नेपाल उन्नतिको मार्गचित्र बोकेर मतदाता माझ अर्थ-राजनीतिज्ञ
Battleground Analysis
अनुकूलता
- उपनिर्वाचनमा फराकिलो मतान्तरसहितको जितले स्थापित जनाधार र पहिचान
- अन्तर्राष्ट्रियस्तरको शैक्षिक तथा आर्थिक नीतिगत अनुभवले विश्वसनीय नेतृत्व छवि
- रास्वपाको शीर्ष नेतृत्वमा भूमिका र स्पष्ट विकास–नीति एजेन्डा प्रस्तुत गर्ने क्षमता
प्रतिकूलता
- कांग्रेस र एमालेका सशक्त उम्मेदवारसँग पुनः कडा प्रतिस्पर्धा
- प्रतिनिधिसभामा छोटो कार्यकाल भएकाले उपलब्धि देखाउने समय सीमित
- नयाँ दलको संगठनात्मक संरचना परम्परागत दलको तुलनामा कमजोर हुन सक्ने चुनौती
राजनीतिक स्वभाव र शैली
अर्थ-राजनीतिज्ञ
उनी परम्परागत नेताजस्तो भाषणमा मात्र सीमित नभई तथ्यांक र नीतिमा आधारित राजनीति गर्छन्। उनले मतदातालाई 'सांसदको काम धारा-पानी दिने होइन, नीति बनाउने हो' भनेर बुझाउने प्रयास गरिरहेका छन् ।
विश्वव्यापी दृष्टिकोण
लन्डन स्कुल अफ इकोनमिक्स, हावर्ड र अस्ट्रेलियन नेसनल युनिभर्सिटीको शैक्षिक पृष्ठभूमि तथा यूएनडीपी र विश्व बैंकमा काम गरेको अनुभवले उनको 'ग्लोबल एक्सपोजर' भएको नेताको छवि बनाएको छ ।
स्पष्ट वक्ता
कांग्रेसमा रहँदा होस् वा रास्वपामा, उनी नेतृत्वको कमजोरी र देशको आर्थिक दुरवस्थाबारे स्पष्ट र तार्किक विचार राख्न सक्ने 'बौद्धिक व्यक्तित्व' हुन्।
नीति निर्माता
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा बनाएका योजना र अहिले रास्वपाको चुनावी वाचापत्र लेखनको संयोजकका रूपमा उनले पार्टीको 'ब्रेन' को भूमिका निर्वाह गरिरहेका छन् ।
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| २०८० | तनहुँ - १ उपचुनाव | गोविन्द भट्टराई | २०१२२ | ३४९१९ | १४७९७ |
|
राजनीतिक टाइमलाइन
बौद्धिक सहयोगी
नेविसंघ र कांग्रेसको राजनीतिमा 'शुभेच्छुक' र बौद्धिक सहयोगीका रूपमा सक्रिय।
योजना आयोगको उपाध्यक्ष
राष्ट्रिय योजना आयोगको सदस्य (दुई कार्यकाल) र उपाध्यक्ष (एक कार्यकाल)। भूकम्पपछिको पुनर्निर्माण र दीर्घकालीन विकास योजनामा योगदान। अन्तर्राष्ट्रिय सेवा: यूएनडीपी एसिया–प्रशान्तको प्रमुख आर्थिक सल्लाहकारका रूपमा न्युयोर्क र भियतनाममा कार्य।
कांग्रेस परित्याग
कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश।
प्रत्यक्षबाट प्रतिनिधिसभामा
तनहुँ–१ को उपनिर्वाचनमा भारी मतान्तरले प्रतिनिधिसभा सदस्य निर्वाचित।
रास्वपा उपसभापति
रास्वपाको जलेश्वर बैठकबाट पार्टीको उपसभापति चयन।
स्वर्णिम वाग्लेको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?









