Home Candidate राजीव खत्री

पत्रकारिताबाट प्रश्न, नीतिगत परिवर्तनका लागि राजनीतिमा

भक्तपुर - २ उम्मेदवार

राजीव खत्री

राष्ट्रिय स्वतन्त्र पार्टी
पुरुष , ३९ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

करिब २० वर्ष लामो पत्रकारिताबाट बिदा लिँदै खत्री राजनीतिमा होमिएका छन् । उनले नीतिगत तहमा काम गर्न प्रतिनिधिसभामा जान चाहेको बताए ।

०००

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार हुन् राजीव खत्री । पूर्वपत्रकार खत्री केही समयअघि मात्र रास्वपामा प्रवेश गरेका थिए । उनी भक्तपुर–२ बाट नयाँ अनुहारका रूपमा प्रतिस्पर्धा गरिरहेका छन् ।

करिब २० वर्ष लामो पत्रकारिताबाट बिदा लिँदै खत्री राजनीतिमा होमिएका छन् । उनले नीतिगत तहमा काम गर्न प्रतिनिधिसभामा जान चाहेको बताए ।

प्रतिनिधिसभाले बाटो, घाटो र भवन निर्माण जस्ता काम प्रत्यक्ष रूपमा नगरे पनि ती कार्यका लागि आवश्यक नीतिगत सहजीकरण गर्ने भूमिका खेल्ने खत्रीले बताए ।

‘मुख्य रूपमा मैले उठाउँदै आएका विषय के हुन् भने, यो देशमा हामी कानुनको कुरा गर्छौँ, कानुन बनाउने कुरा गर्छौँ, तर बनेका कानुनहरू नै विभेदकारी छन्,’ खत्रीले भने, ‘कसैलाई एउटै कानुनको अधिकतम प्रयोग गरिन्छ भने कसैलाई कानुन नै लागु हुँदैन। त्यसैले कानुनको समानता र न्यायका लागि मैले यो उम्मेदवारी दिएको हुँ ।’

मतदातालाई धेरै कुरा भनिरहनु नपर्ने उल्लेख गर्दै उनले जनताले सबै कुरा आफैं बुझिसकेको दाबी गरे । ‘मैले एउटा मात्र कुरा भन्न चाहन्छु- भदौ २३ गतेको जेनजी आन्दोलन सम्झनुहोस् । त्यस आन्दोलनमा ज्यान गुमाएका ती बालकहरू सम्झनुहोस् । यदि त्यो स्थानमा आफ्नै छोरा–छोरी परेको भए के हुन्थ्यो भनेर एकपटक कल्पना गरिदिनुहोस्,’ उनले भने ।

खत्रीका अनुसार यो निर्वाचन उम्मेदवारहरूको मात्र परीक्षा होइन, मतदाताको पनि परीक्षा हो । ‘त्यो परीक्षामा मतदाता पास भए भने हामी पनि पास हुन्छौँ र देश पनि पास हुन्छ,’ उनले भने।

२०७९ प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर–२ बाट नेपाली कांग्रेसका दुर्लभ थापाले २४,२३९ मत प्राप्त गर्दै विजयी भएका थिए भने नेकपा (एमाले)का महेश बस्नेतले २३,२८२ मतसहित दोस्रो स्थान हासिल गरेका थिए ।  

अनुकूलता

  • पत्रकारिताको अनुभव
  • कानुनको समानता, न्याय र विभेद अन्त्य मुख्य चुनावी एजेन्डा
  • परम्परागत राजनीतिभन्दा फरक छवि, रास्वपा लहर

प्रतिकूलता

  • राजनीतिक अनुभव सीमित, प्रत्यक्ष राजनीतिक/संसदीय अभ्यासको अभाव
  • रास्वपामा भर्खर प्रवेश र पार्टीकै संगठन नयाँ
  • विगतमा स्थानीय विकासमा ठोस काममा संलग्न नरहनु
Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

राजीव खत्री को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित