Home Candidate विराजभक्त श्रेष्ठ

विराजभक्तलाई जित जोगाउने चुनौती

http://राष्ट्रिय%20स्वतन्त्र%20पार्टी
विराजभक्त श्रेष्ठ
काठमाडौं - ८ उम्मेदवार

विराजभक्त श्रेष्ठ

पुरुष , ४४ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
२४५९२ मत
विजयी
Profile Election History
Profile Election History

काठमाडौं क्षेत्र नं. ८ बाट गत २०७९ को निर्वाचनमा सानदार जित हासिल गरेका विराजभक्त श्रेष्ठ अहिले पुनः सोही क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारका रूपमा चुनावी मैदानमा छन्। विवेकशील साझाबाट सुरु भएको उनको राजनीतिक यात्रा, बागमती प्रदेशसभा सदस्य हुँदै संघीय सरकारको युवा तथा खेलकुद मन्त्रीसम्म पुगेर अहिले पुनः नयाँ चुनावी परीक्षाको घडीमा आइपुगेको छ।

पृष्ठभूमि र सामाजिक सेवा

'बिजनेस एड्मिनिस्ट्रेशन'मा स्नातक गरेका श्रेष्ठले आफ्नो करियरको सुरुवात होटल-रेस्टुरेन्ट व्यवस्थापन र विभिन्न परियोजनाहरूमा जागिरेका रूपमा गरेका थिए। उनको सार्वजनिक छवि २०७२ सालको महाभूकम्पपछि फेरियो।

त्यसबेला उनले नेतृत्व गरेको स्वयंसेवक टोलीले राहत संकलन, वितरण र मुस्ताङदेखि बर्दिवाससम्म विपन्न समुदायका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको थियो।

वातावरण संरक्षणका लागि उनले 'फोर्स नेपाल' संस्था खोलेर ‘वान ट्री-मेरो जिम्मेवारी’ जस्ता अभियानहरू चलाए, जसले उनलाई भुइँतहका मानिसहरूसँग जोड्न मद्दत गर्‍यो।

विवेकशीलदेखि बागमती प्रदेश सभासम्म

श्रेष्ठ २०७४ को निर्वाचनअघि उज्ज्वल थापासँगै विवेकशील साझाको अभियानमा होमिएका थिए। समानुपातिक सूचीबाट बागमती प्रदेश सभा सदस्य बनेपछि उनले आफ्नो कार्यशैलीबाट सबैको ध्यान खिचे।

श्रेष्ठ हरेक वर्ष आफ्नो कामका प्रतिवेदन सार्वजनिक गर्ने थोरै नेताहरूमध्ये पर्छन्। नेपाल भाषा र तामाङ भाषालाई बागमती प्रदेशको सरकारी कामकाजको भाषा बनाउने कानुन पारित गराउन उनले महत्त्वपूर्ण भूमिका खेले।

संघीय सरकारले गुठी विधेयक ल्याउँदा उनले सडक र सदन दुवै मोर्चाबाट सशक्त विरोध गरी नेवाः समुदायको भावनाको प्रतिनिधित्व गरे।

विवेकशील साझाका तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले 'राजावादी' दस्तावेज ल्याएपछि वैचारिक मतभेदका कारण उनी सो पार्टीबाट अलग भएका थिए।

संघीय संसद हुँदै मन्त्री

२०७९ को निर्वाचनमा रास्वपाबाट काठमाडौं-८ मा उत्रिएका श्रेष्ठले १० हजार ११२ मत ल्याएर विजयी हुँदा हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीले ६ हजार १७९ मत पाएका थिए । तत्कालीन नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ ४ हजार ८८१ मतसहित तेस्रो स्थानमा रहँदा राप्रपाका प्रकाश रिमालले ४ हजार ३८८ मत पाएका थिए ।

एमालेका शिवसुन्दर राजवैद्य उक्त चुनावमा ३ हजार ८९१ मतसहित पाँचौं स्थानमा खुम्चिएका थिए । यसपटक सायमी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार बनेका छन् ।  

यसपटक कांग्रेसका सपना राजभण्डारी, एमालेका राजेश शाक्य लगायत चुनावी प्रतिस्पर्धामा छन् । दोस्रोपटक संसदको यात्रा तय गर्न उनले यिनै उम्मेदवारहरूलाई पराजित गर्नुपर्ने हुन्छ ।

संघीय संसदमा रहँदा उनले सुशासन र खेलकुद क्षेत्रको सुधारका लागि सक्रियता देखाए।

छोटो कार्यकालका लागि युवा तथा खेलकुद मन्त्री बन्दा उनले खेलकुद क्षेत्रको बेथिति हटाउन र खेलाडीहरूको मनोबल बढाउन चालेका कदमहरूले उनलाई 'काम गर्न सक्ने युवा'का रूपमा स्थापित गर्‍यो।

अनुकूलता/प्रतिकूलता

अघिल्लो चुनावमा शहरी इलाकामा नयाँ र वैकल्पिकको पक्षमा देखिएको लहरले चुनाव जितेका श्रेष्ठसँग अहिले संगठनसँगै सत्ताको अनुभव पनि छ ।

यद्यपि अघिल्लो पटक 'विकल्प' खोजेका मतदाताहरूले यसपटक उनको साढे दुई वर्षको संसदीय र मन्त्री कालको 'रिपोर्ट कार्ड' हेरेर मत दिनेछन्।

काठमाडौं-८ का स्थानीय श्रेष्ठका लागि आफ्नो विरासत जोगाउनु र हिजो आश्वस्त पारेका मतदाताको विश्वासलाई पुनः मतमा बदल्नु नै आगामी फागुन २१ को निर्वाचनमा श्रेष्ठको मुख्य चुनौती हो।

Battleground Analysis

अनुकूलता

  • ‘काम गर्ने युवा’ को छवि
  • समुदायसँगको बलियो सम्बन्ध
  • फराकिलो मतान्तरको इतिहास

प्रतिकूलता

  • ‘परीक्षण’ को चुनौती ‘रिपोर्ट कार्ड’ माथि समीक्षा
  • सुमन सायमीको उम्मेदवारी
  • प्रमुख दलहरूको प्रतिस्पर्धा
शिक्षा
स्नातक
हालको दल
राष्ट्रिय स्वतन्त्र पार्टी

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
२०७४ बागमति प्रदेश सभा समानुपातिक विजयी
२०७९ काठमाडौं - ८ सुमन सायमी (हाम्रो नेपाली) ६१७९ १०११२ ३९३३ विजयी

विराजभक्त श्रेष्ठको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित

प्रतिस्पर्धी

विराजभक्त श्रेष्ठ
२४५९२
सुमन सायमी नेपाली कम्युनिस्ट पार्टी
३२१७
सपना राजभण्डारी नेपाली कांग्रेस
२८३५
VS