मानवीर राई नेकपा एमाले, सोलुखुम्बु - १ पुरुष , ५२ बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

७ असार २०२७ मा सोलुखुम्बुको बासा गाउँ पंचायत, ठूलोढुंगा (हालः दूधकोशी गाउँपालिका–२) मा जन्मिएका मानवीर राई परिवारको अन्तरे छोरा हुन् । 

उनको राजनीतिक जीवन खरीखोला माध्यमिक विद्यालयमा पढ्दा २०४३ सालबाट अनेरास्ववियुमार्फत सुरु भयो । त्यसपछि २०४६ देखि २०४७ सम्म उनी अखिल नेपाल किसान संघको जिल्ला कमिटी सचिवालय सदस्य र २०४८ बाट जिल्ला कमिटी उपसचिव रहे ।

२०५४ सालमा वडा सदस्य, त्यसपछि जिल्ला विकास समिति सदस्य र दुर्गम क्षेत्र विकास समिति सदस्य बनेका राईले २०६५ मा आदिवासी जनजाति उत्थान विकास समिति सोलुखुम्बुको उपाध्यक्षमा नियुक्ति पाए । त्यहीबीचमा नेकपा (एमाले) जिल्ला कमिटी उपाध्यक्ष बनेका उनी दोस्रो संविधानसभा निर्वाचनपछि कार्यवाहक अध्यक्ष भए ।

२०७२ मा एमालेको जिल्ला अध्यक्ष भएका उनी एमाले–माओवादी केन्द्र एकताबाट बनेको नेकपाको पनि अध्यक्ष रहे । गत वर्ष भएको एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित राई अहिले पार्टीको जिल्ला इन्चार्ज पनि छन् । 

यिनै मानवीर राईलाई एमालेले यसपटक सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्यमा उठाएको छ । जिल्लाको शिक्षा, स्वास्थ्य, पर्यटनको विकासमा अझ सशक्त रूपमा काम गर्न आफू उम्मेदवार बनेको राई बताउँछन् । पार्टीको तर्फबाट सर्वसम्मत उम्मेदवार भएकाले आफ्नो जित सुनिश्चित रहेको उनको दाबी छ ।

एउटै निर्वाचन क्षेत्र रहेको सोलुमा एमालेको बलियो संगठनका अगाडि सत्ता गठबन्धनको केही नलाग्ने उनी बताउँछन् । ‘फेरि, गठबन्धन आफैं समस्याको जालोमा फसेको छ’, उनले भने ।

लामो समयदेखि निरन्तर जिल्लाको राजनीतिक–सामाजिक काममा सक्रियता, बलियो पार्टी संगठन र सर्वसम्मत उम्मेदवारी उनका चुनावी सबलता हुन् । गत वैशाखको स्थानीय तह निर्वाचनमा दलगत रूपमा वडाअध्यक्षहरूले पाएको मत भने उनको लागि उति अनुकूल लाग्दैन ।

स्थानीय निर्वाचनमा सोलुमा नेपाली कांग्रेसले १९ हजार ६८, एमालेले १६ हजार ५९७, नेकपा (माओवादी केन्द्र)ले १२ हजार ४२५ र नेकपा (एकीकृत समाजवादी)ले १६३ मत पाएका थिए । गठबन्धनको पक्षमा रहेको ३१ हजार ६५६ विरुद्ध १६ हजार ५९७ मत लिएर विजय निकाल्न राईलाई अप्ठ्यारै देखिन्छ ।

फेरि, उनलाई सत्ता गठबन्धनबाट उठेका कांग्रेसका अनुभवी राजनीतिक खेलाडी बलबहादुर केसीसँग भिडेर जित निकाल्नु छ ।

Full Read

सोलुखुम्बु - १ का उम्मेदवारहरु

२०७९ २०७४
बल बहादुर के.सी
सोलुखुम्बु, सोलुखुम्बु - १
बर्ष: ६९, पुरुष
गठबन्धन: कांग्रेस गठबन्धन
१६५४५
मानवीर राई
सोलुखुम्बु, सोलुखुम्बु - १
बर्ष: ५२, पुरुष
गठबन्धन: एमाले गठबन्धन
विजयी १९३२४
ज्ञानेन्द्र बहादुर बस्नेत
सोलुखुम्बु, सोलुखुम्बु - १
बर्ष: ५९, पुरुष
गठबन्धन:
२७९
लाक्पा शेर्पा
सोलुखुम्बु, सोलुखुम्बु - १
बर्ष: ४०, पुरुष
गठबन्धन:
९०१
तारानाथ कटेल
सोलुखुम्बु, सोलुखुम्बु - १
बर्ष: ५५, पुरुष
गठबन्धन:
१३८
विष्‍णु प्रसाद वास्तोला
सोलुखुम्बु, सोलुखुम्बु - १
बर्ष: ६९, पुरुष
गठबन्धन:
४९०
लामु शेर्पा
सोलुखुम्बु, सोलुखुम्बु - १
बर्ष: २६, महिला
गठबन्धन:
२६
सौविर राई (थुलुङ्ग)
सोलुखुम्बु, सोलुखुम्बु - १
बर्ष: ४०, पुरुष
गठबन्धन:
१०७
शेर बहादुर देउवा
सोलुखुम्बु , सोलुखुम्बु - १
बर्ष: ७२ , पुरुष
गठबन्धन:
नेपाली कांग्रेस
विजयी २८४४६ मत
खग राज भट्ट
सोलुखुम्बु , सोलुखुम्बु - १
बर्ष: ४२ , पुरुष
गठबन्धन:
हेम कुमार राई
सोलुखुम्बु , सोलुखुम्बु - १
बर्ष: ३३ , पुरुष
गठबन्धन:
माओवादी केन्द्र
विजयी २०७४७ मत
बल बहादुर के.सी
सोलुखुम्बु , सोलुखुम्बु - १
बर्ष: ६४ , पुरुष
गठबन्धन:
सुनिल खड्का
सोलुखुम्बु , सोलुखुम्बु - १
बर्ष: ३१ , पुरुष
गठबन्धन:
लाक्पा शेर्पा
सोलुखुम्बु , सोलुखुम्बु - १
बर्ष: ३६ , पुरुष
गठबन्धन:
कर्ण सिंह रावल
सोलुखुम्बु , सोलुखुम्बु - १
बर्ष: ८० , पुरुष
गठबन्धन:
स्वतन्त्र
१४० मत

चुनावी समाचार

  • https://sepuh.diaryuindra.ac.id/
  • >