Home Candidate कविर राणा

राजनीति र पत्रकारिताको अनुभवलाई नतिजामा बदल्ने योजना

भक्तपुर - २ उम्मेदवार

कविर राणा

नेपाली कांग्रेस
पुरुष , ५८ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

२०४८ सालमा सम्पन्न पहिलो स्थानीय निर्वाचनमा राणा बालकोट–लोकन्थली क्षेत्रबाट जिल्ला विकास समिति सदस्यमा निर्वाचित भएका थिए । त्यसपछि पाँच वर्ष जिल्ला विकास समितिमा रहेर आफू अल्पमतमा हुँदा पनि नेपाली कांग्रेसको पक्षमा निर्णय गराउन सफल भएको उनको दाबी छ।

००००

नेपाली कांग्रेस भक्तपुर–२ का उम्मेदवार हुन्, कविर राणा । वरिष्ठ पत्रकार राणा देशान्तर साप्ताहिकका प्रधानसम्पादक रहिसकेका व्यक्ति हुन् ।

उनी १२ वर्षकै उमेरदेखि राजनीतिमा सक्रिय रहँदै आएका छन् । २०३६ सालको जनमत सङ्ग्रहदेखि नेविसंघको राजनीतिमार्फत नेपाली कांग्रेसमा आबद्ध भएका हुन्, उनी ।

२०३६ सालपछि नेपाली कांग्रेसले सञ्चालन गरेका सबै आन्दोलन र निर्वाचनमा सक्रिय सहभागिता जनाउँदै आएका छन् । कहिले प्रचार प्रमुखका रूपमा त कहिले केन्द्रीय प्रचार विभागमा रहेर उनले पार्टीका गतिविधिमा निरन्तर सक्रिय भूमिका निर्वाह गरेका छन् ।

आफूमा नेतृत्व क्षमता प्रबल रहेको विश्वास राणाले व्यक्त गर्दै आएका छन् । उनी २०४८ सालमा सम्पन्न पहिलो स्थानीय निकाय निर्वाचनमा बालकोट–लोकन्थली क्षेत्रबाट जिल्ला विकास समिति सदस्यमा निर्वाचित भएका थिए ।

त्यसपछि पाँच वर्ष जिल्ला विकास समितिमा रहेर आफू अल्पमतमा हुँदा पनि नेपाली कांग्रेसको पक्षमा निर्णय गराउन सफल भएको उनको दाबी छ ।

२०४२ सालमा नेपाली कांग्रेसले आह्वान गरेको सत्याग्रह आन्दोलनमा सहभागी भएका राणा ६ महिनासम्म जेलसमेत बसेका थिए ।

देशका हरेक आन्दोलनमा सक्रिय सहभागिता जनाउँदै आएका राणा विद्यार्थी राजनीतिबाट पत्रकारितातर्फ पनि सक्रिय भएका थिए ।

पञ्चायतकालमा राजनीति गर्नु अत्यन्त जोखिमपूर्ण रहेको र जुनसुकै बेला सीआईडी र प्रहरीको निगरानीमा पर्ने अवस्था रहेको उल्लेख गर्दै राणाले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको पक्षमा उभिन पत्रकारिता रोजेको बताए ।

लोकतन्त्र पुनर्स्थापनाका लागि पत्रकारिता प्रभावकारी माध्यम हुने ठानेर आफू सो क्षेत्रमा लागेको उनको भनाइ छ ।

उम्मेदवारी दर्ता गरेपछि राणाले विकास र सुशासनलाई आफ्नो प्रमुख एजेन्डा बनाउने बताएका छन् । ‘बढ्दो बेरोजगारी गम्भीर समस्या बनेको छ, यसको समाधान गर्न आवश्यक छ । भक्तपुरमा अझै धेरै विकास निर्माणका काम बाँकी छन्,’ उनले भने ।

उनका अनुसार भक्तपुर–२ मा सबैभन्दा पहिला खानेपानीको समस्या समाधान गर्न आवश्यक छ । ‘खानेपानी र सिँचाइको समस्या गम्भीर छ । त्यसको दीर्घकालीन व्यवस्थापन गर्नुपर्छ । अझै पनि धेरै नगरपालिका र वडामा बाटोघाटोको समस्या छ, त्यसलाई समाधान गर्नुपर्छ,’ उनले भने ।

२०७९ प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर–२ बाट नेपाली कांग्रेसका दुर्लभ थापा २४,२३९ मत प्राप्त गर्दै विजयी भएका थिए भने नेकपा (एमाले)का महेश बस्नेतले २३,२८२ मतसहित दोस्रो स्थान हासिल गरेका थिए ।

अनुकूलता

  • पञ्चायतकालदेखि कांग्रेसका आन्दोलन, सत्याग्रह र निर्वाचनमा निरन्तर सक्रिय
  • पत्रकारिता र राजनीतिक दुवै पृष्ठभूमि
  • पूर्व जिविस सदस्य, कांग्रेस जिल्ला समिति सदस्य, स्थानीय प्रशासन र विकासबारे अनुभव

प्रतिकूलता

  • पुरानो राजनीतिक पृष्णभूमि भए पनि नयाँ पुस्तामा जोडिनुपर्ने चुनौती
  • नयाँ रानीतिक शक्तिहरूको दबाब
  • विगतका चुनावमा कांग्रेसले जितेका बेलमा भएका कमी कमजोरीको आलोचना सामना गर्नुपर्ने
Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

कविर राणा को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित