Home Candidate राजन भट्टराई

‘ह्याट्रिक’ हारबाट जोगिने चुनौती

http://नेकपा%20एमाले
राजन भट्टराई
काठमाडौं - ४ उम्मेदवार

राजन भट्टराई

पुरुष , ५७ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
५७३३ मत
Profile Election History
Profile Election History

विगतका दुई निर्वाचनमा कांग्रेस नेता गगन थापासँग पराजित डा. भट्टराई तेस्रो पटक यही क्षेत्रबाट चुनावी मैदानमा छन् । उनी तेस्रो हारबाट जोगिने चुनौती छ ।

०००

नेकपा एमालेले काठमाडौं क्षेत्र नम्बर ४ बाट तेस्रो पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । २०७४ र २०७९ सालमा कांग्रेसका गगन थापासँग पराजित भट्टराई तेस्रो पटक यही क्षेत्रबाट उम्मेदवार बनेका हुन् ।

२०२५ साल असारमा सिन्धुपाल्चोकको सिन्धुकोटमा जन्मिएका भट्टराईले अंग्रेजी विषय लिएर त्रिचन्द्र कलेजबाट स्नातक र युनिभर्सिटी अफ लन्डनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तरसम्म अध्ययन गरेका छन् । उनले २०६९ सालमा जवाहरलाल नेहरू विश्वविद्यालयबाट विद्यावारिधि गरे ।

डा. भट्टराईको शोधको शीर्षक ‘भारत–चीन सम्बन्धका सन्दर्भमा नेपालको बदलिँदो सुरक्षा दृष्टिकोण’ थियो । उनको ‘जियोपोलिटिक्स अफ नेपाल एन्ड इन्टरनेसनल रेस्पोन्सेज टु कन्फ्लिक्ट ट्रान्सफर्मेसन’ शीर्षकको पुस्तक प्रकाशित छ ।

उनी पार्टी राजनीतिमा विद्यार्थी संगठनबाट प्रवेश गरेका हुन् । काठमाडौंको पुतलीसडकस्थित पद्मोदय माविमा पढ्दा २०३७-३८ ताका उनी अनेरास्ववियुमा संगठित भएका थिए ।

पद्मोदयमा प्राक (प्रारम्भिक कमिटी) अध्यक्ष बनेका डा. भट्टराई २०४० मा अनेरास्ववियुको काठमाडौं नगर विद्यालय कमिटी सचिव र २०४१ मा काठमाडौं जिल्ला कमिटी सदस्य चुनिए ।

विद्यार्थी राजनीति गर्दा उनी २०४०–४६ सालका बीचमा १२ पटक पक्राउ परे । २०४२ सालमा ८ महिना र २०४४ मा ४ महिना जेल सजाय भोगे ।

२०४३ सालमा अनेरास्ववियु काठमाडौं जिल्ला सहसचिव, २०४४ मा जिल्ला सम्मेलन आयोजक कमिटी संयोजक र नवौं राष्ट्रिय सम्मेलन आयोजक कमिटी सदस्य बनेका भट्टराई २०४६ मा केन्द्रीय सचिव निर्वाचित भए ।

त्यसपछि २०४८-४९ मा अनेरास्ववियुको विदेश विभाग प्रमुख र २०४९ सालमा ‘एसियन स्टुडेन्ट एसोसिएसन’ (आसा) को सह–महासचिव चुनिएका भट्टराई २०५३–५८ को अवधिमा नेकपा (एमाले)को विदेश विभाग सचिव र २०५४–५८ सालमा उपत्यका समन्वय कमिटी सदस्य भए ।

२०६०–६२ मा पनि उनी एमालेको विदेश विभाग सचिव रहे । २०६४ देखि सोही विभागको सदस्य र २०६९ देखि राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य रहेका डा. भट्टराई पार्टीको नवौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भए ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनको परराष्ट्र सल्लाहकारको भूमिका पाएका डा. भट्टराई यसबीचमा नेपाल–भारत प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी)का सदस्य पनि रहे । त्यसअघि माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा पनि परराष्ट्र सल्लाहकार रहेका भट्टराई दोस्रो संविधानसभामा समानुपातिक सभासद भए ।

२०७४ सालको निर्वाचनबाट उनी प्रत्यक्षततर्फको प्रतिस्पर्धामा उत्रिन सुरु गरे । तत्कालीन समयमा एमाले र माओवादीको गठबन्धनबाट उम्मेदवार बनेका उनी पहिलो प्रयासमै असफल रहे । कांग्रेस उम्मेदवार गगन थापासँग पराजित भए । २०७९ सालमा पनि उनै थापासँग एमाले उम्मेदवार भट्टराई हारे । यस क्षेत्रमा पर्ने वडाहरूमा एमाले पहिलो शक्ति हुँदा समेत भट्टराईले त्यसलाई आफ्नो पक्षमा पार्न सकेका छैनन् ।

गत निर्वाचनमा समानुपातिकतर्फको मतमा न्यून अंकमा कांग्रेस र एमालेको मतान्तर छ । कांग्रेसले समानुपातिकमा पहिलो स्थानको मत ११ हजार ८०८ प्राप्त गर्दा एमालेको पक्षमा १० हजार ५६० मत थियो । तर प्रत्यक्षतर्फ भने एमाले उम्मेदवार भट्टराई फराकिलो अन्तरले पराजित भए ।

तेस्रो पटक यसै क्षेत्रबाट निर्वाचित कांग्रेस उम्मेदवार थापाले गत निर्वाचनमा २१ हजार ३०२ मत प्राप्त गर्दा एमालेका भट्टराईले १३ हजार ८५५ मत पाएका थिए । २०७४ को निर्वाचनमा भन्दा गत निर्वाचनमा थापा र भट्टराईको मतान्तर थप बढेको थियो ।

२०७४ मा वाम गठबन्धनबाट उम्मेदवार बनेका भट्टराईले १८ हजार १४० मत पाउँदा कांग्रेसका थापाले २१ हजार ५५८ मत ल्याएर उनलाई पराजित गरेका थिए ।

भट्टराईका लागि यसअघि दुई पटक पराजित गरेका कांग्रेस सभापति थापाको स्थानमा नयाँ अनुहारलाई अघि सारिएको छ । कांग्रेसबाट सचिन तिमिल्सेना, नेकपाबाट इन्द्रकुमार भुसाल, रास्वपाबाट पुकार बम राप्रपाबाट सुरेन्द्रराज भण्डारी लगायत उम्मदेवार छन् । यस क्षेत्रमा १८ दल र १० स्वतन्त्र गरी २८ उम्मेदवार छन् ।

Battleground Analysis

अनुकूलता

  • बलियो शैक्षिक र कूटनीतिक पृष्ठभूमि
  • पार्टी भित्र मजबुत नेटवर्क र संगठनात्मक आधार
  • अन्य दलमा स्थापित व्यक्तित्व नभएका कारण अवसर बन्न सक्ने

प्रतिकूलता

  • अघिल्ला दुई निर्वाचनमा पराजित भइसकेकाले मनोवैज्ञानिक दबाब
  • प्रत्यक्षतर्फ बढ्दो मतान्तर
  • बहुकोणीय प्रतिस्पर्धा र मत विभाजनको जोखिम
शिक्षा
पीएचडी
हालको दल
नेकपा एमाले

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
२०७४ काठमाडौं - ४ गगनकुमार थापा 21558 18140 ३४१८ पराजित
२०७९ काठमाडौं - ४ गगनकुमार थापा 21302 13855 ७४४७ पराजित

राजन भट्टराईको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित

प्रतिस्पर्धी

राजन भट्टराई
५७३३
पुकार बम राष्ट्रिय स्वतन्त्र पार्टी
२९१४२
सचिन तिमल्सेना नेपाली कांग्रेस
८८२४
VS