रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी, काठमाडौं - १ पुरुष , ५७ बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

पत्रकारिता छाडेर फागुन २०७३ बाट राजनीतिमा हेलिएका रवीन्द्र मिश्रले छोटो समयमै उल्लेख्य चर्चा कमाए । यसबीचमा राजनीतिको कित्ता परिवर्तन गरेर पनि उनी चर्चित भए ।

मिश्रले गणतन्त्रप्रतिको प्रतिबद्धताले मनको राजभक्तिलाई लामो समय छोपेर राख्न सकेनन् । वैकल्पिक राजनीतिको रटान बन्द गरेर अन्ततः उनी राजतन्त्रको खुला वकालतमा आए ।

अघिल्लो पटक गणतन्त्रवादीको रूपमा निर्वाचन लड्दा झण्डै विजेता बनेका मिश्र अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीको वरिष्ठ उपाध्यक्ष पदसहित काठमाडौं–१ को चुनावी मैदानमा छन् । आफूलाई जिताए राजतन्त्र फर्काउन पहल गर्ने उनको मुख्य चुनावी प्रतिबद्धता छ ।

लामो समय बीबीसी नेपाली सेवा लण्डन र काठमाडौंमा काम गरेका मिश्र पत्रपत्रिकामा स्तम्भ पनि लेख्थे । उनले राजतन्त्रको वकालत गर्दै छद्मनाममा लेखेका निबन्धहरू ‘भूमध्ये-रेखा’ नामक पुस्तकमा संकलित छन् । उनी हेल्प नेपाल नेटवर्कलगायत परोपकारी संस्थामा पनि आबद्ध छन् ।

अघिल्लो पटक उनले पत्रकारिता पेशा र वैकल्पिक राजनीतिको नाराका कारण उल्लेख्य भोट पाएका थिए । यसपटक उनले पछिल्लो राजनीतिक एजेन्डाको मत पाउनेछन् ।२०७३ सालमा साझा पार्टी खोलेका मिश्र २०७४ मै चुनावमा खडा भएका थिए ।

उज्ज्वल थापा नेतृत्वको विवेकशील नेपाली पार्टी पनि चुनावी मैदानमा थियो । जित्न नसके पनि पाएको मतबाट उत्साहित उनीहरूले पार्टी एकीकरण गरेर विवेकशील साझा पार्टी बनाए ।

त्यसपछि भने मिश्रले पूर्वपञ्चहरूलाई नै पछि पार्ने किसिमका नयाँ एजेन्डाहरू ल्याउन थाले । परिवर्तनका एजेन्डाबाट पछाडि फर्कन थालेको भन्दै पार्टीभित्र राजनीतिक प्रतिकार हुन थालेपछि उनले कारबाहीको लौरो चलाए ।

त्यसबीचमा उनले आफ्ना एजेन्डाहरू लुकाएनन् पनि । बरु अझ खुलस्त हुँदै गए । त्यसरी साझा पार्टी लथालिंग बन्दै गएको अवस्थामा स्थानीय चुनाव आयो । र, २०७९ वैशाखको चुनावमा साझा पार्टी नराम्ररी पराजित भयो । त्यसको नैतिक जिम्मा लिएको भन्दै मिश्र साझा पार्टी छाडेर राप्रपा प्रवेश गरे ।

२०७४ मा मिश्र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग जम्मा ८१८ मतले हारेका थिए । काठमाडौं–१ मा यसपटक सिंहसँगै नेकपा (एमाले)का किरण पौडेल, सुशासन पार्टीका रमेश खरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम, विवेकशील साझाका शंकर बन्जाडेलगायतसँग भिड्दैछन्, रवीन्द्र मिश्र ।

विवेकशील साझा पार्टीको झण्डामा अघिल्लो पटक पाएको मतलाई ध्यानमा राख्दै उनले यो पटकको प्रचारमा ‘मत नबाँडौं’ भनिरहेका छन् । काठमाडौं–१ मा १०, ११, २९ र ३१ वडा (नयाँबानेश्वर, त्रिपुरेश्वर, डिल्लीबजार र शान्तिनगर) पर्छन् । गत वैशाखको स्थानीय चुनावमा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा कांग्रेस अगाडि छ । कांग्रेसले ३१ बाहेक सबै वडामा जितेको छ ।

उक्त चुनावमा कांग्रेसले ९ हजार ८९५, एमालेले ९ हजार ५४१, राप्रपाले १ हजार ३७६, नेकपा (माओवादी केन्द्र)ले १ हजार १५९, विवेकशील साझाले २७३ र स्वतन्त्रले १०१ मत पाएका छन् ।

राप्रपाका नवप्रवेशी मिश्रको नयाँ निर्णय र एजेन्डाको यो चुनावमा परीक्षा हुँदैछ । यसमा उत्तीर्ण हुनका लागि भने उनका अगाडि अनुकूलताभन्दा प्रतिकूलता बढी देखिन्छ ।

Full Read

काठमाडौं - १ का उम्मेदवारहरु

२०७९ २०७४
प्रकाश मान सिंह
काठमाडौं, काठमाडौं - १
बर्ष: ६६, पुरुष
गठबन्धन: कांग्रेस गठबन्धन
विजयी ७१४३
किरण पौडेल
काठमाडौं, काठमाडौं - १
बर्ष: ४१, पुरुष
गठबन्धन: एमाले गठबन्धन
३५३२
पुकार बम
काठमाडौं, काठमाडौं - १
बर्ष: ३५, पुरुष
गठबन्धन:
४११५
रवीन्द्र मिश्र
काठमाडौं, काठमाडौं - १
बर्ष: ५७, पुरुष
गठबन्धन:
७०१८
हरेन्द्र चौधरी
काठमाडौं, काठमाडौं - १
बर्ष: ३५, पुरुष
गठबन्धन:
२२
प्रकाश नायजु
काठमाडौं, काठमाडौं - १
बर्ष: ४४, पुरुष
गठबन्धन:
२२
हरि शरण श्रेष्ठ
काठमाडौं, काठमाडौं - १
बर्ष: ६२, पुरुष
गठबन्धन:
५०
रिषम भट्टराई
काठमाडौं, काठमाडौं - १
बर्ष: ३९, पुरुष
गठबन्धन:
७६
डम्वर शाहु
काठमाडौं, काठमाडौं - १
बर्ष: ३९, पुरुष
गठबन्धन:
१५०
मान बहादुर राई
काठमाडौं, काठमाडौं - १
बर्ष: ५०, पुरुष
गठबन्धन:
शंकर बन्जाडे
काठमाडौं, काठमाडौं - १
बर्ष: ४०, पुरुष
गठबन्धन:
३०
सुरेन्द्रप्रसाद ढकाल
काठमाडौं, काठमाडौं - १
बर्ष: ६३, पुरुष
गठबन्धन:
९२
मन्जु राना मगर
काठमाडौं, काठमाडौं - १
बर्ष: ४३, महिला
गठबन्धन:
प्रकाश श्रेष्‍ठ
काठमाडौं, काठमाडौं - १
बर्ष: ३७, पुरुष
गठबन्धन:
२३
बाल कृष्ण न्यौपाने
काठमाडौं, काठमाडौं - १
बर्ष: ६५, पुरुष
गठबन्धन:
५९०
शान्ती देवी के.सी.
काठमाडौं, काठमाडौं - १
बर्ष: ६३, महिला
गठबन्धन:
१७
इन्द्र बहादुर थापा
काठमाडौं, काठमाडौं - १
बर्ष: ६४, पुरुष
गठबन्धन:
१८
हरिकुमार घले
काठमाडौं, काठमाडौं - १
बर्ष: ५१, पुरुष
गठबन्धन:
रमेश प्रसाद खरेल
काठमाडौं, काठमाडौं - १
बर्ष: ५८, पुरुष
गठबन्धन:
३१२४
मनिता (लिगल) श्रेष्ठ
काठमाडौं, काठमाडौं - १
बर्ष: ४९, महिला
गठबन्धन:
गोमा खतिवडा अधिकारी
काठमाडौं, काठमाडौं - १
बर्ष: ५१, महिला
गठबन्धन:
१२
सुनिता बसेल
काठमाडौं, काठमाडौं - १
बर्ष: ३९, महिला
गठबन्धन:
खुमकला लामिछाने
काठमाडौं, काठमाडौं - १
बर्ष: २९, महिला
गठबन्धन:
संगीता बोगटी
काठमाडौं, काठमाडौं - १
बर्ष: ३३, महिला
गठबन्धन:
३६
दुर्गा प्रसाद लिम्बु
काठमाडौं, काठमाडौं - १
बर्ष: ४२, पुरुष
गठबन्धन:
कुल बहादुर तमांङ
काठमाडौं, काठमाडौं - १
बर्ष: ५०, पुरुष
गठबन्धन:
२०
निर्जल शाह
काठमाडौं, काठमाडौं - १
बर्ष: ४९, पुरुष
गठबन्धन:
मीरा विष्‍ट
काठमाडौं, काठमाडौं - १
बर्ष: ३९, महिला
गठबन्धन:
देब शर्मा
काठमाडौं, काठमाडौं - १
बर्ष: ३०, पुरुष
गठबन्धन:
संगिता राजबाहक
काठमाडौं, काठमाडौं - १
बर्ष: ४९, महिला
गठबन्धन:
सीता तामाङ (के.सी.)
काठमाडौं, काठमाडौं - १
बर्ष: ४५, महिला
गठबन्धन:
प्रकाश मान सिंह
काठमाडौं , काठमाडौं - १
बर्ष: ६१ , पुरुष
गठबन्धन:
नेपाली कांग्रेस
विजयी १०९३६ मत
रवीन्द्र मिश्र
काठमाडौं , काठमाडौं - १
बर्ष: ५२ , पुरुष
गठबन्धन:
अनिल कुमार शर्मा
काठमाडौं , काठमाडौं - १
बर्ष: ३५ , पुरुष
गठबन्धन:
नारायण प्रसाद ढकाल
काठमाडौं , काठमाडौं - १
बर्ष: ४६ , पुरुष
गठबन्धन:
सन्तोष शिलवाल
काठमाडौं , काठमाडौं - १
बर्ष: ३५ , पुरुष
गठबन्धन:
बद्रि प्रसाद चुदाल
काठमाडौं , काठमाडौं - १
बर्ष: ३१ , पुरुष
गठबन्धन:
सुर्य लाल भन्‍डारी
काठमाडौं , काठमाडौं - १
बर्ष: २९ , पुरुष
गठबन्धन:
अनिल कुमार श्रेष्ठ
काठमाडौं , काठमाडौं - १
बर्ष: ४३ , पुरुष
गठबन्धन:
अशोक उप्रेती
काठमाडौं , काठमाडौं - १
बर्ष: ६१ , पुरुष
गठबन्धन:
शारदा श्रेष्‍ठ
काठमाडौं , काठमाडौं - १
बर्ष: ४७ , महिला
गठबन्धन:
सुवर्ण कुमार श्रेष्‍ठ
काठमाडौं , काठमाडौं - १
बर्ष: ६० , पुरुष
गठबन्धन:
रोशन कार्की
काठमाडौं , काठमाडौं - १
बर्ष: २९ , पुरुष
गठबन्धन:

चुनावी समाचार