Home Candidate शिशिर खनाल

दोस्रो पटक जित निकाल्ने दाउ

http://राष्ट्रिय%20स्वतन्त्र%20पार्टी
शिशिर खनाल
काठमाडौं - ६ उम्मेदवार

शिशिर खनाल

पुरुष , ४७ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile Election History

शिशिर खनाल २०७९ को निर्वाचनमा काठमाडौं–६ बाटै निर्वाचित भएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका सचिवालय सदस्य खनाललाई पुनः यही क्षेत्रबाट उम्मेदवार बनाएको छ ।

४७ वर्षीय खनालको स्थायी ठेगाना काठमाडौं, टोखा हो । उनी राजनीतिमा आउनुअघि सामाजिक सेवा, शिक्षा र नीति निर्माणका क्षेत्रमा काम गरेका थिए । सन् २००५ देखि २०१२ सम्म श्रीलंका, नेपाल र अमेरिकामा सञ्चालन भएको सर्वोदय श्रमदान अभियान मार्फत सामुदायिक विकास र स्वयंसेवी अभियानमा काम गरे ।

सन् २०१२ देखि २०१९ सम्म टिच फर नेपाल कार्यक्रममा आबद्ध भएर सामुदायिक शिक्षामा योगदान दिए । नीतिगत अभ्यासमा खनालले २०२३ देखि २०२५ सम्म दाङको तुलसीपुर उपमहानगरपालिकामा सञ्चालन गरिएको नीतिशाला कार्यक्रमसँग जोडिएर काम गरेका थिए ।

अमेरिकाको युनिभर्सिटी अफ विसकन्सिन म्याडिसनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर र वज्रपोर्ट विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्रमा स्नातक गरेका छन् ।

खनाल पुष्पकमल दाहाल नेतृत्वको सरकारमा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रीको जिम्मेवारीमा रहेर काम गरे ।

२०७९ को निर्वाचनमा खनालले १४ हजार २२१ मत प्राप्त गर्दै विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सर्वेन्द्र खनाल थिए । उनले  ८ हजार ९१७ मत प्राप्त गरेका थिए । यसपटक एमालेले अमनकुमार मास्केलाई मैदानमा उतारेको छ । यो क्षेत्रमा कांग्रेसले कृष्ण बानियाँलाई उम्मेदवार बनाएको छ ।

प्रत्यक्षमा खनाल निर्वाचित भएको यो क्षेत्र अघिल्लो निर्वाचनको समानुपातिक मतको हिसाबले पनि रास्वपा ठूलो दल हो । उसले ११ हजार ९९६ मत पाउँदा एमालेले ८ हजार १९ र कांग्रेसले ७ हजार ५७७ मत ल्याएको थियो ।

 

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • साविक विजेता, बलियो जनमत
  • विज्ञता र उच्च शैक्षिक छवि
  • पार्टीको सांगठनिक स्थिति

प्रतिकूलता

  • कडा प्रतिस्पर्धी
  • बहुपक्षीय मत विभाजन
  • स्थानीय समस्यामा बेवास्ताको आरोप
शिक्षा
स्नातकोत्तर 
हालको दल
राष्ट्रिय स्वतन्त्र पार्टी

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ काठमाडौं - ६ सर्वेन्द्र खनाल (एमाले) ८९१७ १४२२१ ५३०४ विजयी

शिशिर खनालको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित