसान पार्टीको सदस्य भए । ०४८ मा मजदुरकै जिल्ला कमिटीमा पुगेका रावत ०५३ सालदेखि माओवादीमा प्रवेश गरी भूमिगत भए । उनी ०५७ सालदेखि तत्कालीन माओवादीको जुम्ला जिल्ला कमिटीमा रहे ।

जुम्ला जिल्ला कमिटी सदस्य र जनसरकार उपप्रमुख बनेका रावत ०६४ सालदेखि कालीकोटमा माओवादी केन्द्रको जिल्ला अध्यक्ष छन् । उनी सेतु रावतका २० औं सन्तान मध्येका तेस्रो सन्तान हुन् ।

जन्म जात नै अपाङगता भएका रावत ०६४ र ०७० सालको संबिधानसभाको चुनावमा माओवादीको समानुपातिक सूचीमा परेका थिए । तर, सांसद बनेनन् ।

०४८ सालमा रुप्सी रानासँग विवाह बन्धनमा बाधिएका रावतका एक छोरी र चार छोरा छन् ।

 

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

देवराज चालिसे

नेपाली कांग्रेस

बिचारी यादव

नेकपा एमाले

गोकुल बास्कोटा

नेकपा एमाले

रामहरि खतिवडा

नेपाली कांग्रेस

गणेश पहाडी

नेकपा एमाले