Home Candidate अमरेशकुमार सिंह

पार्टी छोडेर स्वतन्त्र, स्वतन्त्रबाट अर्को पार्टीमा

http://राष्ट्रिय%20स्वतन्त्र%20पार्टी
अमरेशकुमार सिंह
सर्लाही - ४ उम्मेदवार

अमरेशकुमार सिंह

पुरुष , ५५ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
३५६८८ मत
विजयी
Profile Election History
Profile Election History

२०७० र २०७४ मा कांग्रेसबाट निर्वाचित उनले २०७९ मा स्वतन्त्र उठेर संसद्को ढोका उघारे  यसपटक सिंहले कडा प्रतिस्पर्धी पाएका छन् । 

सर्लाही–४ बाट लगातार तीन पटक संसदीय निर्वाचन जितेका अमरेशकुमार सिंहले पुनः उम्मेदवारी दिएका छन् । यसपटक उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उठेका हुन् ।

२०७० र २०७४ मा कांग्रेसबाट निर्वाचित उनले २०७९ मा स्वतन्त्र उठेर संसद्को ढोका उघारे । तर यसपटक सिंहले कडा प्रतिस्पर्धी पाएका छन्, आफ्नै पूर्व सहकर्मी गगनकुमार थापा ।

सर्लाहीको बलरा नगरपालिका–४ का स्थायी बासिन्दा सिंहले नयाँदिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका छन् । २०२७ सालमा जन्मिएका उनी २०४२ सालदेखि विद्यार्थी राजनीतिमा जोडिएका थिए ।

कांग्रेसका पूर्व केन्द्रीय सदस्य  सिंहको संसदीय यात्रा २०६३ मा अन्तरिम संसद्बाट शुरु भएको हो ।

कांग्रेस भित्र डा. शेखर कोइराला पक्षधर भनेर चिनिने सिंहले २०७९ सालको निर्वाचनमा टिकट पाएनन् । पार्टीले नागेन्द्र कुमारलाई उठाएपछि स्वतन्त्र उन्मेदवारी दिएका सिंह २० हजार १७ मत ल्याएर निर्वाचित भए । नागेन्द्र कुमारले १८ हजार २५३ मत पाएका थिए ।

त्यतिबेलै कांग्रेसका तत्कालिन महामन्त्री गगन थापाको नाम सर्लाही–४ बाट सिफारिस भएको थियो । विशेष महाधिवेशनबाट सभापति चयन भएका थापा यसपटक सर्लाही झरेका छन् ।

स्वाभाविक रुपमा सिंहले थापालाई प्रमुख प्रतिद्वन्द्वीको रुपमा हेरेका छन् । अघिल्लो निर्वाचनको समानुपातिक मतमा कांग्रेस अगाडि थियो । कांग्रेसले त्यतिबेला १६ हजार २९ मत पाएको थियो ।

गत निर्वाचनमा समानुपातिक तर्फ दोस्रो बढी मत पाएको जनमत पार्टीले राकेशकुमार मिश्र, जसपा नेपालले रामेश्वरराय यादव, एमालेले अमनिशकुमार यादव र नेपाली कम्युनिष्ट पार्टीले राजनिस रायलाई उठाएको छ । चौथो पटक जित निकाल्न डा. सिंहलाई सानोतिनो मिहनेतले पुग्ने देखिँदैन ।

 

Battleground Analysis

अनुकूलता

  • लगातारको विजय र व्यक्तिगत प्रभाव
  • संसदीय अभ्यासमा पकड
  • उच्च शैक्षिक र बौद्धिक छवि
  • रास्वपाको नयाँ आधार

प्रतिकूलता

  • 'हाई-प्रोफाइल' टक्कर
  • विवादित छवि
  • लगातार पार्टी परिवर्तनको असर
  • कांग्रेसको सांगठनिक मत गुम्ने जोखिम
शिक्षा
पीएचडी
संसदीय अनुभव
संविधान सभा सदस्य (२०७०), प्रतिनिधिसभा सदस्य (२०७४, २०७९)
हालको दल
राष्ट्रिय स्वतन्त्र पार्टी

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
२०७० सर्लाही - ६ शिवपुजन राय (तमलोपा) १०३६५ १७४०० ७०३५ विजयी
२०७४ सर्लाही - ४ राकेशकुमार मिश्र (राजपा नेपाल) २८१३६ २९६७५ १५३९ विजयी
२०७९ सर्लाही - ४ नागेन्द्र कुमार (कांग्रेस) १८२५३ २००१७ १७६४ विजयी

अमरेशकुमार सिंहको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित

प्रतिस्पर्धी

अमरेशकुमार सिंह
३५६८८
गगनकुमार थापा नेपाली कांग्रेस
२२८३१
अमनिशकुमार यादव नेकपा एमाले
९३४३
VS