Home Candidate सूर्य बहादुर थापा क्षेत्री

दोस्रो परीक्षाको तयारी

प्युठान - १ उम्मेदवार

सूर्य बहादुर थापा क्षेत्री

नेकपा एमाले
पुरुष , ५१ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

सहकारी संस्थाको रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन समितिको नेतृत्व गरे, सूर्य थापाले । समितिले सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मी, सहारा र सानोपाइला सहकारीबाट गैरकानूनी रूपमा गोर्खा मिडियामा रकम प्रवाह भएको किटान गरेको थियो ।

छानबिन समितिका सभापति थापाले २१ फागुनको निर्वाचनका लागि प्यूठानबाट उम्मेदवारी दिएका छन् । ५१ वर्षीय थापाको जन्मस्थान प्यूठानको झिमरुक गाउँपालिका–१, सौतामारे हो ।

थापा अर्घाखाँचीको सिद्धार्थ र भगवती माविमा पढ्दा नै अनेरास्ववियुमा सक्रिय भइसकेका थिए । काठमाडौं आएपछि कैलाशकुट क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन सभापति चुनिए ।

पाटन संयुक्त क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर थापा २०५१ सालपछि पक्रकारितामा सत्रिय भए । त्यसक्रममा उनी नेकपा (एमाले) निकट विभिन्न पत्रिकाको सम्पादकीय नेतृत्वमा रहेर काम गरे । पार्टी सरकारमा रहँदा रेडियो नेपालको ‘घटना र विचार’ र ‘परिवेश’ कार्यक्रममा काम गरे ।

२०६४ सालमा पार्टीको प्रचार विभाग सचिव नियुक्त भएपछि पक्रकारिता छाडे । त्यसत्रममा पनि उनले एमालेको मुखपत्र ‘नवयुग’ मासिकको सम्पादन गरे, २०६४ देखि २०७१ सम्म ।

थापा भरतमोहन अधिकारी उपप्रधानमन्त्री तथा अर्थमन्त्री हुँदा मिडिया कन्सल्ट्यान्टमा नियुक्त भए । त्यस्तै, झलनाथ खनाल र केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकारको जिम्मेवारी पाए ।

२०७९ मा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी सम्मिलित गठबन्धनबाट उम्मेदवारी दिएकी राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेललाई ६ हजार मतान्तरले हराएर थापाले संसदीय यात्रा तय गरेका थिए ।

थापासँग कांग्रेसका प्रा.डा. गोविन्दराज पोखरेल, नेपाली कम्युनिष्ट पार्टीका कृष्णध्वज खड्का र जनमोर्चाका तिलकबहादुर जीसी लगायतले प्रतिस्पर्धा गर्दैछन् । समानुपातिकको मत हेर्दा थापालाई असहज हुने देखिंदैन । गत निर्वाचनमा एमालेले ३३ हजार ८०४, कांग्रेसले १७ हजार ८५१, माओवादी केन्द्रले १३ हजार ३०३, जनमोर्चाले ९ हजार ९५९, रास्वपाले ५ हजार ८५१, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार २६६ र नेकपा (एकीकृत समाजवादी)ले ४९० मत पाएको थियो ।

Expand Reading..
शिक्षा
स्नातकोत्तर
संसदीय अनुभव
दोस्रो संसदीय निर्वाचन, सभापति- सहकारी संस्थाको रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन समिति
२०७९ को मतान्तर
४१११८
हालको दल
नेकपा एमाले
सरकारको अनुभव
प्रधानमन्त्रीका प्रेस सल्लाहकार

सूर्य बहादुर थापा क्षेत्री को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित