Home Candidate सुनिल लम्साल

सल्लाहकारको अनुभव लिएर संसदीय राजनीतिमा

रूपन्देही - १ उम्मेदवार

सुनिल लम्साल

राष्ट्रिय स्वतन्त्र पार्टी
पुरुष , ३५ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहसँगै रास्वपा प्रवेश गरेका सुनील लम्साल देशको चौथो ठूलो दलका महामन्त्री हुन्। दलीय राजनीतिमा जोडिएको एक महिनामै पार्टी पदाधिकारीको जिम्मेवारी पाएका उनी प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेर संसद् प्रवेश गर्ने दौडमा छन्।  

२०४७ असोजमा स्याङ्जाको बिरुवा गाउँपालिकामा जन्मेका लम्साल दुई दशकदेखि रूपन्देहीको तिलोत्तमा नगरपालिका भलबारीका स्थायी बासिन्दा हुन्। भलबारीकै बोर्डिङबाट एसएलसी पूरा गरेका उनले त्यहीको लुम्बिनी इन्जिनियरिङ कलेजमा पढे। एमाले निकट अनेरास्ववियूमा क्रियाशील रहेका उनी सन् २०११ मा त्यही कलेजमा स्ववियू सभापति निर्वाचित भए।

२०६२/६३ को जनआन्दोलनमा सक्रिय सहभागिता जनाएका लम्सालले संरचनात्मक इन्जिनियरका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका पूर्वाधार परियोजनामा काम गरिसकेका छन्।

२०७९ को स्थानीय निर्वाचनपछि उनले काठमाडौं महानगरपालिकामा मेयर बालेनको पूर्वाधार सल्लाहकार भएर काम गरे। फोहोर व्यवस्थापनलाई वैज्ञानिक, वातावरणीय र मानवअधिकारसँग सन्तुलन मिलाएर दीर्घकालीन समाधान खोज्नुपर्ने विषय ठान्ने उनी फोहोर व्यवस्थापनमा विद्यावारिधि गर्दैछन्।

पहिलो पटक प्रतिनिधिसभा सदस्य चुनावमा उत्रिएका उनले यो क्षेत्रमा नेपाली कांग्रेसका हिरा केसी, एमालेका दधिराम न्यौपाने, राप्रपाका प्रज्ज्वल बोहरा लगायत उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैछन्।

२०७९ को निर्वाचनमा एमालेका छविलाल विश्वकर्माले २४ हजार ८८२ मत पाएर विजयी हुँदा कांग्रेस–माओवादी केन्द्रको समर्थनमा उठेका घनश्याम भूसालले २१ हजार ३१८, राष्ट्रिय स्वतन्त्र पार्टीका नरेशबहादुर पछाई क्षेत्रीले १४ हजार १४५ र नागरिक उन्मुक्ति पार्टीका धनीराम चौधरीले १३ हजार ९६२ मत पाएका थिए। गत निर्वाचनमा समानुपातिकतर्फ रास्वपा १५ हजार ८०० मत सहित दोस्रो स्थानमा आएको थियो।

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

सुनिल लम्साल को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित