तेस्रोपटक संसद् पुग्ने चाहना
Battleground Analysis
अनुकूलता
- अघिल्लो निर्वाचनमा बलियो प्रतिस्पर्धीलाई पराजित गरेको अनुभव
- दुर्घटनापछि दृढ छवि
- आन्दोलन, जेल जीवन र निरन्तर संघर्षले परिपक्व नेतृत्व
प्रतिकूलता
- कडा र पुरानै प्रतिस्पर्धी
- २०७९ मा जित्दाकाे मतान्तर न्यून
- पार्टी भित्रकाे असन्तुष्टिले मत विभाजनको सम्भावना
राजनीतिक स्वभाव र शैली
स्पष्ट वक्ता
उनी पार्टी नेतृत्वको आलोचना गर्न नडराउने र संसदमा राष्ट्रियता, जनजीविका र भ्रष्टाचारका विषयमा खरो उत्रने नेता मानिन्छन् ।
बौद्धिक पृष्ठभूमि
समाजशास्त्र/मानवशास्त्रमा विद्यावारिधि गरेका भण्डारी भाषणमा इतिहास र दर्शनको गहिरो सन्दर्भ जोड्न रुचाउँछन् ।
संघर्षशील
पञ्चायतकालमा ५ वर्ष जेल जीवन बिताएको र नेविसंघको महामन्त्री भएर विद्यार्थी आन्दोलन हाँकेको इतिहास।
जीवन संघर्ष
२०७९ मा ग्यास लिक भएर आगलागीमा परी आमा गुमाएको र आफैं मृत्युको मुखबाट फर्किएको घटनाले उनको जीवनप्रतिको दृष्टिकोण अझ परिपक्व र जनताप्रति समर्पित बनाएको छ।
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| २०६४ | गुल्मी-२ | प्रदीप ज्ञवाली | २३२५३ | २११०१ | २१५२ | पराजित |
| २०७० | गुल्मी-२ | प्रदीप ज्ञवाली | १८६८१ | २११८९ | २५०८ |
|
| २०७४ | गुल्मी-१ | प्रदीप ज्ञवाली | ३७८१४ | ३०२५६ | ७५५८ | पराजित |
| २०७९ | गुल्मी-१ | प्रदीप ज्ञवाली | ३२१५२ | ३३७४४ | १५९२ |
|
राजनीतिक टाइमलाइन
किशोरावस्थामै जेल
कांग्रेस राजनीतिमा सक्रिय (किशोरावस्थादेखि नै)। २०३६/२०४६: लोकतान्त्रिक आन्दोलनमा सक्रिय सहभागिता। पञ्चायत विरुद्ध लड्दा ५ वर्ष जेल।
विद्यार्थी राजनीतिको नेतृत्व
नेपाल विद्यार्थी संघ (नेविसंघ) को महामन्त्री।
गुल्मीबाट उम्मेदवार, तर एमालेका प्रदीप ज्ञवालीसँग पराजित।
पार्टी केन्द्रमा इन्ट्री
नेपाली कांग्रेसको केन्द्रीय सदस्य (निरन्तर)।
हार-जित
२०६४ (संविधानसभा-१) : गुल्मीबाट प्रदीप ज्ञवालीलाई हराउँदै विजयी। २०७० (संविधानसभा-२): वाम गठबन्धनका प्रदीप ज्ञवालीसँग पराजित।
चुनावी जय-पराजय
२०७४ : वाम गठबन्धनका प्रदीप ज्ञवालीसँग पराजित। २०७९ : गुल्मी–१ बाट प्रदीप ज्ञवालीलाई हराउँदै विजयी।
पार्टीमा पनि पराजित
कांग्रेसको १४औं महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी, तर पराजित।
चन्द्रकान्त भण्डारीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?


