बल बहादुर के.सी नेपाली कांग्रेस, सोलुखुम्बु - १ पुरुष , ६९ बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

७९ वर्षीय बलबहादुर केसी सातौं पटक प्रतिनिधिसभा सदस्यको प्रत्यासी बनेर चुनावी मैदानमा छन् । यसअघि उनले ६ वटा चुनाव लडेर ४ पटक (२०४८, २०५१, २०५६ र २०७०) विजयी भए अनि तीन पटक मन्त्री बने ।

२०६४ सालको पहिलो संविधानसभा र दोस्रो संविधानबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भएपछि २०७४ मा भएको पहिलो प्रतिनिधिसभा गरी दुई निर्वाचनमा भने उनी पराजित भए ।

काठमाडौंमा बसेर सधैं सोलुखुम्बुबाट निर्वाचन लड्ने केसी यस पटक जिल्लाको चुनावी सभाहरूमा भनिरहेका छन्, ‘अब म प्रधानमन्त्री बन्न मात्र बाँकी छ । चुनावपछि मन्त्री त बन्छु नै ।’

सोलुखुम्बुको नेचा–सल्यानमा जन्मिएका बलबहादुर केसी २०२७ सालमा एकैपटक नेपाल विद्यार्थी संघको जिल्ला सभापति भएर सक्रिय राजनीतिमा आएका थिए । अन्यायका विरुद्ध डाङ्डुङ् गरिहाल्ने विद्रोही स्वभावले उनलाई राजनीतिमा अघि बढ्न सघायो ।

उच्च शिक्षाको लागि काठमाडौं आएपछि उनी महेन्द्ररत्न क्याम्पसमा स्ववियु सभापति निर्वाचित भए । पञ्चायती व्यवस्थाविरुद्ध विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै, मण्डलेहरूसँग लड्दै जाँदा उनी २०३६ सालमा नेविसंघको कार्यवाहक सभापति बने । २०४०–४४ सम्म नेविसंघको अध्यक्ष रहे ।

नेपाली कांग्रेसले २०४२ सालमा गरेको सत्याग्रहमा केन्द्रीय परिचालन समिति सदस्य रहेका केसी २०४६ को जनआन्दोलनमा पनि केन्द्रीय जनआन्दोलन परिचालन समितिको सदस्य रहेर भूमिका खेले । २०४९ सालदेखि हालसम्म कांग्रेस केन्द्रीय सदस्य रहेका उनी प्रजातान्त्रिक आन्दोलनको क्रममा ७ पटक थुनामा परे ।

२०४८ सालमै सांसद बनेका केसी २०५२ मा खेलकुदमन्त्री बने । २०५६ सालमा श्रम तथा रोजगारमन्त्री र आवास तथा भौतिक योजनामन्त्री बनेका उनी २०५८ मा नागरिक उड्डयन तथा पर्यटनमन्त्री भए ।

चुनावी अंकगणित

गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा सोलुमा दलगत रूपमा नेपाली कांग्रेसले १९ हजार ६८, नेकपा (एमाले)ले १६ हजार ५९७, नेकपा (माओवादी केन्द्र)ले १२ हजार ४२५ र नेकपा (एकीकृत समाजवादी)ले १६३ मत पाएका छन् ।

बलबहादुर केसी यसपटक सत्ता गठबन्धनका उम्मेदवार हुन् । यस हिसाबले स्थानीय निर्वाचनको ३१ हजार ६५६ मत उनको पक्षमा छ । उनलाई चुनौती दिएका एमालेका मानवीर राईसँग १६ हजार ५९७ मत छ । यसले केसीलाई निकै सहज अवस्थामा रहेको देखाउँछ ।

Full Read

सोलुखुम्बु - १ का उम्मेदवारहरु

२०७९ २०७४
बल बहादुर के.सी
सोलुखुम्बु, सोलुखुम्बु - १
बर्ष: ६९, पुरुष
गठबन्धन: कांग्रेस गठबन्धन
१६५४५
मानवीर राई
सोलुखुम्बु, सोलुखुम्बु - १
बर्ष: ५२, पुरुष
गठबन्धन: एमाले गठबन्धन
विजयी १९३२४
ज्ञानेन्द्र बहादुर बस्नेत
सोलुखुम्बु, सोलुखुम्बु - १
बर्ष: ५९, पुरुष
गठबन्धन:
२७९
लाक्पा शेर्पा
सोलुखुम्बु, सोलुखुम्बु - १
बर्ष: ४०, पुरुष
गठबन्धन:
९०१
तारानाथ कटेल
सोलुखुम्बु, सोलुखुम्बु - १
बर्ष: ५५, पुरुष
गठबन्धन:
१३८
विष्‍णु प्रसाद वास्तोला
सोलुखुम्बु, सोलुखुम्बु - १
बर्ष: ६९, पुरुष
गठबन्धन:
४९०
लामु शेर्पा
सोलुखुम्बु, सोलुखुम्बु - १
बर्ष: २६, महिला
गठबन्धन:
२६
सौविर राई (थुलुङ्ग)
सोलुखुम्बु, सोलुखुम्बु - १
बर्ष: ४०, पुरुष
गठबन्धन:
१०७
शेर बहादुर देउवा
सोलुखुम्बु , सोलुखुम्बु - १
बर्ष: ७२ , पुरुष
गठबन्धन:
नेपाली कांग्रेस
विजयी २८४४६ मत
खग राज भट्ट
सोलुखुम्बु , सोलुखुम्बु - १
बर्ष: ४२ , पुरुष
गठबन्धन:
हेम कुमार राई
सोलुखुम्बु , सोलुखुम्बु - १
बर्ष: ३३ , पुरुष
गठबन्धन:
माओवादी केन्द्र
विजयी २०७४७ मत
बल बहादुर के.सी
सोलुखुम्बु , सोलुखुम्बु - १
बर्ष: ६४ , पुरुष
गठबन्धन:
सुनिल खड्का
सोलुखुम्बु , सोलुखुम्बु - १
बर्ष: ३१ , पुरुष
गठबन्धन:
लाक्पा शेर्पा
सोलुखुम्बु , सोलुखुम्बु - १
बर्ष: ३६ , पुरुष
गठबन्धन:
कर्ण सिंह रावल
सोलुखुम्बु , सोलुखुम्बु - १
बर्ष: ८० , पुरुष
गठबन्धन:
स्वतन्त्र
१४० मत

चुनावी समाचार