भक्तपुरको अभेद्य नेमकिपा किल्ला
Battleground Analysis
अनुकूलता
- ख्वपः मोडेल: सस्तो र गुणस्तरीय शिक्षा (इन्जिनियरिङ/नर्सिङ कलेज) र स्वास्थ्य सेवा (अस्पताल) ले जनतालाई प्रत्यक्ष फाइदा पुगेको छ। यसले 'भक्तपुर मोडल' स्थापित गरेको छ।
- ईमानदार छवि: संसदमा जनताको आवाज बोल्ने र भ्रष्टाचारमा नमुछिएको सांसदको छवि।
- संगठनात्मक संरचना: टोल–टोलमा स्वयंसेवक र कार्यकर्ताको बलियो जालो।
प्रतिकूलता
- 'अनुदार' आरोप: विपक्षीले नेमकिपालाई 'एकलकाँटे', 'उत्तर कोरियाली शैली' र 'कठोर' भनेर आलोचना गर्छन्।
- चाँगुनारायणको चुनौती: भक्तपुर नगरपालिका बाहिर (चाँगुनारायण क्षेत्र) मा अन्य दलको प्रभाव बढ्दै गएको छ, जहाँ सुवालले मेहनत गर्नुपर्नेछ।
- नयाँ पुस्ता: भक्तपुरका नयाँ पुस्ता जो प्रविधिसँग जोडिएका छन्, उनीहरू नेमकिपाको कठोर अनुशासनबाट बाहिर निस्कन खोज्ने सम्भावना (यद्यपि यो संख्या अहिले नै नतिजा उल्टाउने गरी ठूलो देखिँदैन)।
राजनीतिक स्वभाव र शैली
संसदीय 'वाच डग'
संसदमा पेश हुने हरेक विधेयकमा संशोधन प्रस्ताव हाल्ने, गणपूरक संख्या नपुगे घण्टी बजाएर सभामुखलाई सचेत गराउने र राष्ट्रियताको सवालमा कुनै सम्झौता नगर्ने उनको 'खरो' स्वभाव छ। उनलाई संसदको 'एक्लो प्रतिपक्षी' जस्तो भूमिकामा देखिन्छ।
विरासतका उत्तराधिकारी
नेमकिपाका संस्थापक अध्यक्ष नारायणमान बिजुक्छे ('रोहित') ले ५ दशक लामो राजनीतिक जीवनबाट विश्राम लिँदै गर्दा आफ्नो उत्तराधिकारीका रूपमा सुवाललाई अघि सारेका हुन् ।
शैक्षिक अभियन्ता
भक्तपुरको चर्चित 'ख्वपः कलेज' को संस्थापक अध्यक्ष हुनु र भक्तपुर नगरपालिकालाई शिक्षा र स्वास्थ्यको हब बनाउन नेतृत्वदायी भूमिका खेल्नु उनको सबल पक्ष हो।
अनुशासित र सादगी
कम्युनिस्ट अनुशासनमा बाँधिएको र तडकभडकविहीन जीवनशैली।
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| २०५४ | भक्तपुर- मेयर |
|
||||
| २०७४ | भक्तपुर-१ | बाबुराजा जोशी | १७८१८ | ३३०७६ | १५२५८ |
|
| २०७९ | भक्तपुर-१ | नवराज गेलाल | ११९६८ | ४२७६१ | ३०७९३ |
|
राजनीतिक टाइमलाइन
पञ्चायतका जनपक्षीय वडाध्यक्ष
पञ्चायत कालमै भक्तपुर–९ को वडाध्यक्ष निर्वाचित (जनपक्षीय)।
भक्तपुरका मेयर
भक्तपुर नगरपालिकाको मेयर निर्वाचित। (मेयर हुँदा सम्पदा संरक्षण र सरसफाईमा गरेको कामको प्रशंसा)।
संविधान निर्माता
समानुपातिक तर्फबाट सभासद। संविधान निर्माणमा सक्रिय भूमिका।
प्रत्यक्षमा पहिलो विजय
भक्तपुर–१ बाट पहिलो पटक प्रत्यक्ष निर्वाचनमा विजयी (नारायणमान बिजुक्छेको उत्तराधिकारीका रूपमा)।
विशाल मतान्तरको विजय
भक्तपुर–१ बाट ऐतिहासिक ३० हजारभन्दा बढी मतान्तरले विजयी।
प्रेम सुवालको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?






