झलनाथ खनाल एकीकृत समाजवादी, इलाम - १ पुरुष , ७२ बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

२०४८ पछिका ६ मध्ये पाँचवटा चुनाव जितेका नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल ४ मंसिरको निर्वाचनमा इलाम–१ बाट छैटौं जितको खोजीमा छन् ।

खनालले २०४८ सालको आम निर्वाचन, २०५१ को मध्यावधि निर्वाचन, २०६४ सालको पहिलो संविधानसभा निर्वाचन, २०७० को दोस्रो संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा जित हासिल गरेका छन् । २०५६ सालको चुनाव हारेका खनाललाई यसपटक पनि आफ्नो विजययात्रा कायम राख्न चुनौती छ । किनकि उनीविरुद्ध उनकै पूर्व पार्टीका नेता महेश बस्नेत प्रतिस्पर्धी छन् ।

६ चैत २००६ मा इलाममा जन्मिएका झलनाथ खनाल २०२३ सालदेखि निरन्तर राजनीतिमा सक्रिय छन् । २०२३ सालमा (मेची) विद्यार्थी युनियनको अध्यक्षहुँदै राजनीतिमा लागेका खनालले २०२५ सालमा कम्युनिस्ट पार्टीको सदस्यता पाए ।

३३ वर्षमै नेकपा (माले) को महासचिव बन्नेका खनाल २०४७ मा तत्कालीन नेकपा माले र नेकपा माक्र्सवादी एकीकरण भएर बनेको नेकपा एमालेको स्थायी समिति सदस्य बने ।

२०४६ को जनआन्दोलनपछिको अन्तरिम सरकारमा वन तथा वातावरणमन्त्री र २०५३ मा सूचना तथा सञ्चार मन्त्री बनेका खनाल २० माघ २०६७ मा प्रधानमन्त्री बनेका थिए ।

राजनीतिअघि शिक्षण पेशामा रहेका खनालले राजनीतिक आन्दोलनका क्रममा १२ वर्ष भूमिगत जीवन बिताए भने सात वर्ष जेल बसे । राजनीतिशास्त्र र इतिहास विषयमा स्नातकसम्म अध्ययन गरेका उनका वामपन्थी राजनीतिसँग जोडिएका एक दर्जन पुस्तक प्रकाशित छन् ।

एमालेको पाँचौं, छैटौं र सातौं महाधिवेशनसम्म लगातार पोलिटब्यूरो सदस्य र स्थायी समितिको जिम्मेवारीमा रहेका उनी २०६५ मा नेकपा एमालेको कार्यवाहक महासचिव भएका थिए । त्यसपछि २०६६ मा बुटवलमा सम्पन्न आठौं महाधिवेशनबाट एमालेको अध्यक्षमा निर्वाचित भए ।

२०७७ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा एमाले विभाजन भएपछि खनाल समेतको सक्रियतामा नेकपा एकीकृत समाजवादी गठन भयो । हाल उनी उक्त पार्टीको सम्मानित नेता छन् ।

२०७४ सालको चुनावमा नेपाली कांग्रेसका भूपेन्द्र कट्टेललाई १७ हजारभन्दा बढी मतान्तरले पराजित गरेका खनाललाई विभाजित पार्टीबाट जित निकाल्न कठिन छ ।

हुनत उनलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलको साथ छ । तर एमालेको बलियो संगठनको जगमा चुनाव जितेका खनाललाई यसपटक एमालेकै उम्मेदवार महेश बस्नेतको कडा चुनौती छ । खनालले यो आफ्नो अन्तिम प्रतिस्पर्धा भएको बताइसकेका छन् ।

३० वैशाखको स्थानीय तह निर्वाचनपछि जिल्ला समन्वय समितिको निर्वाचनमा नेकपा एकीकृत समाजवादीले नेकपा एमालेसँग तालमेल गरेको थियो । सोही कारण जिल्ला समन्वय समिति प्रमुख एमाले र उपप्रमुख एकीकृत समाजवादीले जित्यो । एकीकृत समाजवादीले धोका दिएको भन्दै कांग्रेसभित्र असन्तुष्टि छ ।

चुनावी अंकगणित

गत स्थानीय निर्वाचनमा इलाम–१ मा वडाअध्यक्षहरूले दलगत रूपमा प्राप्त मत हेर्दा एमालेले २६ हजार २३३ मत पाउँदा कांग्रेसले २५ हजार ७०० मत पाएको थियो ।

एकीकृत समाजवादीका वडाअध्यक्षका उम्मेदवारले ९ हजार ४८१, जनता समाजवादी पार्टीले १ हजार ८२९, नेकपा माओवादी केन्द्रले १ हजार २३५ र राप्रपाले १ हजार १६९ मत पाएको छ ।

Full Read

इलाम - १ का उम्मेदवारहरु

२०७९ २०७४
महेश बस्नेत
इलाम, इलाम - १
बर्ष: ६२, पुरुष
गठबन्धन: एमाले गठबन्धन
विजयी २५७५३
झलनाथ खनाल
इलाम, इलाम - १
बर्ष: ७२, पुरुष
गठबन्धन: कांग्रेस गठबन्धन
२३०८९
बर्ष: ६७, पुरुष
गठबन्धन:
१५९९
कमल कुमार राई
इलाम, इलाम - १
बर्ष: ६३, पुरुष
गठबन्धन:
१३१३
गणेस प्रसाद पौडेल
इलाम, इलाम - १
बर्ष: ६०, पुरुष
गठबन्धन:
३४७
पदम बहादुर लिम्बु
इलाम, इलाम - १
बर्ष: ४९, पुरुष
गठबन्धन:
२६५
जीत कुमार मुखिया
इलाम, इलाम - १
बर्ष: ५०, पुरुष
गठबन्धन:
१५१
बुद्ध लाल मेचे
इलाम, इलाम - १
बर्ष: ५२, पुरुष
गठबन्धन:
२४४२
बिक्रम पाण्डे
इलाम, इलाम - १
बर्ष: ६८, पुरुष
गठबन्धन:
११८४
बर्ष: ५१, पुरुष
गठबन्धन:
२३५
बर्ष: ५७, पुरुष
गठबन्धन:
६४०
झलनाथ खनाल
इलाम , इलाम - १
बर्ष: ६७ , पुरुष
गठबन्धन:
नेकपा एमाले
विजयी ३६८०५ मत
भुपेन्द्र कट्टेल
इलाम , इलाम - १
बर्ष: ६१ , पुरुष
गठबन्धन:
सुवास राई (चौरासे)
इलाम , इलाम - १
बर्ष: ३५ , पुरुष
गठबन्धन:
सचेन घले
इलाम , इलाम - १
बर्ष: २७ , पुरुष
गठबन्धन:
दिल प्रसाद नेम्वाङ
इलाम , इलाम - १
बर्ष: ४६ , पुरुष
गठबन्धन:
मान वीर लाप्चा
इलाम , इलाम - १
बर्ष: ३० , पुरुष
गठबन्धन:
ललित बहादुर थेवे
इलाम , इलाम - १
बर्ष: ६७ , पुरुष
गठबन्धन:

चुनावी समाचार