Home Candidate हृदयेश त्रिपाठी

पाँच पटकका विजेतालाई तेस्रो हारको डर 

नवलपरासी - १ उम्मेदवार

हृदयेश त्रिपाठी

जनसमाजवादी पार्टी नेपाल
पुरुष , ६६ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

२०४८ यताका सात वटा निर्वाचनमध्ये २०७० र २०७९ बाहेक सबैमा जित हासिल गरेका अनुभवी राजनीतिकर्मी हुन्, हृदयेश त्रिपाठी । २०७९ मा आफ्नै अध्यक्षताको जनता प्रगतिशील पार्टी (जप्रपा)बाट उम्मेदवारी दिएका उनी यसपटक जनता समाजवादी पार्टी (जसपा), नेपालबाट उठेका छन् । जप्रपा र जसपा नेपाल केही महिनाअघि एकीकरण भएको थियो ।

त्रिपाठीलाई राष्ट्रिय राजनीतिमा चिनाएको गजेन्द्रनारायण सिंह र नेपाल सद्भावना पार्टीले हो । तर संसदीय भूमिकामा स्थापित गरेको चाहिं एमालेले हो भन्दा अत्युक्ति हुँदैन ।

२०५१ को चुनावमा कुनै पनि पार्टीले बहुमत नल्याएपछि ६ सिटको सद्भावना पार्टी सक्ता राजनीतिमा शत्तिशाली बन्यो । अल्पमतको सरकारको नेतृत्व गरेको एमालेले त्रिपाठीलाई संसद्को सार्वजनिक लेखा समितिको सभापति बन्न सघायो । त्यही बेला हो लाउडा, धमिजा विमान काण्डदेखि थुप्रै भ्रष्टाचारको मुद्दाले लेखा समितिमा प्रवेश पाएको ।

एमाले सरकार ढलेसँगै त्रिपाठीको सभापति पद पनि गयो । तर त्यसयता उनी पटक–पटक मन्त्री भइरहे । केपी शर्मा ओली प्रधानमन्त्री रहेको बेला २०७७ मा स्वास्थ्य तथा जनसंख्या मन्त्री थिए । २०७४ र २०७९ को दुवै निर्वाचनमा त्रिपाठीले एमालेको साथ पायो ।

२०१६ असारमा नवलपरासीमा जन्मिएका त्रिपाठी हाल प्रतापपुर नगरपालिका–६, नवलपरासी पश्चिमका स्थायी बासिन्दा हुन् । उनी २०३३ सालमा विद्यार्थी संगठनबाट राजनीतिमा आए । एक समय उनी प्रतिबन्धित नेकपा (रायमाझी समूह) को केन्द्रीय सदस्य थिए । राजनीतिशास्त्रमा स्नातक त्रिपाठीले राजनीतिक आन्दोलनका क्रममा चार वर्ष सात महिना जेल जीवन बिताए । केही वर्ष निर्वासनमा गए ।

उनी २०४३ सालमा भएको राष्ट्रिय पञ्चायतको अन्तिम निर्वाचनमा उठेर पराजित भए । २०४७ पछि उनी नेपाल सद्भावना पार्टीमा सक्रिय रहे । केही समय सद्भावना पार्टीको प्रवक्ता र आठ वर्ष महासचिव रहेका उनी नेपाल गणतन्त्रमा गएसँगै तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) को उपाध्यक्ष बने ।

त्यो बेला गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारको मन्त्री पद त्यागेर त्रिपाठी तमलोपामा गएका थिए । त्यसपछि उनी मधेशकेन्द्रित दलहरूको एकताबाट बनेको राष्ट्रिय जनता पार्टी (राजपा)को सहअध्यक्ष बने ।

त्रिपाठी पाँचपटक प्रत्यक्ष निर्वाचित सांसद बनिसकेका छन् । उनी नवलपरासीको फरक क्षेत्रबाट २०४८, २०५१ र २०५६ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भए । २०६४ सालमा नवलपरासीबाटै पहिलो संविधानसभामा पुगेका उनी २०७० को दोस्रो संविधानसभा निर्वाचनमा पराजित भएका थिए ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी दलविहीन थिए । राजपा छाडेका उनले स्वतन्त्र राजनीतिक समूह बनाएका थिए । त्यही बेला देशभर वाम गठबन्धन गरेको एमाले र माओवादीले नवलपरासी बर्दघाट सुस्ता पश्चिम १ मा उनलाई समर्थन गर्ने भयो । त्रिपाठी एमालेको चुनाव चिह्न लिएर उम्मेदवार भए ।

२०७९ को निर्वाचन अघि जनता प्रगतिशील पार्टी बनाए । यो पार्टीले उपेन्द्र यादव नेतृत्वको जसपा नेपालसँग एकीकरण गरेको छ ।

त्यतिबेला सत्ता गठबन्धनको साझा उम्मेदवार कांग्रेसका विनोद चौधरीसँग ७ हजार १९१ मतले हारेका थिए । कांग्रेसबाट चौधरीले पुनः उम्मेदवारी दिएका छन् । त्यतिबेला कांग्रेसलाई साथ दिएको माओवादी र एकीकृत समाजवादी मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीबाट सिन्धु जलेसा बुढाथोकीले उम्मेदवारी दिएकी छन् ।

त्रिपाठीलाई साथ दिएको एमालेले यसपटक रामप्रसाद पाण्डेलाई उठाएको छ । समानुपातिकमा त्रिपाठी नेतृत्वको जप्रपाले ३ हजार ९३६ र जसपा नेपालले २६९ मत पाएको थियो । ६१ भोट ल्याएको लोकतान्त्रिक समाजवादी पार्टी पनि जसपा नेपालमै एकीकृत भएको छ ।

बलिया प्रतिस्पर्धी
पार्टी फेर्ने छवि
Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

हृदयेश त्रिपाठी को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित