Home Candidate रामबाबु कुमार यादव

मधेश आन्दोलनबाट संसद् पुगे, फेरि प्रवेश गर्ने दौड

बारा - ३ उम्मेदवार

रामबाबु कुमार यादव

जनसमाजवादी पार्टी नेपाल
पुरुष , ५० बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

जनता समाजवादी पार्टीले बारा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा रामबाबु कुमार यादवलाई अघि सारेको छ।

यादवको जन्म वि.सं. २०३२ जेठ १५ गते बाराको कलैया उपमहानगरपालिका–२६, सिसवा महेशपुरमा भएको हो। उनी बाबु हरिनारायण यादव र आमा कौसिलादेवी यादवका सुपुत्र हुन्। स्नातक तहसम्म अध्ययन गरेका यादव २०६२ सालको जनआन्दोलनबाट राजनीतिमा होमिएका हुन्। त्यस समयमा भएको मधेश आन्दोलनमा उनले सक्रिय सहभागिता जनाएका थिए।

मधेशी जनअधिकार फोरमबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका यादव हाल जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य छन्। पार्टी संगठनमा उनको लामो अनुभव छ। उनले जनता समाजवादी पार्टीको बारा जिल्ला सचिव, दुई कार्यकाल जिल्ला अध्यक्ष तथा एक कार्यकाल मधेश प्रदेश अध्यक्षका रूपमा काम गरिसकेका छन्।

२०७० सालको संविधानसभा निर्वाचनमा उनले तत्कालीन बारा क्षेत्र नं. ५ बाट मधेशी जनअधिकार फोरमको तर्फबाट उम्मेदवारी दिएका थिए, जहाँ उनी तेस्रो स्थानमा सीमित भए। २०७४ सालमा बारा क्षेत्र नं. ३ बाट तत्कालीन संघीय समाजवादी फोरम (हालको जनता समाजवादी पार्टी) का तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन सफल भए। उक्त निर्वाचनमा उनले एमाले–माओवादी गठबन्धनका उम्मेदवार अध्यागनन्द पाण्डे र कांग्रेस नेता फरमुल्लाह मन्सुरलाई पराजित गरेका थिए।

२०७९ सालको निर्वाचनमा उनले पुनः बारा क्षेत्र नं. ३ बाट जनता समाजवादी पार्टीकै तर्फबाट उम्मेदवारी दिएका थिए, तर एमाले नेता जवाला साहसँग पराजित भएका थिए।

अनुकूलता
• प्रत्यक्ष संसदीय अनुभव
• मधेश आन्दोलन र मुद्दाको स्पष्ट पहिचान

• पार्टी संगठनमा दीर्घ नेतृत्व अनुभव

प्रतिकूलता
• अघिल्लो निर्वाचनको पराजयको प्रभाव
• क्षेत्रीय राजनीतिमा सीमित छवि
• कडा प्रतिस्पर्धा

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

रामबाबु कुमार यादव को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित