अचानक उम्मेदवार, अनौठो प्रचार
Battleground Analysis
अनुकूलता
- भूमिपुत्र : म्याग्दीलाई विश्वमा चिनाउने व्यक्ति भएकाले जिल्लावासीमा उनीप्रति उच्च सम्मान र गर्वको भावना छ।
- इमानदारी: भ्रष्टाचारमा नमुछिएको र देशका लागि केही गर्न खोज्ने वैज्ञानिकको छविले तटस्थ मतदातालाई तान्न सक्छ।
- जेनजी प्रभाव: नयाँ पुस्ताले उनलाई 'आइडल' मान्छन्। दलहरूप्रतिको वितृष्णाको फाइदा उनलाई हुन सक्छ। रास्वपाको समर्थनले उनलाई थप बलियो बनाएको छ ।
प्रतिकूलता
- संगठन अभाव: एमाले र कांग्रेसको गाउँ-गाउँमा जरा गाडेको संगठन छ। स्वतन्त्र उम्मेदवारसँग बुथ रक्षक समेत नहुने अवस्था हुन सक्छ।
- रास्वपाको उम्मेदवारी: रास्वपाले समर्थन गरे पनि मतपत्रमा घन्टी चुनाव चिह्न हुन्छ, जसले उनको केही भोट काटिन सक्छ ।
- विचारधारा: म्याग्दी परम्परागत रूपमा कम्युनिष्ट र कांग्रेसको गढ हो।
राजनीतिक स्वभाव र शैली
अचानक राजनीति
जीवनभर राजनीतिभन्दा टाढा रहेर आविष्कार र समाजसेवामा लागेका पुन, ७१ वर्षको उमेरमा "कानुन बनाउन संसद नै जानुपर्ने रहेछ" भन्ने निष्कर्षसहित मन्त्री पद त्यागेर मैदानमा होमिएका छन्।
अनौठो प्रचार शैली
आमसभा र भाषणभन्दा पनि आफ्नो आत्मकथा बेच्दै, वीरगन्जको कृषि औजार कारखाना ब्युँताउन चन्दा माग्दै भोट माग्ने उनको शैली नितान्त मौलिक छ।
त्यागी छवि
जेनजी आन्दोलनपछि बनेको सरकारमा मन्त्री हुनुभयो, तर आचारसंहिताका कारण काम गर्न नपाएपछि पदमा टाँसिरहनु भन्दा राजीनामा दिएर जनतामा जानुले उहाँको 'पदलोलुपता नभएको' चरित्र देखाउँछ।
डिजिटल पायोनियर
म्याग्दीका विकट गाउँमा ताररहित इन्टरनेटपुर्याएर विश्वलाई चकित पार्ने 'भिजनरी' व्यक्तित्व।
राजनीतिक टाइमलाइन
गाउँ-गाउँमा इन्टरनेट
१३ वर्ष शिक्षण पेसा। अमेरिकाको नेब्रास्का युनिभर्सिटीबाट शिक्षाशास्त्रमा स्नातकोत्तर। २०५८/५९ सालतिर म्याग्दीका गाउँहरूमा ताररहित इन्टरनेट सञ्जाल विस्तार (नेपाल वायरलेस नेटवर्किङ प्रोजेक्टको सुरुवात)।
रोमन म्यागासेसे पुरस्कार
२०६४: एशियाको नोबेल पुरस्कार मानिने रोमन म्यागासेसे पुरस्कार प्राप्त। २०६९ : राष्ट्रिय आविष्कार केन्द्रको स्थापना (औपचारिक दर्ता तथा सुरुवात)।
मन्त्री
जेनजी आन्दोलनपछि बनेको चुनावी सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री।
चुनावी मैदानमा
मन्त्री पदबाट राजीनामा। म्याग्दी–१ बाट स्वतन्त्र उम्मेदवारी दर्ता।
महावीर पुनको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?






