Home Candidate ध्रुवबहादुर प्रधान

पूर्व आईजीपीको संसदीय यात्रा

नवलपरासी - २ उम्मेदवार

ध्रुवबहादुर प्रधान

राष्ट्रिय प्रजातन्त्र पार्टी
पुरुष , ७७ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) ध्रुवबहादुर प्रधान नवलपरासी–२ बाट निर्वाचन निवर्तमान सांसद् हुन् । उनी रामग्राम, जमुवाडमा २००५ सालमा जन्मिएका थिए ।

२०२७ सालमा प्रहरी निरीक्षकबाट जागीर शुरु गरेका प्रधान २०३६ सालको जनमतसंग्रहमा काठमाडौंमा कार्यरत थिए । २०४८ को आमनिर्वाचनका बेला उपत्यकाको मध्यक्षेत्र कमाण्डको जिम्मेवारी सम्हाले ।

राप्रपाका लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री र एमालेका वामदेव गौतम गृहमन्त्री भएका बेला अच्युतकृष्ण खरेललाई हटाएर प्रधानलाई आईजीपी नियुक्त गरिएको थियो । उनको नियुक्ति सम्बन्धी विवाद अदालतसम्म पुग्यो । नौ महिनापछि सर्वोच्च अदालतले प्रधानको नियुक्ति बदर गर्दै खरेललाई जिम्मेवारीमा फर्काएको थियो ।

त्यसपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राज्यमन्त्री सरहको सुविधा पाउने गरी प्रधानमन्क्रीको विशेष सल्लाहकार नियुत्त गरेका थिए, २०५४ सालमा ।

प्रधान २०५६ सालको आमनिर्वाचनमा नवलपरासीबाट स्वतन्त्र उम्मेदवारी दिने तयारीमा थिए । राप्रपाले नवलपरासी–४ मा उम्मेदवार बनायो । त्यो निर्वाचनमा कांग्रेसका देवेन्द्रराज कँडेलसँग भारी मतान्तरले पराजित भए ।
२०६४ सालको पहिलो संविधानसभामा नवलपरासी–४ बाट उम्मेदवारी दिएर पराजित भए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा पनि उम्मेदवारी दिए, फेरि जित्न सकेनन् । २०७४ मा राप्रपाले कांग्रेससँग गठबन्धन गरेकाले उनी उठेनन् । तीन पटकसम्म पराजय भोगिसकेकाले २०७९ मा चुनाव लड्ने इच्छा थिएन । तर, पार्टीले टिकट दियो ।

चौथो प्रयासमा भने सफल भए । कांग्रेसका देवेन्द्रराज कँडेललाई भारी मतान्तरले पराजित गरे । प्रधानले ३४ हजार ७६४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी कँडेलको १९ हजार ५९४ मत थियो ।
२०८० माघमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री बने ।

विद्यावारिधि गरेका प्रधान सन् २००६ देखि २०१४ सम्म नेपाल ओलम्पिक कमिटीको अध्यक्ष थिए । पार्टीको केन्द्रीय सदस्यहुँदै सहायक महामन्त्री, महामन्त्री, प्रशिक्षण विभाग प्रमुख, संगठन विभाग प्रमुख, संसदीय फाँट प्रमुखहुँदै हालको निर्वाचनमा गठन भएको स्थानीय तह परिचालन विभाग प्रमुख र उपाध्यक्ष बने ।

गत निर्वाचनको समानुपातिक मत पनि राप्रपाको सबैभन्दा बढी थियो । प्रधानलाई जितका लागि त्यतिबेलाको मत जोगाउने चुनौती छ ।

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

ध्रुवबहादुर प्रधान को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित