Home Candidate डा.सरोज कुमार

डा. सरोजको पहिलो चुनावी दौड 

सर्लाही - २ उम्मेदवार

डा.सरोज कुमार

नेपाली कांग्रेस
पुरुष , ४४ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

पछिल्लो परिवर्तनलाई स्वीकार गर्दै सोही अनुसार आफूलाई पनि बदलेका डा. कुमार युवा पुस्ता माझ लोकप्रिय छन् ।

०००

नेपाली कांग्रेसको नेतृत्वमा गगन थापा आएसँगै आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनका उम्मेदवारमा पनि परिवर्तन देखिएको छ । थापाले सर्लाही क्षेत्र नम्बर-२ मा डा. सरोज कुमारलाई चुनावी प्रतिस्पर्धामा उतारेर नयाँ पन दिन खोजेका छन् ।

शैक्षिक रूपमा चिकित्सा शास्त्रमा स्नातक (एमबीबीएस) गरेर डा. सरोज कुमार पहिलो पटक प्रतिनिधिसभाको चुनाव लड्दैछन् । पेसाले डक्टर सरोज सर्लाही जिल्लाका कांग्रेस कार्यावाहक सभापति हुन् ।

डा. सरोज कुमार २०३८ साल असोजमा सर्लाही कौडेना गाउँपालिका–२ इनर्वामा जन्मिएका हुन् । हालसम्म कुनै पनि सर्वजनिक पदमा नपुगेका कुमारको पहिचान बौद्धिक र साहसी युवा नेताका रूपमा स्थापित भएको छ । निरन्तर जनसम्पर्कमा रहने कुमार पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएको भए पनि अन्य परिपक्व भनिएका नेताभन्दा फरक छैनन् । साथै पछिल्लो परिवर्तनलाई स्वीकार गर्दै सोही अनुसार आफूलाई पनि बदलेका डा. कुमार युवा पुस्ता माझ लोकप्रिय छन् ।

शिक्षा, स्वास्थ्य र सुशासनका विषयमा स्पष्ट धारणा राख्ने डा. कुमार २०७८ मा नेपाली कांग्रेस सर्लाही जिल्ला उपसभापतिमा निर्वाचित भएका हुन् । अहिले उनी सर्लाहीका कार्यवाहक जिल्ला सभापति हुन् ।

आगामी निर्वाचनमा डा. कुमार राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतो, राष्ट्रिय स्वतन्त्र पार्टीका रविन महतो, नेकपा एमालेका नागेश्वर साह तथा नेपाली कम्युनिष्ट पार्टीका महेन्द्र राय यादवजस्ता पुराना र प्रभावशाली राजनीतिज्ञसँग प्रतिस्पर्धामा छन् । महेन्द्र राय यादव २०५१ यताका सबै निर्वाचनमा जनताबाट चुनिएका पुराना राजनीतिज्ञ हुन् ।

अनुकूलता

  • चिकित्सा शास्त्रमा एमबीबीएस, बौद्धिक र साहसी युवा नेता
  • संगठनमा पकड
  • कांग्रेसको बलियो आधार

प्रतिकूलता

  • अनुभवको कमी
  • मतदाताहरूमा मनोवैज्ञानिक संकोच देखिन सक्छ
Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

डा.सरोज कुमार को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित