प्रतिकूल अंकगणितबीच पाँचौं जितको खोजी
Battleground Analysis
अनुकूलता
- ऐतिहासिक प्रभाव र 'ह्याट्रिक' विरासत
- विकासप्रेमी छवि (उज्यालो रुकुम)
- केन्द्रीय राजनीतिमा पहुँच
- एमालेसँगको शीर्ष तहको तालमेल
प्रतिकूलता
- निर्वाचनको मुखैमा पार्टी परित्याग
- आफ्नै सहयात्रीहरूसँगको प्रतिस्पर्धा
- एमालेको स्थानीय असन्तुष्टि
- विगतका विवाद र 'जेनजी' लहर
राजनीतिक स्वभाव र शैली
निर्णायक र आँटिलो
उनी जोखिम लिन नडराउने नेता मानिन्छन्। १८ घण्टे लोडसेडिङ अन्त्य गर्न कुलमान घिसिङलाई प्राधिकरणमा ल्याएर राजनीतिक संरक्षण दिनु होस् वा माओवादी जनयुद्धमा डेपुटी कमान्डरको भूमिका, उनी सधैं फ्रन्टलाइनमा रहेर नेतृत्व गर्न रुचाउँछन् ।
गतिशील
संगठन परिचालनमा उनको विशेष दख्खल छ। युद्धकालमा सैन्य कमान्डरको भूमिका होस् वा शान्ति प्रक्रियापछि मन्त्रालय सम्हाल्दा, उनी नतिजा निकाल्ने गरी काम गर्न खोज्छन् ।
विवादास्पद तर प्रभावशाली
अर्थमन्त्री हुँदा करका दर हेरफेरको आरोप र सीसीटीभी काण्डजस्ता विवादमा परे पनि उनी आफ्नो अडान र प्रभाव कायम राख्न सफल भए । पछि उनीमाथिको आरोप प्रमाणित हुन सकेन ।
विकासप्रेमी छवि (रुकुम मोडेल)
उज्यालो रुकुम अभियान मार्फत जनस्तरमा बिजुली पुर्याएको जस उनलाई जान्छ। रुकुममा उनको व्यक्तिगत जनाधार बलियो हुनुमा विकास निर्माणमा उनको प्रत्यक्ष संलग्नता मुख्य कारण हो।
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| २०६४ | रुकुम-२ | प्रेमप्रकाश ओली | ९२५० | ३०२७० | २१०२० |
|
| २०७० | रुकुम-२ | गोपालजी जंग शाह | १२५०२ | ३०२७० | १७७६८ |
|
| २०७४ | रुकुम पश्चिम | गोपालजी जंग शाह | १५६०३ | ३४४०२ | १८७९९ |
|
| २०७९ | रुकुम पश्चिम | नन्दराजम देवकोटा | १२९६१ | ३९५४९ | २६५८८ |
|
राजनीतिक टाइमलाइन
राजनीतिमा प्रवेश
शर्माले २०३४ सालबाट राजनीतिक गतिविधि सुरु गरेका थिए ।
पञ्चायतविरोधी आन्दोलनमा सक्रिय
पञ्चायतविरोधी आन्दोलनमा सक्रिय (दरबारमार्गको सालिक काण्डमा गोलीबाट जोगिएका)।
भूमिगत जीवन सुरु
जनयुद्ध सुरु भएपछि भूमिगत। जनमुक्ति सेनाको डेपुटी कमान्डर सम्मको जिम्मेवारी। गण्डक र सेती-महाकाली इञ्चार्ज।
राजनकीय भूमिका
२०६५: शान्ति तथा पुनर्निर्माण मन्त्री। २०७३: ऊर्जा मन्त्री (लोडसेडिङ अन्त्यको जस)। २०७४: गृहमन्त्री। २०७८: अर्थमन्त्री (विवादास्पद बहिर्गमन र पुनरागमन)।
नयाँ राजनीतिक यात्रा
माओवादी केन्द्र परित्याग गरी प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार।
जनार्दन शर्माको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?






