मकवानपुर र गोरखापछि सर्लाहीमा जनमत परीक्षण
Battleground Analysis
अनुकूलता
- अनुभवी नेता: उपप्रधानमन्त्री, गृह मन्त्री, परराष्ट्र मन्त्री, राष्ट्रिय सभा सदस्यदेखि संविधानसभा सदस्यसमेत रहेकाले शासन, कूटनीति र सुरक्षा नीतिबारे गहिरो अनुभव ।
- स्वच्छ व्यक्तिगत छवि: ठूलो आर्थिक घोटालामा प्रत्यक्ष संलग्नता नदेखिएको, व्यक्तिगत जीवनशैली सरल र अविवाहित रहेर संगठन र आन्दोलनमा समर्पित भएको छवि ।
- शान्ति र संक्रमणकालीन राजनीतिमा भूमिका: जनयुद्धपछि माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने, सातदलीय गठबन्धन र माओवादीबीचको समझदारी निर्माण तथा संक्रमणकालीन सत्ता समीकरणमा महत्वपूर्ण भूमिका ।
- भ्रष्टाचार/अपराधविरुद्ध कठोर: गृहमन्त्री हुँदा ठूलो जोखिम मोलेर ठूला मुद्दा खोल्नु, ‘सिस्टम सुधार’को पक्षमा उभिएको छवि ।
- वैचारिक स्पष्टता: २०३३ सालदेखि निरन्तर वाम राजनीतिमा रहेर विभिन्न विभाजन–एकताका बीच पनि वाम लाइन नत्यागेको ।
प्रतिकूलता
- दलप्रति बढ्दो जनअसन्तुष्टि: उनले प्रतिनिधित्व गर्दै आएको वाम/माओवादी धारप्रति युवा पुस्तामा विकर्षण र अविश्वास बढेको, जसको राजनीतिक मूल्य चुकाउनुपर्ने जोखिम ।
- संगठनात्मक–इलेक्सन मेसिन कमजोर: आफ्नो परम्परागत आधार क्षेत्र (गोरखा) छोडेर मधेश केन्द्रित सर्लाही पुग्दा स्थानीय संगठन, जातीय–समाजशास्त्रीय समीकरण र ‘ग्रासरुट’ काममा प्रतिस्पर्धीहरूभन्दा कमजोर ।
- आन्तरिक पार्टी विवाद: माओवादी आन्दोलनपछिको सत्ता–साझेदारी, भागबन्डा र नेतृत्त्वको सेकेन्ड–लाइनमा भएका असन्तुष्टिहरूबीच उनी पनि ‘स्थापित नेतृत्व’ मै बसिरहेकाले युवा/नयाँ धारबाट आलोचना झेल्नुपर्ने स्थिति ।
राजनीतिक स्वभाव र शैली
समन्वयकारी भूमिका
-
माओवादी जनयुद्धमा प्रत्यक्ष सहभागी नभए पनि १२ बुँदे समझदारी र शान्ति प्रक्रियामा 'माओवादी र सात दल' बीच पुलको काम गरेको इतिहास। उनलाई 'वार्ता र सहमति' को राजनीति रुचाउने नेता मानिन्छ।
स्वच्छ छवि
लामो राजनीतिक जीवनमा ठूला आर्थिक काण्डमा नमुछिएको र अविवाहित रही सरल जीवनशैली अपनाएको 'त्यागी' छवि।
एन्टी-इस्टाब्लिस्मेन्ट टर्न
पछिल्लो समय गृहमन्त्री हुँदा नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका ठूला भ्रष्टाचार काण्डमा 'हाई प्रोफाइल' नेताहरूलाई पक्राउ गरेर उनले आफ्नो 'सफ्ट' छविलाई 'कडा प्रशासक' मा बदले ।
संसदीय परीक्षणमा कमजोर
राष्ट्रिय राजनीतिमा जति प्रभावशाली भए पनि प्रत्यक्ष चुनावमा जनताको मत जित्न उनी सधैं असफल देखिएका छन् ।
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| २०६४ | संविधानसभा | मनोनीत | ||||
| २०७० | मकवानपुर-२ | सुवासचन्द्र ठकुरी | ११७११ | १०७४० | ९७१ | पराजित |
| २०७४ | गोरखा-२ | डा. बाबुराम भट्टराई | ३१८०७ | २४९३३ | ६८७४ | पराजित |
राजनीतिक टाइमलाइन
राजनीति सुरु
२०३३: कम्युनिष्ट राजनीतिमा औपचारिक प्रवेश।
केन्द्रीय सदस्य
नेकपा (चौम) को केन्द्रीय सदस्य।
पोलिटब्युरो सदस्य
नेकपा (एकता केन्द्र) को पोलिटब्युरो सदस्य।
सशस्त्र संघर्षबाट टाढा
एकता केन्द्र विभाजन हुँदा प्रचण्ड युद्धमा गए, श्रेष्ठ महासचिव भएर संस्थापन पक्षमै रहे (भूमिगत नाम: प्रकाश)।
शान्ति प्रक्रियामा सक्रिय
जनआन्दोलन र शान्ति प्रक्रियामा मध्यस्थकर्ताको भूमिका।
पार्टी एकता
माओवादीसँग पार्टी एकता। एमाओवादीको उपाध्यक्ष।
उपप्रधानको जिम्मेवारी
२०६७ : उपप्रधान तथा गृह मन्त्री (झलनाथ खनाल सरकार)। २०६८: उपप्रधान तथा परराष्ट्र मन्त्री (बाबुराम भट्टराई सरकार)।
प्रत्यक्षमा पराजित भएपछि राष्ट्रियसभामा
२०७० (संविधानसभा-२): मकवानपुरबाट उम्मेदवार (पराजित)। २०७४ (प्रतिनिधिसभा): गोरखा–२ मा बाबुराम भट्टराईसँग पराजित। २०७६: राष्ट्रिय सभा सदस्य निर्वाचित (गण्डकीबाट)।
फेरि प्रत्यक्ष निर्वाचनमा
२०७९ (पुस/फागुन): उपप्रधान तथा भौतिक पूर्वाधार र पछि गृह मन्त्री (प्रचण्ड सरकार)। २०८२: राष्ट्रिय सभाबाट राजीनामा दिई सर्लाही–३ बाट प्रतिनिधिसभा उम्मेदवार।
नारायणकाजी श्रेष्ठको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?







