नरेन्द्र बहादुर खडका स्वतन्त्र, डोटी - १ पुरुष , ५० बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

सत्तारुढ दलहरुबीच प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँटको छलफल भइरहँदा डोटीमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी दुबैले आफूले पाउनुपर्ने अडान लिएका थिए ।

अन्तिममा डोटी एकीकृत समाजवादीले पायो र नेता प्रेमबहादुर आले उम्मेदवार बने । कांग्रेसका सुदूरपश्चिम सभापति वीरबहादुर बलायर कैलाली–४ मा झरे ।

सत्ता गठबन्धनको आधिकारिक उम्मेदवार बनेपछि सायद प्रेम आलेले विजय सुनिश्चित हुने ठानेका थिए, तर कांग्रेसका क्रियाशील सदस्य नरेन्द्रबहादुर खड्काले स्वतन्त्र उम्मेदवारी दिएपछि उनी झस्किएका छन् । व्यवसाय र सामाजिक क्षेत्रमा पहिचान बनाएका खड्काले प्रदेशको राजधानी डोटीमा ल्याउने विषयलाई राजनीतिक एजेण्डा बनाएका छन् ।

२०२९ साल जेठमा पूर्वीचौकी गाउँपालिका–३ मा जन्मेका खड्काले आधारभूत शिक्षा गाउँकै बिद्यालयबाट पूरा गरे । त्यसपछि भारतमा रोजगारी गर्ने बाबु प्रेमसिंह खड्कासंगै भारत गएका उनले त्यहीँ पढाइ अगाडि बढाए । मुम्बइको राममनोहर लोहिया कलेजबाट वाणिज्य शास्त्रमा प्रमाण पत्र तह पूरा गरी नेपाल फर्केपछि उनले ७ वर्ष गाउँर्कै विद्यालयमा पढाए ।

०५४ सालमा गाउँको नेत्रेश्वरी युवाक्लवको सचिवबाट सामाजिक अभियानमा लागेका खड्काले पछिल्लो समय व्यापार व्यवसायलाई मूल पेशा वनाएका छन् ।

व्यापारीहरुको पेशागत संगठन डोटी उद्योग वाणिज्य संघको जिल्ला अध्यक्ष समेत भइसकेका खड्का जिल्लाको पर्यटन विकासको वकालत समेत गर्छन् ।

खुकुरी क्रस चुनाव चिह्न पाएका खड्काले चुनाव जित्ने दावी गर्दै आएका छन् । कांग्रेस समर्थकका अधिकांश मत र अन्य दलको पनि केही मत आफूले पाउने उनको दावी छ ।

उनको यो दावीले सत्ता गठबन्धनका उम्मेदवार प्रेमबहादुर आले झस्किएका छन् । त्यसो त कांंग्रेस जिल्ला सभापति नरेन्द्रबहादुर सिंहले पार्टीको निर्णय अनुसार गठबन्धनका साझा उम्मेदवारहरुलाई मत दिन कार्यकर्ताहरुलाई निर्देशन दिइसकेका छन् । उनले पार्टी निर्णय भन्दा दायाँबाँया गर्नेलाइ कारवाही हुने चेतावनी समेत दिएका छन् ।

तर, कांग्रेस समर्थकहरुले सामाजिक सञ्जालमा व्यक्त प्रतिक्रियाहरुबाट आले झस्किएको उनी निकटहरु बताउँछन् । ‘उहाँ जित्नेमा त ढुक्क हुनुहुन्छ’ आले निकट एक नेता भन्छन् ‘गठबन्धनभित्र अन्तर्घात भएर स्वतन्त्र उम्मेदवार खड्कालाई मत जान्छ कि भन्ने उहाँको चिन्ता हो ।’

के छन् खड्काका चुनावी एजेण्डा ?

दलका उम्मेदवारहरु जस्तै खड्कासंग पनि चुनावी एजेण्डा भने बासीनै छन् । उनले आफू जितेर गएपछि प्रतिनिधि सभामा प्रदेश राजधानीको बिषय लगातार आवाज उठाउने बताएका छन् ।

यस्तै, खड्काले खुटिया–दिपायल फाष्ट ट्रयाकलाई आफ्नो दोस्रो चुनावी एजेण्डा वनाएका छन् । खड्काले खप्तड, शैलेश्वरी, तेले, बडीकेदर धार्मिक पर्यटन क्षेत्रको विकासका लागि विशेष कार्यक्रम सञ्चालन गर्र्ने, जिल्लाको स्वस्थ्य क्षेत्रमा सुधार गर्ने, गुणस्तरीय शिक्षमा विशेष जोड दिने पनि बताएका छन् ।

फुटवलका खेलाडी समेत रहेका खड्का खेल क्षेत्रको विकासका लागि आफूले ठोस योजना वनाउने वताउँछन् ।

के छ त जित्ने आधार

दलका उम्मेदवारहरुले जनतालाई पटक पटक धोका दिएकाले आफूले जित्ने खड्काको दावी छ । ‘त्यसकारण डोटेली जनताले विकल्प खोजेका छन्, यही नै मेरो जितको प्रमुख आधार हो’ उनले भने ।

खड्काले सधैं सामाजिक क्रियाकलापमा खटिदै आएका कारण पनि जनताले आफूलाई माया गर्ने बताए । उनी भन्छन्, ‘डोटीको इतिहास मेटाउने गरी धोका दिनेहरु भन्दा जनताले मलाई विश्वास गर्नेछन् ।’

आफ्नो राजनीतिक पृष्ठभूमि त्यति लामो नभएपनि डोटीको विकासका लागि सधैंं समर्पित रहेको उनको दावी छ । उनी भन्छन् ‘म पहिलो चोटी चुनाव लड्दै छु, अरू सबैलाई जनताले परीक्षण गरिसके ।’

०७४ सालमा सुदूरपश्चिम प्रदेश राजधानी दिपायल हुनुपर्ने भन्दै दुई महिनासम्म भएको आन्दोलनको नेतृत्व गरेका खड्का प्रदेश राजधानी डोटी वनाउनका लागि पनि मतदाताले आफूलाई जिताउने दावी गर्छन् ।

‘जसले हिजो डोटी राजधानी नभए राजीनामा दिन्छु भनेर जनतालाई झुक्याउँदै भोट मागेर पनि राजधानीको बिषयमा बोलेनन्, त्यस्ता व्यक्तिहरुलाई अव जनताले पत्याउँदैनन्’ खड्काले भने ।

Full Read

डोटी - १ का उम्मेदवारहरु

२०७९ २०७४
गौरी कुमारी ओली
डोटी, डोटी - १
बर्ष: ४९, महिला
गठबन्धन: एमाले गठबन्धन
२३००४
प्रेम वहादुर आले
डोटी, डोटी - १
बर्ष: ५१, पुरुष
गठबन्धन: कांग्रेस गठबन्धन
विजयी २७२१०
केशव वलायर
डोटी, डोटी - १
बर्ष: २७, पुरुष
गठबन्धन:
७७४
अंक बहादुर खड्का
डोटी, डोटी - १
बर्ष: ६५, पुरुष
गठबन्धन:
८०२
राज प्रशाद जोशी
डोटी, डोटी - १
बर्ष: ६८, पुरुष
गठबन्धन:
१०४
बर्ष: ५०, पुरुष
गठबन्धन:
६६८९
प्रेम वहादुर आले
डोटी , डोटी - १
बर्ष: ४६ , पुरुष
गठबन्धन:
नेकपा एमाले
विजयी ३२५१० मत
विर बहादुर बलायर
डोटी , डोटी - १
बर्ष: ५२ , पुरुष
गठबन्धन:
बर्ष: ५५ , पुरुष
गठबन्धन:
पुस्कर कुँवर
डोटी , डोटी - १
बर्ष: ३३ , पुरुष
गठबन्धन:

चुनावी समाचार