जालिम मियाँ मंसुरी नेकपा एमाले, पर्सा - ४ पुरुष , ७५ बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

७५ वर्षीय जालिम मिया नेकपा (एमाले)को नेता बनेको आगामी पुसमा एक वर्ष पुग्छ । २०७८ पुस ८ गते पर्साको जगरनाथपुरमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मालाई उनले ५१ किलोको माला पहिराएका थिए । ओलीले पनि उनलाई खादा–टीकाका साथ एमालेमा स्वागत गरेका थिए । 

कार्यक्रम सफल पार्न जालिम मिया आफैंले रु.३५ लाख खर्च गरेको चर्चा त्यसबेला चलेको थियो । यसपटकको प्रतिनिधिसभा निर्वाचनमा एमालेले तिनै जालिमलाई पर्सा–४ बाट उठाएको छ ।

जालिम मियाको राजनीतिक यात्रा साँच्चै ‘जालिम’ लाग्छ । ७ कक्षासम्म मात्र पढेका उनको खास नाम जालिम मिया मन्सुरी हो । आफ्नो क्षेत्रमा उनी ‘जालिम मुखिया’ भनेर परिचित छन् । २०३५ सालमा विजवनिया–जगरनाथपुर गाउँ पञ्चायतको प्रधानपञ्चपछि उनी जालिम मिया मन्सुरीबाट जालिम मुखिया भएका हुन् ।

२०२९ सालमा १९ वर्षको उमेरमा जगरनाथपुर गाउँ पञ्चायत– १ को वडाअध्यक्ष भएका उनी विजवनिया–जगरनाथपुरको प्रधानपञ्च बनेपछि आफ्नो क्षेत्रमा निकै लोकप्रिय भए । त्यसपछिको समय पञ्चायतको राजनीतिमा बिताएका उनी २०४७ सालमा नेपाली कांग्रेस प्रवेश गरेर इलाका सदस्य हुँदै महासमिति सदस्यसम्म बने ।

जालिम मियालाई २०४६ को आन्दोलनताका वन फडानी र काठ तस्करी गरेको मुद्दा लागेको थियो । २०६२–६३ को जनआन्दोलनताका उनी त्यही वन मुद्दामा एक महिना जेल बसे । आन्दोलनको सफलता र सरकार–माओवादी विस्तृत शान्ति सम्झौतापछि देशमा विल्कुलै नयाँ परिवेश सिर्जना भएको थियो । त्यो माहोलमा जालिम मिया जगरनाथपुरमै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातबाट टीका ग्रहण गरेर माओवादी बने ।

पहिचानको मुद्दा उठेको त्यो समयमा माओवादीमा लागेसँगै उनी वीरगञ्जमा मुस्लिम हकहित संघर्ष समिति गठन गरेर सक्रिय भए । त्यसपछिका दिनमा उनी जगरनाथपुर गाउँपालिकाको अध्यक्षदेखि माओवादीको केन्द्रीय सल्लाहकार समिति सदस्यसम्म भए ।

राजनीतिक मौसम अनुसार भेष बदल्ने काइदामा महारथ हासिल गरेका जालिम मिया अनुचित अभिव्यक्ति र गतिविधिका कारण पनि बेलाबखत विवादमा परिरहन्छन् । चुनावी सभामा पहाडी समुदायलाई गाली गरेको भिडियो सार्वजनिक भएपछि उनी विवादमा छन् । यस विषयमा निर्वाचन आयोगमा उजुरी पनि परेको छ ।

कोरोना महामारीको समयमा कोरोना संक्रमित भारत पठाएको भन्दै भारतीय मिडियाको निशानामा पनि परेका थिए, उनी ।

यिनै जालिम जीवनमा पहिलोपटक प्रतिनिधिसभा सदस्य बन्ने चुनावी धपेडीमा छन् । उनी विरुद्ध कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल सत्ता गठबन्धनको साझा उम्मेदवार बनेर पर्सा–४ को चुनावी मैदानमा डटेका छन् । जालिम मिया पनि एमाले–जसपा गठबन्धनका उम्मेदवार हुन् ।

गत स्थानीय निर्वाचनमा पर्सा–४ मा कांग्रेसले २३ हजार ९१, एमालेले १८ हजार ११८, जसपाले १३ हजार ६२७, माओवादी केन्द्रले ६ हजार ८९६, नेपाल सुशासन पार्टीले १ हजार ३२२, राप्रपाले ३८९, नेपाल जनमत पार्टीले २६४ र स्वतन्त्रले पनि ९७९ भोट पाएका छन् ।

स्थानीय चुनावको यो दलगत मत जोड्दा एमाले र जसपाको ३१ हजार ७४५ हुन्छ । भोट घुमाउने खेलका अनुभवी जालिमका लागि यति मत भनेको मजबुत आधार हो । उनलाई यसै पनि भुईं मान्छेहरूको सुख–दुःखमा साथ दिने ‘सरल नेता’का रूपमा हेरिन्छ ।  

Full Read

पर्सा - ४ का उम्मेदवारहरु

२०७९ २०७४
रमेश रिजाल
पर्सा, पर्सा - ४
बर्ष: ६५, पुरुष
गठबन्धन: कांग्रेस गठबन्धन
विजयी ३१२२४
जालिम मियाँ मंसुरी
पर्सा, पर्सा - ४
बर्ष: ७५, पुरुष
गठबन्धन: एमाले गठबन्धन
२५६७१
अवधेश प्रसाद गौरो
पर्सा, पर्सा - ४
बर्ष: ६५, पुरुष
गठबन्धन:
१२८३
अजय कुमार यादव
पर्सा, पर्सा - ४
बर्ष: ४१, पुरुष
गठबन्धन:
९४१
राज कुमार वनमाला
पर्सा, पर्सा - ४
बर्ष: ४८, पुरुष
गठबन्धन:
८८
महेन्द्र कुमार चौधरी
पर्सा, पर्सा - ४
बर्ष: ४४, पुरुष
गठबन्धन:
१२०
जज अहमद
पर्सा, पर्सा - ४
बर्ष: ४१, पुरुष
गठबन्धन:
१५
हेतुला मिया मंसुरी
पर्सा, पर्सा - ४
बर्ष: ७८, पुरुष
गठबन्धन:
५७
हरिओम साह कानु
पर्सा, पर्सा - ४
बर्ष: ३६, पुरुष
गठबन्धन:
३५
रामासिस महतो कोइरी
पर्सा, पर्सा - ४
बर्ष: ६६, पुरुष
गठबन्धन:
६८२
रमेश रिजाल
पर्सा , पर्सा - ४
बर्ष: ६० , पुरुष
गठबन्धन:
उर्मिला अर्याल
पर्सा , पर्सा - ४
बर्ष: ६१ , महिला
गठबन्धन:
बर्ष: ३१ , पुरुष
गठबन्धन:
मुमताज अहमद गद्दी
पर्सा , पर्सा - ४
बर्ष: ४३ , पुरुष
गठबन्धन:
मोहपतीया दुसाधीन
पर्सा , पर्सा - ४
बर्ष: ६५ , महिला
गठबन्धन:
सुनिल कुमार वाग्‍ले
पर्सा , पर्सा - ४
बर्ष: ४९ , पुरुष
गठबन्धन:
बनारसी राउत अहिर
पर्सा , पर्सा - ४
बर्ष: ४३ , पुरुष
गठबन्धन:

चुनावी समाचार

  • https://sepuh.diaryuindra.ac.id/
  • >