Home Candidate नारायणकुमार कोइराला
सुर्खेत - २ उम्मेदवार

नारायणकुमार कोइराला

नेपाली कांग्रेस
पुरुष , ५२ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

जेनजी आन्दोलनपछि परिवर्तित राजनीतिक चेतलाई नजिकबाट बुझेका कोइराला पहिलोपटक संसदीय चुनाव लड्दैछन् ।

०००

सुर्खेतको लाटिकोइलीमा २०३२ साल जेठ १२ गते जन्मिएका नारायण कोइराला २०४७ सालदेखि राजनीतिमा छन् । त्यसबेला उनी नेपाल विद्यार्थी संघको सदस्यता लिएर औपचारिक राजनीतिमा होमिएका थिए । केही समयपछाडि नै तत्कालीन लाटिकोइली गाउँ कमिटी सदस्यका रूपमा काम गर्ने अवसर पाए ।

नेपाल तरुण दलको केन्द्रीय महाधिवेशन प्रतिनिधि हुँदै २०५८ सालमा नेपाल तरुण दल सुर्खेतको अध्यक्ष बने । २०४६ सालको जनआन्दोलनमा समेत सरिक भएका उनले २०६२/०६३ को जनआन्दोलनमा आफ्नो क्षेत्रमा नेतृत्वदायी भूमिका खेले ।

तत्कालीन राजा ज्ञानेन्द्रले राजनीतिक दलमाथि प्रतिबन्ध नै लगाउने गरी राजनीतिक गतिविधिमा बन्देज लगाउँदै शासनसत्ता कब्जामा लिएर आम नागरिकलाई सूचनाको हकबाट बञ्चित गराउने प्रपञ्च रच्दै गर्दा उनी सामुदायिक रेडियो भेरीको स्टेशन म्यानेजर थिए । जहाँबाट लोकतन्त्र, संविधान अनि नागरिक अधिकारका पक्षमा निरन्तर आवाज बुलन्द गरिरहे ।

२०६७ सालमा सम्पन्न नेपाली कांग्रेसको १२औँ महाधिवेशनबाट उनी सुर्खेत निर्वाचन क्षेत्र नं. २ का क्षेत्रीय उपसभापति निर्वाचित भए । २०७२ सालमा सम्पन्न १३औँ महाधिवेशनबाट क्षेत्रीय सभापतिमा निर्वाचित भए ।

२०७२ सालमा तत्कालीन सरकारले कर्णालीलाई सुदूरपश्चिममा गाभ्ने गरी ल्याएको ६ प्रदेशको खाकाविरुद्ध सुर्खेतमा भएको आन्दोलनमा कोइरालाले अग्रणी भूमिका खेले । त्यस आन्दोलनको दबाबस्वरूप अन्तत: सरकारले दश जिल्लासहितको कर्णाली प्रदेश र अस्थायी राजधानी सुर्खेत घोषणा गर्न बाध्य भयो ।

२०७५ सालमा छोटो समयका लागि सुर्खेत उपत्यका विकास समितिको अध्यक्षका रूपमा उनले बुलबुले उद्यानको गुरुयोजना निर्माण र त्यसको व्यवस्थित विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरे ।  सधैं अरूलाई जनप्रतिनिधिको रूपमा अघि सार्दै आएका कोइरालालाई नेपाली कांग्रेसले यही २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा सुर्खेत निर्वाचन क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फका उम्मेदवार बनाएको छ । उनी पहिलो पटक संसदीय चुनावमा होमिएका हुन् ।

३२ वर्षभन्दा लामो राजनीतिक यात्रामा संगठन, आन्दोलन, शिक्षा र विकासलाई एउटै धारमा अघि बढाएका नारायण कोइराला अनुभव र ऊर्जाको सन्तुलित नेतृत्व हुन् । जेनजी आन्दोलनपछि परिवर्तन भएको राजनीतिक चेतनालाई नजिकबाट बुझेका उनी आज युवापुस्ताको आशा, भरोसा र विश्वासको केन्द्र बन्दै गएका छन् ।

अनुकूलता :

  • लामो राजनीतिक संघर्ष
  • जनअधिकारको पक्षमा क्रियाशील
  • जेनजी आन्दोलनपछि बदलिएको कांग्रेसका नेता

प्रतिकूलता :

  • पहिलोपटक चुनाव लड्दै
  • संसदीय राजनीतिको अनुभव कम
  • पुराना र नयाँ दल भन्ने भाष्यको मार
Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

नारायणकुमार कोइराला को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित