प्राध्यापन र प्रशासनका अनुभवी
नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित प्रा.डा. गोविन्दराज पोखरेल २०२३ माघमा प्युठानको रस्पुरकोटमा जन्मिएका हुन् । २०६८ सालमा नेपाल प्राध्यापक संघमा संगठित भएका उनी २०७४ सालदेखि सक्रिय राजनीतिमा छन् ।
२०७२ को विनाशकारी भूकम्पपछि बनेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएर २०७४ को निर्वाचन लड्न प्युठान पुगेका थिए । उनी एमाले र माओवादी केन्द्रको समर्थन प्राप्त राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलसँग पराजित भए ।
पोखरेलले जर्मनीको फ्लोरेन्स वर्ग युनिभर्सिटीबाट ग्रामीण ऊर्जा प्रविधि तथा सीप विस्तारमा स्नातकोत्तर तथा ऊर्जा अर्थतन्त्र र नीति विषयमा विद्यावारिधि गरेका छन् । २०५७ देखि २०७८ सालसम्म इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत थापाथली इन्जिनियरिङ क्याम्पसमा प्राध्यापक रहे । एक वर्ष निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी सम्हाले ।
२०६२ देखि २०७० सालसम्म वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशकको रूपमा काम गरे । सुशील कोइराला प्रधानमन्त्री रहेका बेला पोखरेल १६ महिना राष्ट्रिय योजना आयोगको उपाध्यक्ष थिए ।
२०७९ मा एमालेका सूर्य थापा ४१ हजार ११८ सहित निर्वाचित भएका थिए । कांग्रेसले समर्थन गरेको राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले ३५ हजार ८१४ भोट पाएकी थिइन् ।
पोखरेलसँग एमालेका सूर्य थापा, नेपाली कम्युनिष्ट पार्टीका कृष्णध्वज खड्का, रास्वपाका सुशान्त वैदिक, राष्ट्रिय जनमोर्चाका तिलकबहादुर जीसी लगायतले प्रतिस्पर्धा गर्दैछन् ।
डा .गोविन्दराज पोखरेल को उम्मेदवारि कस्तो लागयो ?

