युद्धको आधार इलाकामा चुनावी मोर्चा कस्दै
Battleground Analysis
अनुकूलता
- आधार इलाका: रुकुम पूर्वलाई माओवादीको 'किल्ला' मानिन्छ। स्थानीय तहको नतिजामा माओवादी निकै बलियो छ।
- विकास र बजेट: प्रधानमन्त्री हुँदा रुकुम/रोल्पामा पठाएको बजेट र विकास आयोजनाको जस।
- इमोशनल कार्ड: "अन्तिम लडाइँ" वा "आधार इलाका फर्किएँ" भन्ने भावनात्मक नारा।
प्रतिकूलता
- सहिद परिवारको विद्रोह: सन्दिप पुनको उम्मेदवारीले "सहिदको सपना बेचेको" भन्ने भाष्यलाई बलियो बनाएको छ।
- 'टुरिस्ट' उम्मेदवार: मतदातामा "जितेर गएपछि फेरि आउँदैनन्" भन्ने मनोविज्ञान गहिरो छ।
- बाबुराम फ्याक्टर: जनयुद्धका सहयात्री डा. भट्टराईले नै प्रचण्ड विरुद्ध मोर्चाबन्दी गर्नु।
राजनीतिक स्वभाव र शैली
क्रमभंगताको सिद्धान्त
प्रचण्ड आफूलाई "निरन्तरतामा क्रमभंग" गर्ने नेता भन्न रुचाउँछन् । एउटै निर्वाचन क्षेत्रबाट कहिल्यै नदोहोरिने, गठबन्धन फेरिरहने र जोखिम मोल्ने उनको विशेषता हो।
भावुक र लचकदार
अत्यन्तै भावुक भाषण कला भएका र परिस्थिति अनुसार तत्कालै यू-टर्न लिन सक्ने लचकदार नेता हुन्। आलोचकले यसलाई अस्थिर भन्छन्, उनी गतिशील भन्छन् ।
सत्ताको खेलाडी
शान्ति प्रक्रियामा आएपछि (२०६३ यता) उनी सधैं सत्ताको केन्द्रविन्दुमा छन्। ३ पटक प्रधानमन्त्री भइसक्दा पनि पार्टीभित्र ३६ वर्षदेखि एकछत्र नेतृत्व गरिरहेका छन् ।
आधार इलाकाको शरणमा
चितवन र गोरखाजस्ता सुगम क्षेत्र छोडेर ७१ वर्षको उमेरमा रुकुम पूर्व (आधार इलाका) फर्कनुले उनको "सुरक्षित अवतरण" को चाहना र "क्रान्तिकारी लेगेसी" जोगाउने अन्तिम कसरतलाई देखाउँछ।
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| २०६४ | रोल्पा-२ | शान्तकुमार ओली | ६०२९ | ३४२२० | २८,१९१ |
|
| २०६४ | काठमाडौं-१० | राजेन्द्रकुमार केसी | १२१५४ | २३२७७ | ११,१२३ |
|
| २०७० | काठमाडौं-१० | राजन केसी | २०,३९२ | १२,८५९ | ७,५३३ | पराजित |
| २०७० | सिरहा-५ | लिलानाथ श्रेष्ठ | १४,३२३ | १५,२४४ | ९२१ |
|
| २०७४ | चितवन-३ | विक्रम पाण्डे | ३८,९३५ | ४८,२७६ | ९,३४१ |
|
| २०७९ | गोरखा-२ | कविन्द्र बुर्लाकोटी | १२,६३९ | २६,१०९ | १३,४७० |
|
राजनीतिक टाइमलाइन
सदस्यता
कम्युनिष्ट पार्टीको सदस्यता।
शिक्षणसँगै राजनीति
गोरखाको आरुघाटमा विज्ञान शिक्षक। शिक्षण सँगसँगै भूमिगत राजनीति।
नेतृत्वमा उदय
सेक्टर काण्डपछि मोहन वैद्यको साटो नेकपा (मशाल) को महामन्त्री (नेतृत्वमा उदय)।
जनयुद्ध घोषणा
जनयुद्धको घोषणा र भूमिगत कमान्डर (सुप्रिम कमान्डर)।
शान्ति सम्झौतामा हस्ताक्षर
विस्तृत शान्ति सम्झौतामार्फत खुला राजनीतिमा अवतरण।
गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री
पहिलो पटक प्रधानमन्त्री (गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री)।
गठबन्धन गरेर सत्तामा
दोस्रो पटक प्रधानमन्त्री (कांग्रेससँगको गठबन्धनमा)।
अर्को गठबन्धन, तेस्रोपटक प्रधानमन्त्री
तेस्रो पटक प्रधानमन्त्री (एमाले/कांग्रेस फेरबदल)।
नेकपा संयोजक
पार्टी एकता (एकीकृत समाजवादीसँग) गरी 'नेपाली कम्युनिष्ट पार्टी' बाट रुकुम पूर्वमा उम्मेदवार।
पुष्पकमल दाहाल प्रचण्डको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?







