पूर्वअर्थमन्त्रीसँग भिड्दै अर्थशास्त्री
३४ वर्षीय डा. सुदनकुमार ओली रोल्पाको परिवर्तन गाउँपालिका चाबाङमा जन्मिएका हुन् । उनी २०६० सालदेखि नेपाल विद्यार्थी संघ मार्फत नेपाली कांग्रेसमा सक्रिय भए ।
कांग्रेसको बाह्रौं महाधिवेशनबाट पार्टीको सक्रिय सदस्यता प्राप्त गरेका ओली कांग्रेसको नीति प्रशिक्षण तथा अनुसन्धान विभागका सदस्य छन् । त्यस्तै, आर्थिक नीति तथा योजना विभाग सदस्य र विज्ञ सदस्यको रूपमा समेत काम गरिसकेका छन् ।
युनिभर्सिटी अफ इन्टरनेशनल बिजनेश एण्ड इकोनोमिक्स, बेइजिङबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका उनले युवा तथा खेलकुद मन्त्रालयमा नीति विज्ञ र लुम्बिनी प्रदेश योजना आयोग सदस्यको रूपमा काम गरेको अनुभव छ ।
२०७९ मा नेकपा (माओवादी केन्द्र)का वर्षमान पुन ४१ हजार ७१४ मत ल्याएर निर्वाचित हुँदा एमालेका पूर्ण बुढा मगरले १६ हजार ४८५ मत पाएका थिए । त्यतिबेला नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चाले गठबन्धन गरेका थिए ।
रोल्पामा डा. ओलीले नेकपाका वर्षमान पुन, एमालेका गोकुलप्रसाद घर्ती मगर, नेकपा (माओवादी)का चुडामणि ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका बालराम थापा, राष्ट्रिय जनमोर्चाका मेखबहादुर विष्ट, राप्रपाका अम्मरबहादुर थापा लगायतसँग प्रतिस्पर्धा गर्दैछन् ।
समानुपातिकमा माओवादी केन्द्रले २८ हजार १५९, कांग्रेसले १५ हजार ७०, एमालेले ११ हजार ८५७, रास्वपाले १ हजार ९०४, राप्रपाले १ हजार ३३६, एकीकृत समाजवादी ९२६, नेकपा (माले)ले ९०२ र जनमोर्चाले ३७४ मत पाएको थियो ।
विगतको मत परिणाम हेर्दा डा. ओलीले जित निकाल्न मिहिनेत गर्नुपर्ने देखिन्छ ।
प्रस्तुतीः सूर्यप्रकाश बुढा मगर
सुदन कुमार वली को उम्मेदवारि कस्तो लागयो ?



