कृष्णबहादुर महरा - दाङ क्षेत्र नं. २

प्रदेश नं ५   दल: माओवादी केन्द्र   प्राप्त मत: कैफियत:  

रोल्पा माडीचौरका माओवादी नेता कृष्णबहादुर महराको जन्म ०१५ सालमा लिवाङमा भएको हो ।

बीएड पास गरेका उनी शिक्षण पेशामा संलग्न हुँदाहुँदै राजनीतिमा सक्रिय भए । उनी उपराष्ट्रपति नन्दबहादुर पुन, माओवादी केन्द्रका नेता वर्षमान पुन, नेकपाका संयोजक नेत्रविक्रम चन्दलगायतका नेताहरुलाई विद्यालयमा पढाएका शिक्षकसमेत हुन् ।

लिवाङको बालकल्याण माविमा पढाउँदै राजनीतिमा लागेका महरा शुरुमा नेविसंघमा आवद्ध थिए । उनले ०३६ सालमा मोहनविक्रम सिंह नेतृत्वको मसालमा प्रवेश गरी सोही वर्ष कम्युनिष्ट पार्टीको सदस्यता लिए ।

बहुदल आएपछि नेकपा एकता केन्द्रको खुल्ला मोर्चा संयुक्त जनमोर्चाको तर्फबाट महरा रोल्पाबाट प्रतिनिधिसभामा निर्वाचित भए । जनमोर्चाबाट संसदमा प्रतिनिधित्व गर्ने ९ जना सांसदमध्ये महरा एक थिए ।

जनयुद्ध शुरु भएपछि ०५३ सालबाट माओवादीको. केन्द्रीय कमिटी सदस्य बनेका महरा चौथो विस्तारित बैठकबाट पोलिटब्यूरो, स्थायी कमिटी, सचिवालय सदस्य र महासचिवसम्म हुँदै पार्टी प्रवक्ता र माओवादी विदेश विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हाले ।

माओवादी जनयुद्धकालमा 'अमर सिंह' उपनामले चिनिने महरा सरकारसँगको वार्ता टोली संयोजक समेत बनेका थिए ।

महरा माओवादीबाट पटक पटक मन्त्री भइरहने भाग्यमानी नेता हुन् । माओवादी शान्ति प्रक्रियामा आएपछि तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वमा बनेको अन्तरिम सरकारमा पहिलोपटक उनी मन्त्री बने । त्यतिबेला सूचना तथा सञ्चार मन्त्रालय सम्हालेका उनले ०६५ मा प्रचण्ड नेतृत्वको सरकारमा पनि फेरि सूचना तथा सञ्चार मन्त्रालय नै पाए ।

०६७ मा गृहमन्त्री भएका उनी ०७३ मा प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुँदा उपप्रधानसहित अर्थमन्त्री बने । प्रचण्ड पछि बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारमा पनि उनले उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयको जिम्मा पाए ।

वाम गठवन्धनपछि जिम्मेवारी खोसिएका बेलामा पनि उनी विनाविभागीय मन्त्री छन् ।

माओवादी अध्यक्ष प्रचण्डको दाहिने हात मानिने महरा ०६४ को पहिलो संविधानसभा निर्वाचनमा दाङबाट र ०७० को दोस्रो संविधानसभा निर्वाचनमा रोल्पाबाट सभासद निर्वाचित भए । अहिले १२ वर्षपछि पुनः दाङ फर्किएर प्रतिनिधिसभा निर्वाचन लड्दैछन् ।

दाङ क्षेत्र नम्बर २ मा वाम गठवन्धनको साझा उम्मेदवार बनेका महराका प्रतिस्पर्धी नेपाली कांग्रेसका युवा नेता राजु खनाल छन् ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

देवप्रसाद तिमल्सिना

नेपाली कांग्रेस

भुपेन्द्र कट्टेल

नेपाली कांग्रेस

जनार्दन ढकाल

नेकपा एमाले

सुरेन्द्र पाण्डे

नेकपा एमाले

भविश्वर पराजुली

माओवादी केन्द्र

अनिल झा

राष्ट्रिय जनता पार्टी