Home Candidate राजेन्द्र महतो

अनुभवी नेताको पुनरागमन प्रयास

http://राष्ट्रिय%20मुक्ति%20पार्टी,%20नेपाल
राजेन्द्र महतो
सर्लाही - २ उम्मेदवार

राजेन्द्र महतो

पुरुष , ६७ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
५९९२ मत
Profile Election History
Profile Election History

महन्थ ठाकुरको नेतृत्वमा रहेको लोसपा र जनता समाजवादी पार्टी नेपाल बीच एकीकरण भएको छ । राष्ट्रिय मुक्ति पार्टी गठन गरेका महतोले जाँतो (चकिया) चुनाव चिह्न लिएका छन् ।

०००

पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतो सर्लाहीका मतदाताका लागि नौलो नाम होइन । २०४८ सालदेखि सर्लाहीबाट निर्वाचन लड्दै आएका उनी २०७४ मा धनुषाबाट उठेका थिए ।

फागुन २१ को निर्वाचनका लागि सर्लाही–२ बाट उम्मेदवारी दिएका महतो राष्ट्रिय मुक्ति पार्टीनेपालका केन्द्रीय अध्यक्ष हुन् ।

सर्लाहीको बबरगञ्ज स्थायी घर भएका ६७ वर्षीय महतोले त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेका छन् ।  

दिवंगत नेता गजेन्द्रनारायण सिंहबाट प्रभावित महतो सद्भावना परिषद्मा आवद्ध भएर २०४६ सालबाट सक्रिय राजनीतिमा आएका थिए । काठमाडौंमा ट्राभल एजेन्सीकुरियरयातायातलगायत क्षेत्रमा काम गरिरहेको अवस्थामा उनको भेट गजेन्द्रनारायण सिंहसँग भयो । २०४६ सालको पञ्चायतविरोधी आन्दोलनकै सन्दर्भमा सिंह काठमाडौं आएका थिए । सिंहको कुरा सुनेपछि महतो सद्भावना परिषद्मा आबद्ध भए ।

त्यसपछिको समयमा उनी सद्भावना पार्टी प्रवक्तामहासचिवउपाध्यक्ष र अध्यक्ष भए । राष्ट्रिय जनता पार्टीको अध्यक्षमण्डलको सदस्यजनता समाजवादी पार्टीको वरिष्ठ नेतालोसपाको वरिष्ठ नेता हुँदै अहिले आफ्नै नेतृत्वमा पार्टी गठन गरेका हुन् ।

२०४८ सालमा सर्लाहीबाट प्रतिनिधिसभा सदस्यको निर्वाचन लडेका महतो नेपाली कांग्रेसकी मीना पाण्डेसँग १ हजार ३ मतले पराजित भए । २०५१ सालको मध्यावधि चुनावमा उनी सोही क्षेत्रबाट चुनाव लडेर पुरानै प्रतिस्पर्धी पाण्डेसँग ६२२ मतले हारे ।

तेस्रो पटक २०५६ को निर्वाचनमा भने महतोले पाण्डेलाई उही क्षेत्रको प्रतिस्पर्धामा हराए । २०६२–६३ को जनआन्दोलनपछि कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको अन्तरिम सरकारमा महतो पहिलो पटक उद्योगवाणिज्य तथा आपूर्ति मन्त्री बने । त्यसपछिका वर्षहरूमा वाणिज्य तथा आपूर्ति मन्त्रीस्वास्थ्य मन्त्री र उपप्रधानमन्त्री समेत बने ।

२०६४ सालमा सद्भावना पार्टीका अध्यक्ष रहेका महतोले पहिलो संविधानसभा निर्वाचनमा सहज जित हासिल गरे । २०७० को दोस्रो संविधानसभा चुनावमा भने उनी सर्लाही–५ मा महिन्द्र राय यादवसँग पराजित हुनपुगे । २०७४ को निर्वाचनमा महतोले धनुषा–३ मा गएका कांग्रेसका विमलेन्द्र निधिलाई हराए ।

यसपटक पूर्वसहकर्मी महिन्द्रराय यादवसँग प्रतिस्पर्धा गर्न धनुषा–३ छाडेर सर्लाही–२ फर्किएका छन् । २०७४ को चुनावताका तत्कालीन राष्ट्रिय जनता पार्टीनेपालको अध्यक्षमण्डलमा रहेका दुवैजना आ–आफ्नो क्षेत्रबाट विजयी भएर संसद पुगेका थिए ।

२०७९ को निर्वाचनमा गठबन्धनको समर्थन पाएको नेकपा (माओवादी केन्द्र) बाट उठेका महिन्द्रराय यादवले लोसपाका उम्मेदवार महतो २ हजार ११ मतले पराजित भएका थिए । यादवले माओवादी केन्द्र लगायतका पार्टीहरू मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवारी दिएका छन् ।

महन्थ ठाकुरको नेतृत्वमा रहेको लोसपा र जनता समाजवादी पार्टी नेपाल बीच एकीकरण भएको छ । राष्ट्रिय मुक्ति पार्टी गठन गरेका महतोले जाँतो (चकिया) चुनाव चिह्न लिएका छन् । जनता समाजवादी पार्टीले पनि जाँतो चिह्नबाटै चुनाव लडेको छ । यो रेशम चौधरी संरक्षक भएको नागरिक उन्मुक्ति पार्टी नेपालको चिह्न हो ।

Battleground Analysis

अनुकूलता

  • एकल चुनाव चिह्न, विपक्षीको गठबन्धन नहुनु
  • मधेशी मुद्दामा निरन्तर आवाज उठाउनु
  • संगठन विस्तार

प्रतिकूलता

  • जसपा नेपाल र लोसपा लगायतका दल बीचको एकता
  • पटक पटक सत्तामा हुनु
शिक्षा
स्नातक
संसदीय अनुभव
संविधान सभा सदस्य (२०६४), प्रतिनिधिसभा सदस्य (२०५६, २०७४)
हालको दल
राष्ट्रिय मुक्ति पार्टी, नेपाल
सरकारको अनुभव
पटकपटक मन्त्री

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
२०६४ सर्लाही - ४ रामचन्द्र राय यादव (तमलोपा) ८७५२ १७०७३ ८३२१ विजयी
२०७० सर्लाही - ४ महिन्द्र राय यादव (तमलोपा) ११५४३ ८७९० २७५३ पराजित
२०७४ धनुषा - ३ विमलेन्द्र निधि (कांग्रेस) २७८४७ ३०७५० २९०३ विजयी
२०७९ सर्लाही - २ महिन्द्र राय यादव (माओवादी केन्द्र) २३५२९ २१५१८ २०११ पराजित

राजेन्द्र महतोको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित

प्रतिस्पर्धी

राजेन्द्र महतो
५९९२
रविन महतो राष्ट्रिय स्वतन्त्र पार्टी
४२५१२
महिन्द्र राय यादव नेपाली कम्युनिस्ट पार्टी
८५२३
VS