कोमल वली नेकपा एमाले, दाङ - ३ महिला , ५३ बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

कुनै समय रेडियो नेपालमा समाचारवाचक र लोकगायिकाका रूपमा चर्चित कोमल वली अहिले नयाँ परिचयका लागि संघर्षरत छिन् । नेकपा (एमाले)को टिकटमा दाङ–३ बाट उठेकी उनले चुनाव जितिन् भने नयाँ परिचय पाउनेछिन्– सांसद ।

दाङ, तुलसीपुरको टिकरी गाउँकी वली समाचारवाचन, गायन सबै छाडेर २०७३ सालबाट राजनीतिमा केन्द्रित छिन् । सुरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा आवद्ध भएकी उनी उक्त पार्टीको केन्द्रीय सदस्यसम्म निर्वाचित भइन् ।

प्रतिनिधिसभा निर्वाचन आउँदै गर्दा २०७४ मा उनी राप्रपा छाडेर तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा गइन् । नेकपा प्रवेश गरेलगत्तै निर्वाचन लड्न चाहेकी उनले टिकट नपाएपछि बागी उम्मेदवारी दिइन् । त्यसपछि नेकपा नेतृत्वले राष्ट्रिय सभा सदस्य बनाउने शर्तमा उनलाई उम्मेदवारी फिर्ता लिन राजी बनायो ।

दुई वर्ष राष्ट्रिय सभा सदस्य रहेकी वलीलाई यसपटक एमालेले दाङ–३ बाट प्रतिनिधिसभा सदस्यको टिकट दियो । उनको मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धनबाट साझा उम्मेदवार नेपाली कांग्रेसका दीपक गिरीसँग हुँदैछ ।

चुनावी अंकगणित

गत वैशाखको स्थानीय चुनावमा दाङ–३ मा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको पार्टीगत मतमा एमाले अगाडि छ । एमालेले ३८ हजार ६५८, कांग्रेसले ३० हजार ९८९, नेकपा (माओवादी केन्द्र) ले १२ हजार ८८० र नेकपा (समाजवादी केन्द्र)ले १ हजार ९३८ मत पाएका छन् । स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारको पक्षमा पनि ४ हजार ३३८ भोट खसेको छ ।

सत्ता गठबन्धन दलको कुल मत जोड्दा ४६ हजार कट्ने स्थानीय चुनावको नतिजा कोमल वलीको लागि निकै प्रतिकूल छ । त्यसमाथि, उनको उम्मेदवारीलाई लिएर दाङ एमालेभित्र असन्तुष्टि पनि छ । पार्टीभित्रका कर्मठ नेताहरूलाई पन्छाएर उम्मेदवार थोपरिएको भन्दै बेखुसी रहेको एमालेको एउटा पंक्ति वलीको चुनावी प्रचारमा खुलेर लागेको छैन ।

‘पोइल जान पाम्...’ जस्ता रमाइला र ‘तुलसीपुरमा म जाँदा खेरी...’ जस्ता स्थानीयताको ‘फ्लेभर’वाला गीतहरूकी चर्चित गायिका वलीले चुनावी प्रचारमा भने एक तहको लहर ल्याइसकेको देखिन्छ । उनले घरदैलो कार्यक्रम पनि प्रतिस्पर्धी उम्मेदवारहरूले भन्दा धेरैअघि थालेकी हुन् ।

असन्तुष्ट समूहलाई विश्वासमा लिंदै एमालेको भोट जोगाउन र गठबन्धनभित्र हुनसक्ने बेइमानी र अन्तर्घातमा खेल्न सके कोमल वलीले दाङ–३ बाट आफ्ना लागि नयाँ परिचय निकाल्न सक्ने देखिन्छ ।

Full Read

दाङ - ३ का उम्मेदवारहरु

२०७९ २०७४
दिपक गिरी
दाङ, दाङ - ३
बर्ष: ६०, पुरुष
गठबन्धन: कांग्रेस गठबन्धन
विजयी ३६८४२
कोमल वली
दाङ, दाङ - ३
बर्ष: ५३, महिला
गठबन्धन: एमाले गठबन्धन
२९०३२
कमल सुबेदी
दाङ, दाङ - ३
बर्ष: ३५, पुरुष
गठबन्धन:
१५३००
ओज बहादुर खड्का
दाङ, दाङ - ३
बर्ष: ६३, पुरुष
गठबन्धन:
१५३५
देवि लाल डाँगी
दाङ, दाङ - ३
बर्ष: ४०, पुरुष
गठबन्धन:
१९३
कुमार चौधरी
दाङ, दाङ - ३
बर्ष: ३०, पुरुष
गठबन्धन:
५२६
बर्ष: ३४, पुरुष
गठबन्धन:
२८
बर्ष: ६७, पुरुष
गठबन्धन:
६५
शालिकराम चौधरी
दाङ, दाङ - ३
बर्ष: ५२, पुरुष
गठबन्धन:
७६२
घनश्याम चौधरी
दाङ, दाङ - ३
बर्ष: ४१, पुरुष
गठबन्धन:
४५६
बर्ष: ५६, पुरुष
गठबन्धन:
९२
तिलक खड्का
दाङ, दाङ - ३
बर्ष: ३८, पुरुष
गठबन्धन:
३१
बर्ष: ४९, पुरुष
गठबन्धन:
१५
घन श्‍याम डांगी
दाङ, दाङ - ३
बर्ष: ३६, पुरुष
गठबन्धन:
बर्ष: ३५, पुरुष
गठबन्धन:
बर्ष: ५४, पुरुष
गठबन्धन:
६०
बर्ष: ४१ , पुरुष
गठबन्धन:
नेकपा एमाले
विजयी ४०२८७ मत
दिपक गिरी
दाङ , दाङ - ३
बर्ष: ५५ , पुरुष
गठबन्धन:
बर्ष: ४० , पुरुष
गठबन्धन:
यादव भण्डारी
दाङ , दाङ - ३
बर्ष: २९ , पुरुष
गठबन्धन:
बाल कृष्ण शर्मा
दाङ , दाङ - ३
बर्ष: ४० , पुरुष
गठबन्धन:
नर बहादुर वली
दाङ , दाङ - ३
बर्ष: ४२ , पुरुष
गठबन्धन:

चुनावी समाचार