दिपक गिरी नेपाली कांग्रेस, दाङ - ३ पुरुष , ६० बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

दीपक गिरी दाङका पूराना राजनीतिक खेलाडी हुन् । साढे चार दशकदेखि अविरल राजीतिमा सक्रिय रहँदै आएका गिरीको प्रस्तुती संसदीय निर्वाचनमा भने त्यति उत्साहजनक छैन ।

राष्ट्रिय चुनावमा भने धेरैजसो हार बेहोरे । २०५१ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी दाङ क्षेत्र नं. ३ मा नेकपा (एमाले)का शंकर पोखरेल र २०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी)की सुषमा शर्मा घिमिरेसँग पराजित भए । २०७० मा भने उनी दाङ ५ बाट निर्वाचित भएर दोस्रो संविधानसभामा प्रवेश गरे । २०७३ सालमा सिंचाइ मन्त्री पनि भए । 

दाङको सुकदेवामा जन्मिएका ६१ वर्षीय दीपक गिरी प्रजातान्त्रिक आन्दोलनमा चिरपरिचित नाम हो । सानै उमेरदेखि प्रजातान्त्रिक आन्दोलनमा सक्रिय उनी २०३० सालमा तुलसीपुरस्थित महेन्द्र माविबाट गिरफ्तारीमा परे । १३ वर्षकै उमेरमा प्रशासनद्वारा गिरफ्तार भई १३ दिनसम्म उनी हिरासतमा बसे । त्यसपछि २०३१ सालमा २९ दिन र २०३७ मा ५७ दिन थुनिए ।

त्रिभुवन विश्वविद्यालयबाट इतिहास विषयमा स्नातकोत्तर गिरीको पार्टीगत राजनीतिक यात्रा भने २०३४ सालमा भारतको गोरखपुरमा नेपाली कांग्रेसको सक्रिय सदस्यता लिएपछि सुरु भयो । उनले सुरुदेखि नै खुमबहादुर खड्का निकट भएर काम गरे ।

२०३४ मा दाङ जिल्लाको क्षेत्रीय सभापति, २०३६ मा नेविसंघको केन्द्रीय सदस्य, २०३६ मै नेविसंघको राष्ट्रिय अधिवेशनको तयारी समिति संयोजक, २०४२ मा सत्याग्रह आन्दोलन केन्द्रीय एक्सन कमिटी सदस्य, २०४३ मा त्रिवि स्वतन्त्र विद्यार्थी युनियनको महासचिव, २०४६ देखि निरन्तर महाधिवेशन प्रतिनिधि एवं महासमिति सदस्य हुँदै पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी वहन गरेको अनुभव गिरीसँग छ ।

दाङका विकास आयोजनाहरूमा गिरीको महत्वपूर्ण भूमिका छ । तुलसीपुर क्याम्पस, राप्ती–बबई बहुमुखी र पुरन्धारा बहुमुखी क्याम्पस स्थापनामा पनि उनको खास भूमिका छ । थारू समुदायको सीप र संस्कृतिलाई संरक्षण गर्दै पर्यटन विकास गर्ने, टरिगाउँ विमानस्थलको धावनमार्ग विस्तार, इन्धन डिपो स्थापना, विद्युतीकरण र रोजगारी सिर्जना अबको प्रमुख कार्यभार भएको गिरी बताउँछन् ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा गिरी दाङ ३ बाट सत्ता गठबन्धनको उम्मेदवार छन् । उनको मुख्य प्रतिस्पर्धी एमालेकी कोमल वली छिन् । दाङमा एमालेको बलियो जनमत गिरीका लागि चुनौती हो । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को साथ भने उनको बलियो पक्ष हो ।

गत स्थानीय तह निर्वाचनमा वडा अध्यक्षहरूले पाएको मतअनुसार दाङ ३ मा एमाले पहिलो पार्टी हो । त्यसबेला एमालेले ३८ हजार ६५८, कांग्रेसले ३० हजार ९८९, माओवादी केन्द्रले १२ हजार ८८०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १२ हजार ४४४ र एकीकृत समाजवादीले १ हजार ९३८ मत पाएका थिए ।

यो पटक आन्तरिक बेमेलको प्रतिकूलताहरू पनि पन्छाउन सके गठबन्धनको समेत भोटले दीपक गिरी विजयी बन्न सक्छन् । उनका आफ्नै दाजु गेहेन्द्र गिरी पूर्वमन्त्री हुन्, त्यो पनि नेपाली कांग्रेसबाटै । दाजुभाइ पार्टीको फरक गुटमा रहँदा यसअघिका निर्वाचनमा चुनावी नतिजा प्रभावित भएको थियो ।

प्रतिस्पर्धी एमालेकी कोमल वली नवप्रवेशी हुन् । उनले टिकट पाउँदा पार्टीभित्र लामो समयदेखि योगदान गर्दै आएको एमाले पंक्तिमा असन्तुष्टि छ । यो भने गिरीको लागि अनुकूलता बन्न सक्छ ।

Full Read

दाङ - ३ का उम्मेदवारहरु

२०७९ २०७४
दिपक गिरी
दाङ, दाङ - ३
बर्ष: ६०, पुरुष
गठबन्धन: कांग्रेस गठबन्धन
विजयी ३६८४२
कोमल वली
दाङ, दाङ - ३
बर्ष: ५३, महिला
गठबन्धन: एमाले गठबन्धन
२९०३२
कमल सुबेदी
दाङ, दाङ - ३
बर्ष: ३५, पुरुष
गठबन्धन:
१५३००
ओज बहादुर खड्का
दाङ, दाङ - ३
बर्ष: ६३, पुरुष
गठबन्धन:
१५३५
देवि लाल डाँगी
दाङ, दाङ - ३
बर्ष: ४०, पुरुष
गठबन्धन:
१९३
कुमार चौधरी
दाङ, दाङ - ३
बर्ष: ३०, पुरुष
गठबन्धन:
५२६
बर्ष: ३४, पुरुष
गठबन्धन:
२८
बर्ष: ६७, पुरुष
गठबन्धन:
६५
शालिकराम चौधरी
दाङ, दाङ - ३
बर्ष: ५२, पुरुष
गठबन्धन:
७६२
घनश्याम चौधरी
दाङ, दाङ - ३
बर्ष: ४१, पुरुष
गठबन्धन:
४५६
बर्ष: ५६, पुरुष
गठबन्धन:
९२
तिलक खड्का
दाङ, दाङ - ३
बर्ष: ३८, पुरुष
गठबन्धन:
३१
बर्ष: ४९, पुरुष
गठबन्धन:
१५
घन श्‍याम डांगी
दाङ, दाङ - ३
बर्ष: ३६, पुरुष
गठबन्धन:
बर्ष: ३५, पुरुष
गठबन्धन:
बर्ष: ५४, पुरुष
गठबन्धन:
६०
बर्ष: ४१ , पुरुष
गठबन्धन:
नेकपा एमाले
विजयी ४०२८७ मत
दिपक गिरी
दाङ , दाङ - ३
बर्ष: ५५ , पुरुष
गठबन्धन:
बर्ष: ४० , पुरुष
गठबन्धन:
यादव भण्डारी
दाङ , दाङ - ३
बर्ष: २९ , पुरुष
गठबन्धन:
बाल कृष्ण शर्मा
दाङ , दाङ - ३
बर्ष: ४० , पुरुष
गठबन्धन:
नर बहादुर वली
दाङ , दाङ - ३
बर्ष: ४२ , पुरुष
गठबन्धन:

चुनावी समाचार

  • https://sepuh.diaryuindra.ac.id/
  • >