slot thailand
central-candidate – प्रतिनिधिसभा २०७९

कुन्ती देवी पोखरेल (उपाध्याय) राष्ट्रिय प्रजातन्त्र पार्टी, काठमाडौं - २ महिला , ३५ बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनमा सर्वाधिक मत पाएकी केन्द्रीय सदस्य युवा उद्यमी कुन्ती पोखरेल अहिले काठमाडौं–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी छन् ।

एक दशकअघिदेखि राप्रपाको राजनीतिमा सक्रिय उनी सामाजिक काम र महिला हिंसा विरुद्धका अभियानमा सक्रिय छिन् । उनी राष्ट्रिय गैरसरकारी संस्था समन्वय विभागको अध्यक्ष पनि हुन् ।

आफ्नो निर्वाचन क्षेत्रको घरदैलो अभियानमा रहेकी पोखरेलले पटक–पटक चुनाव जितेर काम नगर्ने, क्षेत्र परिवर्तन गर्दै हिंड्ने उम्मेदवारलाई बिदाइ गर्नुपर्ने बताइन् । चुनाव जितेर महत्वपूर्ण पदमा पुग्दा पनि जनताका पीरमर्का बुझ्न फर्केर नआउने नेताहरूलाई यसपटक मतदाताले विस्थापित गर्ने उनको अपेक्षा छ ।

पोखरेलको विचारमा राजनीति भनेको पेशा होइन, समाजसेवा हो । आफू समाजसेवाबाटै सक्रिय राजनीतिमा आएकाले जनताको सेवामै निरन्तर रहने उनले बताइन् ।

‘राष्ट्र, राष्ट्रियता र गतिशील समाजको निम्ति आवाज उठाइरहन्छु । युवा पुस्ताको प्रतिनिधित्वको लागि लड्छु’ पोखरेलले भनिन्, ‘देशमा व्याप्त भ्रष्टाचार, विकृति, विसंगति र राष्ट्रघात विरुद्ध सडकदेखि सदनसम्म आवाज उठाउन मेरो उम्मेदवारी हो ।’

हिजोको हिन्दू राजतन्त्रात्मक शासन व्यवस्था फर्काउने राप्रपाको दीर्घकालीन एजेन्डालाई पनि उनले खुलस्त पारिरहेकी छन् ।

चुनावी अंकगणित

गत स्थानीय तह निर्वाचनमा दलगत रूपमा वडाअध्यक्षहरूले पाएको मतभार हेर्दा काठमाडौं–२ मा नेकपा (एमाले) अगाडि छ । उक्त चुनावमा एमालेले १७ हजार ३२८, नेपाली कांग्रेसले १४ हजार १२८, राप्रपाले ७ हजार २०० र नेकपा (माओवादी केन्द्र)ले ३ हजार १३१ मत पाएका छन् ।  

यो क्षेत्रमा एमालेका स्थानीय उम्मेदवार मणिराम फुँयाल, माओवादी केन्द्रकी ओनसरी घर्ती र रास्वपाकी सोविता गौतम प्रतिस्पर्धामा छन् । मतबाटै बलियो जनाधार भएको प्रमाणित गरेका उनीहरूको तुलनामा राप्रपाकी पोखरेलको चुनावी अंकगणित कमजोर देखिन्छ ।

यद्यपि, मतदातासँग घुलमिल हुनसक्ने क्षमता र धर्म जस्तो ज्वलनशील एजेण्डा उनीसँग छ । उनको प्रयासले यसपटक काठमाडौं–२ का सचेत मतदातालाई कति उद्वेलित पार्न सक्छ भनेर हेर्न चाहिं निर्वाचनसम्म पर्खिनै पर्नेछ ।

 

Full Read

काठमाडौं - २ का उम्मेदवारहरु

२०७९ २०७४
मणिराम फुयाल
काठमाडौं, काठमाडौं - २
बर्ष: ५६, पुरुष
गठबन्धन: एमाले गठबन्धन
११५६६
सोविता गौतम
काठमाडौं, काठमाडौं - २
बर्ष: २७, महिला
गठबन्धन:
विजयी १५२३८
कुन्ती देवी पोखरेल (उपाध्याय)
काठमाडौं, काठमाडौं - २
बर्ष: ३५, महिला
गठबन्धन:
११०२४
गणेश प्रसाद पुडासैनी
काठमाडौं, काठमाडौं - २
बर्ष: ५७, पुरुष
गठबन्धन:
१६४
गोपाल बहादुर टन्दुकार
काठमाडौं, काठमाडौं - २
बर्ष: ५८, पुरुष
गठबन्धन:
८२
मधुसुदन पुडासैनी
काठमाडौं, काठमाडौं - २
बर्ष: ४६, पुरुष
गठबन्धन:
४३
अनिल श्रेष्ठ
काठमाडौं, काठमाडौं - २
बर्ष: ४१, पुरुष
गठबन्धन:
२३६
धनेज थापा
काठमाडौं, काठमाडौं - २
बर्ष: ४०, पुरुष
गठबन्धन:
२०२
लक्ष्मण पोखरेल
काठमाडौं, काठमाडौं - २
बर्ष: ५०, पुरुष
गठबन्धन:
६६
महेश वास्तोला
काठमाडौं, काठमाडौं - २
बर्ष: ३५, पुरुष
गठबन्धन:
४१
पुण्य प्रसाद प्रसाई
काठमाडौं, काठमाडौं - २
बर्ष: ५१, पुरुष
गठबन्धन:
९४९
हेमविक्रम सिल्वाल
काठमाडौं, काठमाडौं - २
बर्ष: ४४, पुरुष
गठबन्धन:
४८
सीता तामाङ
काठमाडौं, काठमाडौं - २
बर्ष: ५५, महिला
गठबन्धन:
३०
चिरिन्जिीवि राई
काठमाडौं, काठमाडौं - २
बर्ष: ६२, पुरुष
गठबन्धन:
२९
राम मणि नेपाल
काठमाडौं, काठमाडौं - २
बर्ष: ४६, पुरुष
गठबन्धन:
७३
माधव कुमार नेपाल
काठमाडौं , काठमाडौं - २
बर्ष: ६४ , पुरुष
गठबन्धन:
दिपक प्रसाद कुईकेल
काठमाडौं , काठमाडौं - २
बर्ष: ५० , पुरुष
गठबन्धन:
सूर्य राज आचार्य
काठमाडौं , काठमाडौं - २
बर्ष: ५४ , पुरुष
गठबन्धन:
शहरमान राई
काठमाडौं , काठमाडौं - २
बर्ष: ६६ , पुरुष
गठबन्धन:

चुनावी समाचार