Home Candidate टेक प्रसाद गुरुङ

अनुभवी र विवादरहित उम्देवार

चितवन - ३ उम्मेदवार

टेक प्रसाद गुरुङ

नेपाली कांग्रेस
पुरुष , ७७ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

बाह्र वर्षपछि खोलो फर्किन्छ भने जस्तै भएको छ, चितवन–३ का कांग्रेस समर्थकलाई । कांग्रेसजनलाई २०७० पछि बल्ल संसदीय चुनावमा रुखमा मत हाल्ने अवसर जुरेको छ ।

२०७४ मा राप्रपाका विक्रम पाण्डेलाई सहयोग गरेको कांग्रेसले २०७९ मा माओवादी उम्मेदवार डा.भोजराज अधिकारीलाई साथ दियो । भरतपुर महानगरमा भएका २०७४ र २०७९ को निर्वाचनमा पनि मेयरमा रुखमा भोट हाल्न पाएनन्, कांग्रेसका मतदाताले ।

२१ फागुनकाे निर्वाचनका लागि कांग्रेसले चितवन–३ मा अनुभवी र विवादरहित नेता टेकप्रसाद गुरूङलाई उम्मेदवार बनाएको छ । २००४ सालमा स्याङ्जाको भीरकोट नगरपालिका ८ मा जन्मिएका गुरूङ यो क्षेत्रकै पाका उम्मेदवार हुन् ।

६५ वर्ष पहिले चितवन झरेका गुरूङ २०२२ सालदेखि नै राजनीतिमा सक्रिय भए । २०३२ सालमा नै चितवन कांग्रेसको जिल्ला कार्यसमिति सदस्य भएर काम गरे । तीन पटक जिल्ला पञ्चायतको सभापति समेत बने । २०५३ सालदेखि पाँच पटक कांग्रेस चितवनको जिल्ला सभापति बनेर काम गरे ।

कांग्रेसको आठौं महाधिवेशनदेखि १४ औं महाधिवेशनसम्म महासमिति सदस्य रहेका उनी निवर्तमान कांग्रेस केन्द्रीय सदस्य हुन् ।
२०५१ सालमा भएको मध्यवधी निर्वाचनमा चितवन–२ र २०६४ सालमा चितवन–४ बाट पराजित भए । उनी तेस्रो पटक संसदीय निर्वाचन लड्न लागेका हुन् । तेस्रो प्रयासमा सफल हुँदै विगतको विरासतलाई फिर्ता ल्याउने प्रयास छन्, गुरुङ ।

प्रस्तुतिः सुवास पण्डित

 

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

टेक प्रसाद गुरुङ को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित