केपी शर्मा अोली - झापा क्षेत्र नं. ५

प्रदेश नं १   दल: नेकपा एमाले   प्राप्त मत: कैफियत:  

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका छन् ।

वि.सं ०२८ सालमा झापा सशस्त्र क्रान्तिको नेतृत्व गरेर राजनीतिमा आएका ओली ०४६ सालसम्म १४ वर्ष जेल जीवन बिताएका नेता हुन् । ०४७ मा प्रजातान्त्रिक युवा संघको संस्थापक अध्यक्ष बनेका उनी ०४८ सालमा एमालेबाट झापा ५ मा निर्वाचित भई ०५१ मा बनेको पहिलो कम्युनिस्ट सरकारको गृहमन्त्री बने ।

दोस्रो जनआन्दोलन सफल भएपछि ०६३ मा अन्तरिम सरकारमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री बनेका ओली ०७२ सालमा संविधान जारी भएपछि प्रधानमन्त्रीमा निर्वाचित भए । प्रधानमन्त्री बनेपछि ओलीको छवि 'राष्ट्रवादी नेता' का रुपमा स्थापित भएको छ । यद्यपि मधेसी समुदायप्रतिको खरो टिप्पणीका कारण उनका आलोचकहरु पनि कम छैनन् ।

तर पछिल्लो समयमा ओलीका अभिव्यक्तिहरु मधेसी समुदायप्रति पनि नरम बन्दै गएको महसुस गर्न सकिन्छ ।

पहिलो संविधानसभा निर्वाचनमा झापा ७ मा माओवादीका विश्वदीप लिङदेनबाट पराजित बनेका ओली ०७० को दोस्रो संविधासभा निर्वाचनमा झापा ७ बाट निर्वाचित भए ।

नेकपा एमालेको ०७१ मा सम्पन्न नवौं महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका ओली भावी प्रधानमन्त्रीका दाबेदारसमेत हुन् । वाम गठबन्धनले बहुमत ल्याएमा केपी ओली पाँच वर्षका लागि प्रधानमन्त्री बन्ने सम्भावना छ ।

ओलीको निर्वाचन क्षेत्रलाई सुरक्षित 'जोन' का रुपमा हेरिएको छ । उनको क्षेत्रमा कांग्रेसले कमजोर पात्रलाई उठाएको छ ।

विगतमा माओवादीप्रति अत्यन्तै खरोरुपमा प्रस्तुत हुने गरेका ओलीले पछिल्लो समयमा सबैलाई सरप्राइज्ड दिँदै माओवादीसँग चुनावी तालमेलमात्रै गरेनन्, पार्टी एकता नै गर्ने निर्णय गरे । ओलीको यही कदमले गर्दा चुनावपछि वामपन्थीहरु सरकारमा पुग्न सक्ने सम्भावनाको जन्म गराएको हो ।

यद्यपि निर्वाचनको परिणाम नआउँदासम्म कसले बहुमत ल्याउला भनिहाल्नु हतारो हुनेछ । तै पनि ओलीको पछिल्लो राजनीतिक स्टेपका कारण उनी राजनीतिको चर्चामा थप छाएका छन् ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

डा. सूर्य पाठक

नेकपा एमाले

अजयकुमार चाैरसिया

नेपाली कांग्रेस

पदम अधिकारी

संघीय फोरम

चीनकाजी श्रेष्ठ

नेपाली कांग्रेस

सोमप्रसाद पाण्डे

नेकपा एमाले

अमृत अर्याल

नेपाली कांग्रेस