महेश कुमार वर्तौला नेकपा एमाले, मकवानपुर - २ पुरुष , ४० बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

२० कात्तिक, मकवानपुर । पछिल्लो डेढ दशक विद्यार्थी राजनीतिमा सक्रिय महेशकुमार बर्तौला मकवानपुर–२ बाट उम्मेदवार बनेर मत माग्दै गाउँ फर्किएका छन् ।

भीमफेदी गाउँपालिका–९ घर भएका उनी गत वर्षसम्म अनेरास्ववियुमार्फत विद्यार्थी राजनीतिमा संघर्षरत थिए । ३९ वर्षका बर्तौला अहिले आफूलाई राजनीतिमा ‘ताते...ताते’ गराएका हाल एकीकृत समाजवादीका नेता विरोध खतिवडा विरुद्ध चुनाव लड्दैछन् ।

नरम स्वभावका बर्तौला र गरम राजनीतिक भाषणमा निपुण खतिवडाबीचको प्रतिस्पर्धा रोचक हुने अनुमान छ ।

बर्तौला  २०७४ को चुनावमा काठमाडौंबाट खतिवडाकै चुनावी प्रचारक बनेर गाउँ फर्किएका थिए । तर, यसपटक भने उनी खतिवडाको ठाउँ लिने योजनामा छन् । बर्तौला विद्यार्थी राजनीतिमा परिचित भए पनि मकवानपुरको भूगोलमा भिजिसक्न पाएका छैनन् ।

२०५३ सालमा कालिका मावि नामटारमा अध्ययनरत रहँदा नै उनी अनेरास्ववियु प्रारम्भिक कमिटीको अध्यक्ष बनेका थिए । २०५४–५५ सालमा अनेरास्ववियु इलाका कमिटी तथा निर्वाचन क्षेत्रीय कमिटीको पदाधिकारी बने ।

२०५६ मा अनेरास्ववियु जिल्ला कमिटी मकवानपुरको सदस्य हुँदै सचिवालय सदस्य बने । २०५८ मा जिल्ला कमिटी सचिव, २०६० र २०६२ मा मकवानपुरको जिल्ला अध्यक्ष चुनिए । उनी २०६० मा मकवानपुर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सदस्य थिए । २०६२ र २०६५ मा गरी दुई पटक मकवानपुर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति निर्वाचित भए ।

२०६५ मा स्वतन्त्र विद्यार्थी युनियन काउन्सिल नेपालको केन्द्रीय संयोजकमा निर्वाचित भएका उनले विभिन्न समयमा अनेरास्ववियुको केन्द्रीय सदस्य, मध्यमाञ्चल विकास क्षेत्रीय प्रमुख, दुई पटक केन्द्रीय सचिवालय सदस्य, केन्द्रीय सचिव, केन्द्रीय उपाध्यक्ष र कार्यवाहक अध्यक्षको समेत जिम्मेवारी निर्वाह गरे ।

२०६३ मा नै नेकपा एमाले मकवानपुरको जिल्ला कमिटी सदस्य बनेका उनी २०७८ मा नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटी सदस्य बनेका थिए । उनी अहिले नेकपा एमाले वागमती प्रदेश कमिटी उपसचिव छन् ।

बर्तौला विद्यार्थी राजनीतिबाट अलग्गिएको एक वर्षमै संसदीय चुनावको टिकट पाउने भाग्यमानी सावित भए । उनी २ असोज २०७८ मा ऐन महरसँगै विद्यार्थी राजनीतिबाट बिदा भएका थिए ।

एमाले नेताहरूका अनुसार विरोध खतिवडाले एमाले परित्याग गरेकै कारण बर्तौलाले यति छिट्टै संसदीय चुनाव लड्ने अवसर पाएका हुन् । विद्यार्थी राजनीतिमा रहँदा उनी सधैं पार्टी अध्यक्ष ओलीको गुटमा रहे । ओली र उनको गुटका दोस्रो तहका नेतासँग सम्बन्ध बनाएका कारण भूगोलमै बसेर राजनीति गरिरहेकाहरूलाई पन्छाउन सक्ने ल्याकत बनाए ।

नेकपा एमाले नगर कमिटीका सचिव बोलबहादुर कार्की बर्तौला र उनका प्रतिद्वन्द्वी खतिवडा जनआन्दोलनका बेला एकैपटक हिरासतमा थुनिएको स्मरण गर्छन् । एमाले मकवानपुरको जिल्ला अधिवेशनताका एउटा भेटमा खतिवडाले अनेरास्ववियुको जिल्ला अध्यक्ष रहेका बर्तौलाबारे भनेको कुरा उनलाई अहिले पनि याद छ । ‘महेश दाइले पार्टीको जिल्ला अधिवेशनमा एउटा गहकिलो भाषण दिनुभएको थियो’ कार्कीले भने, ‘अधिवेशन सकेर बसेपछि विरोध खतिवडाले महेश भाइ एक दिन सांसद बन्छ, त्यतिबेला मैले सघाउने दिन आउँछ भन्नुभएको थियो ।’

गुरु–चेला र नेता–कार्यकर्ताको सम्बन्ध मंसिर ४ सम्मका लागि प्रतिद्वन्द्वीमा परिणत भएको छ । पाँचौं पटक सांसद बन्ने ध्याउन्नमा रहेका खतिवडालाई रोक्न भने बर्तौलालाई सहज छैन ।

गत स्थानीय तह चुनावमा यो निर्वाचन क्षेत्रमा एमालेले वडास्तरमा ३६ हजार ८६६ भोट ल्याएको थियो । स्थानीय तह चुनावमा उम्मेदवार नउठाएकोले एमालेसँग मकवानपुरमा गठबन्धन गरेको राप्रपा नेपालको भोट कति छ भन्ने स्पष्ट छैन ।

गत स्थानीय तह चुनावमा कांग्रेसले यो क्षेत्रमा वडास्तरमा ३४ हजार २४०, माओवादीले २२ हजार ६०७, एकीकृत समाजवादीको २ हजार ७१९ र राष्ट्रिय जनमोर्चाको ४६४ भोट खसेको थियो । यसअनुसार गठबन्धनको मत ६० हजार ३० छ ।

स्थानीय तह चुनावको मतपरिणामले आफ्ना गुरुसँग चुनाव जित्न बर्तौलालाई करिब थप २३ हजार मत आफूतिर तान्नुपर्ने अवस्था छ ।

Full Read

मकवानपुर - २ का उम्मेदवारहरु

२०७९ २०७४
महेश कुमार वर्तौला
मकवानपुर, मकवानपुर - २
बर्ष: ४०, पुरुष
गठबन्धन: एमाले गठबन्धन
विजयी ३४९१६
विरोध खतिवडा
मकवानपुर, मकवानपुर - २
बर्ष: ६२, पुरुष
गठबन्धन: कांग्रेस गठबन्धन
३०३९६
भरत पराजुली
मकवानपुर, मकवानपुर - २
बर्ष: ५४, पुरुष
गठबन्धन:
११७००
राजन मैनाली
मकवानपुर, मकवानपुर - २
बर्ष: ५७, पुरुष
गठबन्धन:
२१३७
रत्‍न प्रसाद प्रजापति
मकवानपुर, मकवानपुर - २
बर्ष: ५१, पुरुष
गठबन्धन:
५१
उद्धव प्रसाद अधिकारी
मकवानपुर, मकवानपुर - २
बर्ष: ६०, पुरुष
गठबन्धन:
१७५२
तुला बहादुर लामा
मकवानपुर, मकवानपुर - २
बर्ष: ४६, पुरुष
गठबन्धन:
६७
जीवन स्‍याङतान
मकवानपुर, मकवानपुर - २
बर्ष: ४०, पुरुष
गठबन्धन:
४२०
प्रदिप कालाखेती
मकवानपुर, मकवानपुर - २
बर्ष: ३३, पुरुष
गठबन्धन:
३१
कुलेन्द्र दिप विक्रम न्यौपाने
मकवानपुर, मकवानपुर - २
बर्ष: ३९, पुरुष
गठबन्धन:
२६८
विरोध खतिवडा
मकवानपुर , मकवानपुर - २
बर्ष: ५७ , पुरुष
गठबन्धन:
नेकपा एमाले
विजयी ४६४८१ मत
महालक्ष्मी उपाध्याय(डिना)
मकवानपुर , मकवानपुर - २
बर्ष: ५३ , महिला
गठबन्धन:
सोनाम सिं स्‍याङतान
मकवानपुर , मकवानपुर - २
बर्ष: ४४ , पुरुष
गठबन्धन:
सिहं बहादुर मोक्तान
मकवानपुर , मकवानपुर - २
बर्ष: ३४ , पुरुष
गठबन्धन:
रण संग्राम विष्‍ट
मकवानपुर , मकवानपुर - २
बर्ष: ५३ , पुरुष
गठबन्धन:
स्वतन्त्र
१९२ मत
अरुण वतौला
मकवानपुर , मकवानपुर - २
बर्ष: २९ , पुरुष
गठबन्धन:
हरी सिङ्ग वाईवा
मकवानपुर , मकवानपुर - २
बर्ष: ७० , पुरुष
गठबन्धन:
बिकास नेपाल
मकवानपुर , मकवानपुर - २
बर्ष: २५ , पुरुष
गठबन्धन:

चुनावी समाचार